सांसद आहलुवायीलाको विरोधमा गोजमुमोको पोस्टरिङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 24, 2018

सांसद आहलुवायीलाको विरोधमा गोजमुमोको पोस्टरिङ

गफसफ.com, कालेबुङ 24 अगस्त।
सांसद एसएस आहलुवालीया विरुद्ध आज गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ शहरमा ब्यापक पोस्टरिङ गर्नका साथै विरोध प्रदर्शन गरेको छ। गोजमुमो पार्टी कार्यकर्ताहरूले यस अवसरमा डम्बर चौकमा सांसद आहलुवालीया विरूद्ध जोडदार नाराबाजी लगाउँदै उनले दिएको बयानको घोर भर्त्सना जनाएका थिए।

सांसद आहलुवालीया विरूद्ध शहरमा पोस्टरिङ गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङ जिल्ला समितिका सचिव गायत्री सुब्बाले पहाडका मानिसहरूसँग भाजपाले ढाँट्को राजनीति गरिरहेको आरोप लगाउँदै शान्त पहाडमा उनले अशान्ति सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। गोर्खाल्याण्ड आन्दोलनको समयमा जनताको समस्या बुझ्न नआएका सांसदले अहिलेघरी आएर गोर्खाल्याण्डको कुरा गर्नु ढाँट्को राजनीतिसँगै जनतालाई भ्रमित पार्ने प्रयास मात्र रहेको आरोप लगाएका छन्।

यसैक्रममा पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमो कालेबुङ जिल्ला समितिका साङ्गठनिक सचिव बिनय घिसिङले आगमी लोकसभा चुनावलाई लिएर भाजापाले आँखामा धुलो हाल्ने कार्य गरिरहेको आरोप लगाएका छन्। यसक्रममा उनले पहाडमा अब उसो भारतीय जनता पार्टीले शान्त वातावरणलाई बिगार्ने कार्य गर्न नहुने सुझाव दिएका छन्। यता पत्रकारहरूलाई सम्बोधन गर्दै कार्यालय सचिव कमल सुब्बाले पहाडमा सांसद आहलुवालीया अनि विमल गुरुङ आउँछन् भने छुट्टै राज्य गोर्खाल्याण्ड ल्याएर आउनुपर्ने चुनौति दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad