सांसद एस.एस आहलुवालीयाको विरोधमा पहाडभरी पोस्टरिङ; बाघडोगरामा कालो झण्डा देखाएर विरोध - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 23, 2018

सांसद एस.एस आहलुवालीयाको विरोधमा पहाडभरी पोस्टरिङ; बाघडोगरामा कालो झण्डा देखाएर विरोध

गफसफ.com, कालेबुङ 23 अगस्त।
सांसद एस.एस आहलुवायीको विरोधमा पहाडभरी पोस्टरिङ भएको छ भने बाघडोगरामा उनको विरोधमा मानिसहरूले कालो झण्डा बोकेर विरोध जुलुस नै गरेका छन्। बुधबार सिलगडीमा आएर उनले पत्रकार सम्मेलन डाकेर भूमिगत नेता विमल गुरुङ डुवर्सतिरै रहेको भन्दै गोर्खाल्याण्ड आन्दोलनको क्रममा केन्द्र सरकारले त्रिपक्षीय वार्ता गर्ने पहल गरेपनि राज्य सरकारले भने वार्तामा भाग नलिएको जस्ता आरोपहरू लगाएका थिए। यसैक्रममा उनले आगमी सितम्बर महिनामा विमल गुरुङ पन्थीसँग त्रिपक्षीय वार्ता डाक्ने बयान दिएपछि आज चारैतर्फ उनको विरोधमा पोस्टरिङ भएको हो।

छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पहाडका जनताको समस्या बुझ्नका निम्ति एकैचोटि पनि आफ्नो संसदीय क्षेत्रको भ्रमण नगर्ने सांसद आहलुवालीयाले आचानक सिलगडीमा आएर पत्रकार सम्मेलन डाकेर बयान दिएपछि उनको विरोध भएको हो। बुधबार सिलगडी आइपुगेका सांसद आहलुवालीयाले एक पत्रकार सम्मेलन आयोजना गरेर पहाडबारे आफ्नो बयान दिएपछि उनको विरोधमा पोस्टरिङ भएको हो।
सांसद आहलुवालीयाको बयानको विरोधमा आज सर्वप्रथम दार्जीलिङमा पोस्टरिङ भएको थियो। त्यसपछि भने चारैतिर उनको विरोधमा पोस्टरिङ भएको हो। दार्जीलिङ पछि खर्साङ, कालेबुङ, मङ्पू आदि ठाउँहरूमा पोस्टरिङ भएको थियो भने बागडोगरा क्षेत्रमा मोर्चा कार्यकर्ताहरूले कालो झण्डा बोकेर विरोध जुलुसनै निकालेका थिए।
उनको विरोधमा विभिन्न ठाउँहरूमा पोस्टरिङ भएपनि प्राय: पोस्टरहरू भने एकैप्रकारका कुराहरू लेखिएको छ। यसैक्रममा सांसद आहलुवालीया विरुद्ध कालेबुङमा भएको पोस्टरिङमा आहलुवालीयाको वयानको विरोध गर्दै दुई वर्षसम्म  पहाडमा नआउने एस.एस आहलुवालीया मुर्दावाद भनि लेखिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad