विनय तामाङको विरोध गर्दै विमलको समर्थनमा बोले प्रकाश गुरुङ; भने –‘बेअर्थको कुरा नगर्नु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 5, 2018

विनय तामाङको विरोध गर्दै विमलको समर्थनमा बोले प्रकाश गुरुङ; भने –‘बेअर्थको कुरा नगर्नु’

गफसफ.com, दार्जीलिङ 5 अगस्त।
एनआरसी विवादमाथी गोर्खा जनमुक्ति मोर्चा (विमल पन्थी-विनय पन्थी) माझमा वाक युद्ध सुरु भएको छ। विमल गुरुङले एनआरसी सम्बन्धमा प्रतिक्रिया दिँदै प्रेस वयान दिएपछि यता जीटीए अध्यक्ष विनय तामाङ उपाध्यक्ष अनित थापा आत्तिएको गोजयुमो (विमल गुट) अध्यक्ष प्रकाश गुरुङले आरोप लगाएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरेर उक्त आरोप लगाएका हुन्।
प्रकाश गुरुङ (फाइल फोटो)
‘गोजमुमोको साँचो अध्यक्ष विमल गुरुङको वयानले उत्तर बंगालमा गोर्खाआदिवासीराजवंशीकोचेमेचेटोटो लगायत सबै रैथानेको सुरक्षा हुनुपर्छ भनेर बोलेको हुनाले उत्तर बंगालमा विनय-अनितको पृष्ठपोषकको राजनैतिक धरातल खुस्किने सम्भावना बढेको देखेर उनीहरूलाई अध्यक्ष विमल गुरुङको विरोध गर्न लगाइएको हो’ - प्रकाश गुरुङले आरोप लगाएका छन्। यसक्रममा उनले पर्जा पट्टाको कुरा विनय तामाङहरूले नगर्दा हुन्छ समेत भनेका छन्।
‘भुमिहीन गोर्खा सन्तानहरूलाई पर्जा पट्टा दिलाउने कार्य गरिरहेको कुरा विनय तामाङले नगर्दा हुन्छ। वनवस्तीको  निम्ति बनिएको केन्द्रिय कानुनलाई मिचेर उसले कसरी र कसको स्वार्थमा किन पर्जा-पट्टा दिने कुरा गर्दैछ त्यो जनताले बुझिसकेका छन्’ प्रकाश गुरुङले अझ भनेका छन् –‘विनयलाई गोर्खाको वासको चिन्ता लाग्छ भने गोर्खाल्याण्ड मागेर देखाउनुनत्र बेअर्थको कुरा गर्नु छोड्नु।’
यसक्रममा उनले एनआरसी लागु गरेर हामीलाई नै हाम्रो जग्गाबाट खैदौरो लगाउने प्रयास गर्दैछ भनेर विनय तामाङले वयान दिनु उनको बाध्यता हो भनेका छन्। ‘एनआरसी भारतको पक्षमा गरिएको काम होहामी तिमी जस्तो राष्ट्रको विरोधमा जाने मान्छे होइनौं’ गुरुङले प्रेस विज्ञप्तिमा भनेका छन्। यसक्रममा उनले ‘चियाबारीका मानिसहरूलाई गोर्खाल्याण्ड भएको भोलिपल्ट हामी हाम्रै विधानसभाबाट त्यो हक दिनेछौं भनि दाबी समेत गरेका छन्।
उनले भारतीय जनता पार्टी सरकारले अरूतिर के गर्दैछ त्यसबारे आफुलाई कुनै चासो नभए गोर्खाको सन्दर्भमा भने राम्रै गर्दैछ समेत भनेका छन्। उनले एनआरसी राम्रो हो भन्दै यसले आसाममा बसेका गोर्खाहरूको निधारबाट राष्ट्रिय सन्दर्भमा लाग्ने गरेको दोष र कलङ्क संधैको निम्ति मेटिनेछ भनि दाबी गरेका छन्।
‘विनय तामाङ हामी मौन छौं भनेर सुर्ता नगर। हामी जतिदिन मौन छौंत्यति नै दिन तिम्रो भाग्यमा दुखले भरेको श्री लेखेको छ। जुनदिन बाहिर निस्किएर बोल्छौँत्यो दिन तिम्रो मिर्जाफर राजनीतिको अन्त भएको हुनेछ’ गोजयुमो विमल गुरुङ गुटका प्रकाश गुरुङले भनेका छन्। यसक्रममा उनले विनय तामाङलाई समय आएपछि अग्रिम सूचना दिएर आउने समेत बताएका छन्। ‘समय आएपछि हामी तिमीलाई अग्रीम सुचना दिएर नै निस्कने छौं। त्यो सुचना पाए पछि तयार बस्ने काम तिम्रो हो’ प्रकाश गुरुङले प्रेस बिज्ञप्तिमा भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad