विमल गुरुङले दिए भाषा दिवसको शुभकामना; भने –‘जुन दिन गोर्खाल्याण्ड हुन्छ त्यै दिन भाषाले काँचुली फेर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 20, 2018

विमल गुरुङले दिए भाषा दिवसको शुभकामना; भने –‘जुन दिन गोर्खाल्याण्ड हुन्छ त्यै दिन भाषाले काँचुली फेर्छ’


गफसफ.com, दार्जीलिङ, 20 अगस्त।
दार्जीलिङ 20 अगस्त। नेपाली भाषा मान्यता दिवसको भूमिगत नेता विमल गुरुङले शुभकामना दिएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गरेर भाषा दिवसको शुभकामना दिएका छन्। उनले जारी विज्ञप्तिमा नेपाली भाषाले मान्यता पाए पनि नेपाली भाषा बोल्नेहरू भनि औपनिवेशिक जीवन विताउनु वाध्य छन् भनेका छन्।
विमल गुरुङ - फाइल फोटो
‘नेपाली भाषाले राष्ट्रिय स्तरमा मान्यता पाए पनि यो भाषा बोल्ने नागरिकहरू भने अहिले पनि देशभित्रै बहुसंख्यकको राजनैतिक चेपारोमा औपनिवेशिक जीवन जीउनु बाध्य छन्’ विमल गुरुङले भनेका छन्। यसक्रममा उनले भाषा मान्यता 26 वर्ष पुग्दा अझ झनै सङ्कटतर्फ लम्किरहेको पनि आरोप लगाएका छन्।
गुरुङले भाषा मान्यता दिवसको शुभकामना दिने वहनामा छुट्टै राज्य गोर्खाल्याण्डको चर्चा गर्न पनि चुकेका छैनन्। ‘जुन दिन यो देशमा हाम्रो आफ्नै राज्य  गोर्खाल्याण्ड हुन्छ त्यहीँ दिन नै यो भाषाले पनि काँचुली फेर्नेछ अनि सम्वृद्धिको दिशामा हिँड्नेछ’ विमल गुरुङलाई भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad