बेग्गर सेड निर्माणबारे माकपा नेता राँकिए गैरसरकारी संस्थाहरूसँग; भने-‘असाहयहरूको दुख बेचेर नखाऊ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 29, 2018

बेग्गर सेड निर्माणबारे माकपा नेता राँकिए गैरसरकारी संस्थाहरूसँग; भने-‘असाहयहरूको दुख बेचेर नखाऊ’

गफसफ.com, कालेबुङ 29 अगस्त।  
असाहय मानिसहरूका निम्ति सहयोग गर्छौँ भनि काम गर्ने गैरसरकारी संस्थाहरू प्रति माकपा नेता तारा सुन्दास राँकिएका छन्। कालेबुङ शहरमा दिनोदिन असाहय मानिसहरूको सङ्ख्या बडीरहेको अनि उनीहरूका निम्ति बस्ने व्यवस्था कुनै पनि असाहयहरूका निम्ति काम गर्ने गैरसरकारी संस्थाहरूले नगरेको कारण माकपा नेता तारा सुन्दास राँकिएका हुन्।
Tara Sundas

सुन्दासले आज एक पत्रकार सम्मेलन गरेर कालेबुङ शहरका असाहय मानिसहरूलाई बस्ने व्यवस्थाको निम्ति 11 माईल क्षेत्रमा 4,790 वर्ग फुट ठाउँ चिन्हित गरिए पनि उक्त ठाउँका कसैले बस्ने व्यवस्था नगरेको आरोप लगाएका छन्। उक्त ठाउँ चिन्हित गरिएको सन्दर्भमा कालेबुङका महकुमा अधिकारीले आदेश समेत दिएको पत्र देखाउँदै सुन्दासले यसबारे गैरसरकारी संस्थाहरूलाई 29 जुलाई 2014 का दिन पत्रचार गरे पनि आजसम्म उक्त गैरसरकारी संस्थाहरूले केहि कार्य नगरेको उनको आरोप रहेको छ।
आफुहरूले 49 महिना अघि गैरसरकारी संस्थाहरूलाई  पत्रचार गरेर 11 माइलको जमिनमा एउटा ‘बेग्गर सेड’ निर्माण गर्नुपर्ने सुझाव दिएपनि यसबारे कसैले कार्य नगरेको उनले सुन्दासले दाबी गरेका छन्। ‘असाहयहरूको दुखलाई बेचेर नखाउ’ तारा सुन्दासले गैरसरकारी संस्थाहरूप्रति रूष्ट बन्दै भने। सुन्दासले कालेबुङ अस्पतालमा एकजना असाहय महिला बाइक दुर्घट्नाको कारण एउटा कुनामा बसिरहेको दाबी गर्दै असाहयहरूका निम्ति कार्य गर्छु भन्ने गैरसरकारी संस्थाहरू कहाँ छ? भनि प्रश्न गरेका छन्। ‘असाहयहरूलाई लाखौँको सहयोग गर्छु भन्ने एनजीओहरू कहाँ छन्?’ तारा सुन्दासले प्रश्न गरे।

No comments:

Post a Comment

Post Bottom Ad