हिमालयन रिसर्च जर्नल लोकार्पण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 23, 2018

हिमालयन रिसर्च जर्नल लोकार्पण


गफसफ.com, कालेबुङ 23 अगस्त।
हिमालयन रिसर्च जर्नलको पाँचौ अङ्कको आज लोकार्पण गरिएको छ। मन्सोङ पुस्तकालयको आयोजनामा हु-केयर्सको कार्यालयमा सम्पन्न एक कार्यक्रममा उक्त विमोचन गरिएको हो। इस्ट्रन हिमालया ग्रीन ईनिसिएटिभ एन्ड कनजर्भेसन ट्र्स्टद्वारा प्रकाशित उक्त हिमालय रिर्सच जर्न युनिभर्सिटी ग्रान्ट कमिसनद्वारा सूचीकृत पहाडी क्षेत्रबाट प्रकाशित हुने एकमात्र पहिलो जर्नल हो।
जर्नलका सम्पादक डा. बी.बी गुरुङ, प्राध्यपक सञ्जय विष्ट, डा. साजिद अली अनि डा. प्रणय वान्तवाको बाहुलीबाट उक्त हिमालय रिसर्च जर्नलको औपचारिक लोकार्पण गरिएपछि पहाडी भेगबाट प्रकाशित एकमात्र हिमालय जर्नल युनिभर्सिटी ग्रान्ट कमिसनद्वारा सूचीकृत भएको सबैलाई जानकारी गराउन पनि यसरी लोकार्पण गरिएको सम्पादक डा. बीबी गुरुङले जानकारी दिएका छन्। ‘हिमालय रिसर्च जर्नल पहाडी क्षेत्रबाट प्रकाशित हुँदै आइरहेको एउटा उत्कृष्ट जर्नल हो। यसलाई युनिभर्सिटि ग्रान्ट कमिसनले समेत मान्यता दिएको सोचीकृत गरेको छ’ डा. बीबी गुरुङले भने। उनले यस्ता जर्नलहरूमा आफ्ना सोधपरक लेख प्रकाशित गर्दा पुग्ने फाइदाहरूबारे पनि जानकारी गराउँदै हिमालयन रिसर्च जर्नल एउटा सम्पति रहेको बताए।
यसैक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यपक सञ्जय विष्टले ‘हिमालयन रिसर्च जर्नल’ युनिभर्सिटी ग्रान्ट कमिसनद्वारा सूचीकृत हुनका निम्ति उत्तरबङ्ग विश्वविद्यालयका प्रो. घनश्याम नेपाल अनि बीएचयुका प्रो. सञ्जय वान्तवको सहयोग उल्लेखनीय रहेको भन्दै उनीहरू प्रति आभार व्यक्त गरे। उनले हिमालयन रिसर्च जर्नलमा अहिलेघरी वैज्ञानिक विषयका सोधपरक रचनाहरू धेर रहेको बताउँदै भविष्यमा भाषा, साहित्य, संस्कृति, इतिहास, समाजाशास्त्र, अर्थशस्त्र र राजनीतिशास्त्रका सोधपरक रचनाहरू समावेश गर्न सके त्यसबाट समाजलाई धेरै लाभ पुग्न सक्ने बताए।
प्रदिप लोहागुणले सञ्चालन गरेको कार्यक्रममा मन्सोङ लाईब्रेरीको पक्षबाट विपल रसाईलीले धन्यवाद ज्ञापन गरेका थिए भने डा. साजिद अलि अनि डा. प्रणय वान्तवाले पनि सम्बोधन गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad