दिल्लीमा जन आन्दोलन पार्टीको धर्ना-प्रदर्शन; नरेश राईले भने –‘भाजपाले गोखाहरूलाई भोटब्याङ्क मात्र बनायो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 6, 2018

दिल्लीमा जन आन्दोलन पार्टीको धर्ना-प्रदर्शन; नरेश राईले भने –‘भाजपाले गोखाहरूलाई भोटब्याङ्क मात्र बनायो’

गफसफ.com, दिल्ली ६ अगस्त।
जन आन्दोलन पार्टीको युवा एकाईले दिल्लीमा छुट्टै राज्य गोर्खाल्याण्डको मागमा धर्ना प्रदर्शन गरेको छ। युवा एकाईका अध्यक्ष विरु तामाङ, सचिव भुपेन राई अनि नरेश राईको नेतृत्वमा रहेको टोलिले दिल्लीको सडकमा गोर्खाल्याण्डको माग गर्दै धर्ना प्रदर्शन गरेको हो। यस अवसरमा दार्जीलिङ, कालेबुङ, खर्साङ लगायत विभिन्न स्थानहरूबाट दिल्ली पुगेका युवाहरूले विभिन्न प्ला कार्डहरू बोकेर गोर्खाल्याण्डको मागमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। यसक्रममा उनीहरूले भारतीय संविधान अनुसार गोर्खाहरूलाई छुट्टै राज्य दिनुपर्ने माग गरेको प्रवक्ता नरेश राईले बताएका छन्।

‘जन आन्दोलन पार्टीको गठन नै छुट्टै राज्यको गोर्खाल्याण्डको निम्ति भएको हो। हामीले दिल्लीमा संसदको सत्रमा गोर्खाहरूको आवाजलाई पुर्‍याउन अनि गोर्खाल्याण्डको निम्ति केन्द्रको ध्यान आकर्षण गराउन यसरी धर्ना प्रदर्शन गरिरहेका छौँ’ प्रवक्ता नरेश राईले भने। उनले भारतका गोर्खाहरूलाई भारतीय संविधान अनुसार छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरेर न्याय दिनुपर्ने माग गर्दै केन्द्र सरकारले यथाशिघ्र न्याय दिनुपर्ने माग गरे। यसक्रममा उनले पहाडका राजनैतिक दलहरूले छुट्टै राज्य गठनको निम्ति एकवद्ध हुनपर्ने आह्वान गरेका छन्।
उनले केन्द्र सरकारको ध्यान आकर्षण गर्नका निम्ति पहाडका राजनैतिक दलहरू दिल्लीमा आएर राजनैतिक कार्यक्रमहरू गर्न सके केन्द्रको ध्यान पुग्ने बताउँदै बङ्गालबाट छुटनामको निम्ति संविधान अनुसार लड्नुपर्ने पनि बताएका छन्। ‘बङ्गालसँग गोर्खाहरूको भाषा, साहित्य, संस्कृति केहि मिल्दैन। यसैकारण भारतीय संविधानको धारा 3 अनुसार छुट्टै राज्य गठन गरेर केन्द्रले न्याय दिनुपर्छ’ नरेश राईले भने। यसक्रममा उनले उक्त धर्न प्रदर्शन आगमी 9 अगस्त सम्मका दिन जारी राख्ने पनि जानकारी दिएका छन्।
उनले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति पहाडबाट चुनिएर गएका भाजपाका सांसदले गोर्खाहरूको निम्ति एकशब्द समेत नबोलेको भन्दै भाजपाले केवल गोर्खाहरूलाई ‘भोट ब्याङ्क मात्र बनाएका छन्’ भनि आरोप लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad