शिक्षक दिवसमा मुख्यमन्त्री ममता ब्यानर्जीले स्टेट युनिभर्सिटीको शिल्यान्यास गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 29, 2018

शिक्षक दिवसमा मुख्यमन्त्री ममता ब्यानर्जीले स्टेट युनिभर्सिटीको शिल्यान्यास गर्ने

गफसफ.com, दार्जीलिङ 29 अगस्त।
शिक्षक दिवसको सुभ अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले मङ्पूमा निर्माण हुने स्टेट युनिभर्सिटीको शिल्यान्यास गर्ने भएकी छन्। उनी आगमी 3 सितम्बरका दिन दाजीलिङ भ्रमण आउने भएकी छन् भने 5 सितम्बरका दिन मङ्पूमा निर्माण हुने स्टेट युनिभर्सिटी लगायत अन्य विकास कार्यहरूको उद्घाटन गर्ने भएकी छन्। उक्त कुराको जानकारी आज एक पत्रकार सम्मेलन डाकेर जीटीए बोर्ड अध्यक्ष विनय तामाङले दिएका छन्।
विनय तामाङ, जीटीए, बोर्ड अध्यक्ष, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै 
‘आगामी 3 सितम्बरका दिन मुख्यमन्त्री ममता व्यानर्जी दार्जीलिङ पहाड़ आउनेछिन्।  उनले 5 सितम्बरका दिन दार्जीलिङको चौरास्ता परिसरबाट ग्रीनफिल्ड स्टेट युनिभर्सिटीको शिलान्यास पनि गर्नेछिन्’ विनय तामाङले अझ भने – ‘यसबाहेक चौरास्ता परिसरको सुन्दरीकरणको निम्ति जीटीएको तर्फबाट कूल 6 करोड़को लागतमा भइरहेको परियोजनाको पनि मुख्यमन्त्री ममता व्यानर्जीले सोही दिन शिलान्यास गर्न सक्नेछन्।’
उनले दार्जीलिङ चौरास्ता परिसरको सुन्दरीकरणको निम्ति जीटीएले दुई चरणमा कूल 12 करोड़को लागतमा सुन्दरीकरण कार्य गर्ने भएको जानकारी दिँदै पहिलो चरणमा 6 करोड़को परियोजनाको टेण्डर पनि भइसकेको जानकारी दिएका छन्। यसक्रममा उक्त पहिलो चरणको परियोजनाको मुख्यमन्त्री ममता व्यानर्जीले 5 सेप्टेम्बरको दिन शिलान्यास गर्न सक्ने तामाङले बताएका छन्। तथापि उक्त शिलान्यास कार्यको अहिलेसम्म आधिकारीकरूपमा निर्धारित नभएको उनले बताएका छन्।
आगमी 3 सितम्बरका दिन दार्जीलिङ भ्रमणमा आइपुग्ने मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीएद्वारा गरिएका विभिन्न विकास परियोजनाहरू अनि भावी कार्यहरूलाई लिएर वैठक बस्ने भएको पनि तामाङए जानकारी दिएका छन्। उनले उक्त मिति अहिले नै आधिकारीक रूपले निर्धारित नभएतापनि 4 सेप्टेम्बरको दिन वैठक हुनसक्ने बताएका छन्। उक्त वैठकमा मुख्यमन्त्री ममता व्यानर्जीसित जीटीएको पक्षबाट शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटनलगायत अन्य थुप्रै विषयमा चर्चा- परिचर्चा हुने पनि उनले जानकारी दिएका छन्। यसका साथै वैठकमा जीटीएको तर्फबाट दार्जीलिङ, खऱसाङ, मिरिक आदिक्षेत्रहरूमा अझ थप कार पार्किङ बनाइने, दिल्ली अनि कलकत्ताको गोर्खा भवनको मरम्मत्ति गरिने, अलगढ़ा, गोरूबथानलगायत अन्य आवश्यक स्थलहरूमा अग्निशमन केन्द्रहरूको निर्माणकार्य चाड़ै शुरू गरिनुपर्ने तथा अन्य थुप्रै विषयहरूबारे पनि वैठकमा मुख्यमन्त्रीसँग चर्चा गरिने जीटीए बोर्ड अध्यक्ष विनय तामाङले जानकारी दिएका छन्।
मुख्यमन्त्रीको उक्त भ्रमणलाई लिएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि गोजमुमो पार्टी दुवैले भव्य स्वागतको तयारीमा जुटिसकेको पनि उनले बताएका छन्। यसक्रममा मुख्यमन्त्रीलाई बाघडुग्रादेखि दार्जीलिङ शहरसम्मै विभिन्न स्थलहरूमा मानिसहरूले स्वागत जनाउने पनि तामाङले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad