एनआरसी विवाद: मिरिकमा तृणमूल कङ्ग्रेसले निकाल्यो विरोध जुलुस - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 4, 2018

एनआरसी विवाद: मिरिकमा तृणमूल कङ्ग्रेसले निकाल्यो विरोध जुलुस

गफसफ.com, मिरिक 4 अगस्त।
आसाम राज्यमा नेशनल रजिष्टर अफ सिटिजन (एनआरसी)को अन्तिम सूची जारी भएपछि चारैतिर विरोध सुरु भएको छ। यसैक्रममा आज मिरिकमा तृणमूल कङ्ग्रेसले एनआएसीको खुलेर विरोध गर्दै जुलुस नै गरेको छ। हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एवम् मिरिक नगरपालिका अध्यक्ष एल.बी राईको नेतृत्वमा तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूले विरोध जुलुस निकालेका हुन्। उक्त विरोध जुलुस भोलि पनि गरिने भएको छ।
मिरिकमा निस्केको तृणमूल कङ्ग्रेसको विरोध जुलुस

भारतीय जनता पार्टीले देशको नेतृत्व गरेपछि उत्तरपूर्वी राज्य आसाममा एनआरसी लागु गरेर आसामको नागरिकहरुलाई अन्याय गरेको हिल तृणमूल अध्यक्ष एलबी राईले आरोप लगाए। उनले भारतीय जनता पार्टीको आलोचना गर्दै यस्तो नीतिको जोडदार विरोध गर्नुपर्ने आह्वान पनि गरेका छन्।

एनआरसीको विरोधमा हिल तृणमूलको विरोध जुलुस पार्टी कार्यालयबाट सुरु भएको थियो। उक्त जुलुसले मिरिक बजार परिक्रमा गरेर कृष्णनगरमा पुगेर पथसभामा परिण भएको थियो। यस अवधी तृणमूल कार्यकर्ताहरूले एनआरसीको विरोधमा लेखेका विभिन्न प्ला कार्डहरू बोकेका थिए भने भाजपा सरकारको विरोधमा जोडदार नाराबाजी गरेका थिए।
पथसभालाई सम्बोधन गर्दै हिल तृणमूल अध्यक्ष एलबी राईले भाजपा सरकारले एनआरसीको माध्यम राजनीति गरेर गोर्खा र मुस्लिम समुदायमाथि नै धेरै लक्ष्य गरिरहेको आरोप लगाए। ‘भाजपा सरकारले अन्याय गरिरहेको छ जुन अन्याय हामी सहन गर्दैनौँ’ एलबी राईले भने।
उक्त विरोध जुलुसमा विभिन्न क्षेत्रबाट तृणमूल कार्यकर्ताहरूको उपस्थिति रहेको थियो भने विरोध जुलुस भोलि पनि निस्कने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad