नेपाली साहित्य अध्ययन समितिद्वारा भाषा मान्यता स्मृति दिवस पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 30, 2018

नेपाली साहित्य अध्ययन समितिद्वारा भाषा मान्यता स्मृति दिवस पालन

गफसफ.com, कालेबुङ, 30 अगस्त।
नेपाली साहित्य अध्ययन समिति कालेबुङको आयोजनामा आज 26 औं भाषा मान्यता स्मृति दिवस पालन गरियो। रामकृष्ण रङ्गमञ्चमा सम्पन्न उक्त कार्यक्रममा भाषा सङ्ग्रामी बी बी गुरूङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी साथै कलाकारहरूले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए भने भाषा मान्यताको आन्दोलन र सङ्घर्ष विषयमाथि  साहित्यकार सुवास सोताङले वार्ता प्रस्तुत गरेका थिए।

सुवास सोताङले आफ्नो वार्ता प्रस्तुत गर्दै नेपाली भाषा मान्यताको आन्दोलन कुनै पनि राजनैतिक दलका नेताहरूले नेतृत्व गर्नका साटो अराजनैतिक संस्थाका प्रतिनिधीवर्गले नेतृत्व गरेकै कारण निष्कर्षमा पुग्न सकेको बताए। राजनीति गर्ने नेताहरूले आन्दोलनलाई नेतृत्व गरेका भए उनीहरूले कुनै पनि सहुलियतसँग सम्झौता गर्न सक्ने थिए भन्दै भाषाका आन्दोलनलाई नेतृत्व गर्नेहरूले सहुलियतसँग नसाटेकै कारण संवैधानिक मान्यता पाउन सकेको दाबी गरे।
‘त्यतिबेला पनि भाषा होइन भात चाहिन्छ भन्नेहरू थिए। तर, भाषा आन्दोलनलाई नेतृत्वले भातसँग साटेनन्’ सुवास सोताङले भने। उनले भाषा मान्यता पछि यसक संवर्द्धनको निम्ति सबैले काम गर्नुपर्ने आह्वान गर्दै भाषाको साँच सर्वद्धन हुनका निम्ति भने आफ्नै राज्य हुन आवश्यक रहेको पनि सोताङले बताए। ‘भाषाले मान्यता पायो अब यस भाषाको साँचो संरक्षण र संवर्द्धनको निम्ति आफ्नै राज्य हुनपर्छ’ सुवास सोताङले अझ भने।
कार्यक्रममा गोर्खा दुख निवारक सम्मेलन दार्जीलिङका उपाध्यक्ष तथा भाषा सङ्ग्रामी बी बी गुरूङ, मोहन दुखुन, एनोस दास प्रधान, भगिरत रावतलाई नेपाली साहित्य अध्ययनका अध्यक्ष ज्ञान सुतारको बाहुलीबाट अङ्गवस्त्र ओढाएर स्मृति चिन्ह सहित स्मृति पत्र प्रदान गरि सम्मान जनाइएको थियो।
कार्यक्रममा पुकार पारदर्शी, उमेश परियारले कविता वाचन गरेका थिए भने सुवास श्रेष्ठले गजल पाठ गरेका थिए। यसका साथै कार्यक्रममा निर्माण योञ्जनले गीत प्रस्तुत गरेका थिए। यसै अवसरमा मेहेरमान सुब्बाकृत समालोचना सङ्ग्रहको पनि विमोचन गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad