चार दिवसीय माछा पालन शिविर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 23, 2018

चार दिवसीय माछा पालन शिविर


गफसफ.com, कालेबुङ 23 अगस्त।
मत्स्य पालन सम्बन्धि चार दिवसिय प्रशिक्षण शिविर सम्पन्न भएको छ। कालेबुङ जिल्लाका मोठ 21 जना माछा पालकहरूलाई लिएर सम्पन्न भइरहेको उक्त प्रशिक्षण शिविर माछा पालन सम्बन्धि वैज्ञानिक पद्धतिबारे जानकारी गराउने कार्य गरिएको छ।

माछा पालकहरूलाई प्रदान गरिने उक्त चारदिवसीय प्रशिक्षण शिविरको उद्घाट्न उत्तर बङ्गालका अतिरिक्त निर्देशक राप्देन फोनिङ लेप्चा, कालेबुङ खण्ड-1 का खण्ड विकास अधिकारी दिपञ्जन सरकार, सोनाम छेवाङ, मेघा लिम्बु आदि उपस्थित रहेका थिए।
यस अवसरमा माछा पालन गरेर बेरोजगार युवाहरूले स्वरोजगारको माध्यम बनाउन सक्ने भन्दै यसका निम्ति वैज्ञानिक तक्निकी प्रयोग गर्ने सन्दर्भमा प्रशिक्षणार्थीहरूलाई जानकारी गराउने कार्य चलिरहेको सोनाम छेवाङले जानकारी दिएका छन्। यसक्रममा उनले माछा पालकहरूले कालेबुङ अनि दार्जीलिङ जिल्लाका विशेषज्ञहरूले सम्पूर्ण तक्निकी ज्ञान दिइरहेको पनि उनले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad