11 जातगोष्टिको कुरा लोकसभा चुनावलाई लिएर चलेको राजनैतिक चलखेल हो – क्रामाकपा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 24, 2018

11 जातगोष्टिको कुरा लोकसभा चुनावलाई लिएर चलेको राजनैतिक चलखेल हो – क्रामाकपा

गफसफ.com, कालेबुङ 24 अगस्त।
गोर्खा समुदायभित्रका 11 जात गोष्टिलाई जनजाति बनाउने कुरालाई क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले आगमी लोकसभा चुनावलाई लिएर गरिएको राजनैतिक चलखेल भन्ने लागेको छ। विगत वर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा आफ्नो संसदीय क्षेत्र भ्रमण गर्न नभ्याएका सांसद एस.एस आहलुवालीयाले अचानक सिलगडीमा आइपुगेर 11 जातगोष्टिलाई जनजातिको मर्यादा दिने मुद्दालाई केन्द्र सरकारले अघि बडाएको बयान दिएपछि यसलाई क्रामाकपाले आगमी लोकसभा चुनावको कसरत ठानेको छ।
Kishor Pradhan, President CPRM Kalimpong Branch
क्रामाकपा कालेबुङ आञ्चालिक समितिका अध्यक्ष किशोर प्रधानले आज पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन डाकेर आफ्नो संसदीय क्षेत्रमा देखा परेका सांसद आहलुवालीया गोर्खाल्याण्ड आन्दोलनमा मौन बस्नु सही नरहेको बताएका छन्। ‘क्रामाकपा छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मुद्दालाई लिएर जन्मिएको पार्टी हो। आज विगत वर्षको 105 दिने बन्दलाई भुल्ने जुन प्रयास हुँदैछ त्यो आगमी 2019 को लोकसभा चुनावसँग ठोक्किएको हामीले महशुस गर्दैछौँ। यस्तो हामी सजिलैसँग हुन दिनेछैनौँ’ किशोर प्रधानले अझ भने –‘जनप्रतिनिधीले आफ्नो संसदीय क्षेत्र आउन पाउनुपर्छ तर, त्यस जनप्रतिनिधिको जनाताप्रति जवाबदेहिता पनि उत्तिकै हुँदछ। उनले विगतमा के भनेका थिए आज के गर्दैछन् त्यो जनतालाई जवाब दिनुपर्छ।’
प्रधानले धेरै लामो समयसम्म हराएका सांसद आहलुवालीया अचानक सिलगडीमा देखा परेपछि विगत वर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनबारे उनलाई क्रामाकपाको दिल्ली अनि हरियाणा शाखाले भेटेर अवगत गराउने कार्य गरेको जानकारी गराउँदै जनभावनलाई भने बारम्बार खेलवाड गर्ने कार्य गरिरहेको आरोप लगाएका छन्। यसक्रममा उनले यसभन्दा अघि कङ्ग्रेस अनि भाजपा दुवैले जनभावनासँग खेलवाड गरेको आरोप लगाएका छन्।  यसैक्रममा उनले पहाडमा पनि कतिपय राजनैतिक दलहरू छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन बिग्रेर जाओस् भन्ने चाहना राख्ने गरेको आरोप लगाउँदै त्यसैको सन्दर्भमा 11 वटा जातगोष्टिलाई जनजातिको मुद्दालाई अघि बडाउने कार्य गरिरहेको उनले आरोप लगाएका छन्।
‘11 वटा जात गोष्टिको मुद्दालाई गोर्खाल्याण्डसँग मिलाउनुहुँदैन। हो जनजातिको मान्यता पाउनुपर्छ तर यसलाई अगल राज्यसँग मिलाउनुहुँदैन’ किशोर प्रधानले अझ भने –‘आगमी लोकसभा चुनाव गोर्खाल्याण्डको पक्षधर र गोर्खाल्याण्ड विरोधीमाझ हुनेछ भन्ने हामीलाई लागेको छ। यसैकारण क्रामाकपाले कुनै पनि अन्य मुद्दासँग सम्झौता पटक्क गर्दैन।’

No comments:

Post a Comment

Post Bottom Ad