गोर्खाल्याण्ड जनआन्दोलन टेवा मञ्च सिक्किमको सभा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 27, 2018

गोर्खाल्याण्ड जनआन्दोलन टेवा मञ्च सिक्किमको सभा

गफसफ.com, कालेबुङ 26 अगस्त।
गोर्खाल्याण्ड जन आन्दोलन टेवा मञ्चको सभा रम्फु सिक्किममा सम्पन्न भएको छ। मञ्चका अध्यक्ष चन्दन गुरूङ्गको अध्यक्षतामा सभामा कार्यकारिणी समितिमा फेरबदल गरिएको छ। स्थापनाकालमा मनोनीत मञ्चको पदभार सम्हालेर बसेका कतिपय दायित्वशील सदस्यहरु अहिलेघरी निस्क्रिय रहेको कारण उनीहरूलाई फेरबदल गरिएको छ। पदभार लिएका सदस्यहरू निस्क्रिय बनेपछि मञ्चको कार्यलाई अघि बडाउन उनीहरूलाई पदबाट हटाएर कार्यकारी सदस्यहरूलाई उक्त पदभार दिइएको अध्यक्ष चन्दन गुरुङले जानकारी दिएका छन्।


सभामा गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अनि त्यसबेला 105 दिनसम्म बन्दपछि आन्दोलन गर्ने नेताहरूले जीटीएको पदभार ग्रहण गरेकोमा मञ्चले क्षोभ व्यक्त गरेको छ। ‘जातीय अस्मिता, चिन्हारी अनि हाम्रा भावी पिँढीको सुरक्षा र संरक्षणको कुरामा जोड दिँदै प्रत्येक गोर्खाहरुको मन मष्तिकबाट छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको कुरा कहिले पनि हट्नु हुदैनँ’ मञ्चका अध्यक्ष चन्दन गुरुङले भने।
यसक्रममा अघिल्लो सभाका विषयलाई पुनर्वालोकन गर्दै एनजीसीद्वारा प्रकाशित पुस्तक The Story of Gorkhaland लाई चाँडै जनमानससम्म पुर्‍याउने अनि जिएसएसएससित पनि लगातार रुपमा सम्पर्क भईरहेको मञ्चका सचिव छिरिङ्ग दीन शेर्पाले सभामा उपस्थित समूहलाई जानकारी दिए। मञ्चले आगमी दिनमा गोर्खाल्याण्ड राज्य निर्माणलाई अघि बढाउँने पुनीत कार्यलाई निरन्तरता दिन अथवा टेवा पुर्याउँन  सांस्कृतिक, सामाजिक र साहित्यिक कार्यक्रमहरू गर्ने विषयमाथि पनि सभामा चर्चा गरिएको सेर्पाले थप बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad