दुई दिवसीय पुस्तक मेला एवम् विज्ञान प्रदर्शनीको समापन; विनय तामाङले भने – ‘जीटीएले शिक्षालाई पहिलो प्राथमिकता दिइरहेको छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 30, 2018

दुई दिवसीय पुस्तक मेला एवम् विज्ञान प्रदर्शनीको समापन; विनय तामाङले भने – ‘जीटीएले शिक्षालाई पहिलो प्राथमिकता दिइरहेको छ’

गफसफ.com, कालेबुङ 30 अगस्त। 
समग्र शिक्षा अभियान जीटीएको आयोजनामा सम्पन्न भएको दुई दिवसीय विज्ञान प्रदर्शनी एवम् पुस्तक मेलाको आज समापन भएको छ। कालेबुङ गर्ल्स हाई स्कूलमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लाभरिका विभिन्न विद्यालयका नर्सरीदेखि बाह्रौं श्रेणीसम्मका विद्यार्थीहरूलाई समावेस गरिएको थियो। दोस्रो दिनको कार्यक्रममा जीटीए बोर्ड अध्यक्ष विनय तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।

विद्यार्थीद्वारा निर्मित वैज्ञानिक सामाग्रीको निरिक्षण गर्दै जीटीए बोर्ड अध्यक्ष विनय तामाङ


यस अवसरमा तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै जीटीले शिक्षालाई पहिलो प्राथमिकता दिएको भन्दै आगमी शिक्षक दिवसको दिन स्टेट युनिभर्सिटिको शिल्यान्यास मुख्यमन्त्रीले गर्ने भन्दै यो शिक्षाको क्षेत्रमा पहाडवासीका निम्ति सबैभन्दा ठूलो उपलब्धि रहेको दाबी गरे। ‘जीटीएले शिक्षालाई पहिलो प्राथमिकता दिएर कार्य गरिरहेको छ। हामीले पहाडको शैक्षिक विकासको निम्ति राज्य सरकारसँग मिलेर कार्य गरिरहेका छौँ। यसैक्रममा आगमी 5 सितम्बरका दिन माननीय मुख्यमन्त्रीको बाहुलीबाट मङ्पूमा निर्माण हुने स्टेट युनिभर्सिटीको शिल्यान्यास हुनेछ। यो सम्पूर्ण पहाडवासीका निम्ति शिक्षाको क्षेत्रमा ठूलो उपलब्धि हो’ विनय तामाङले भने।
उनले जीटीएको पदभार ग्रहण गरेपछि पहिलोपल्ट पुस्तक मेला अनि विज्ञान प्रदर्शनी जस्ता कार्य भएको दाबी गर्दै आफुहरू पहाडको शिक्षालाई सुधार गरेर पुरानो गरिमा फर्काउन प्रयासरत रहेको पनि दाबी गरेका छन्। यसक्रममा आफुहरूले राम्रो कार्य गर्न खोज्दा पनि बारम्बार मानिसहरूले नकारात्मक टिप्पणी गरिरहेको बताउँदै पहाडवासीको उन्नतीका निम्ति आफुहरूले सकारात्मक सोंच राखेर कार्य गर्दै आएको पनि उनले बताएका छन्।
मुख्य अतिथिका रूपमा सहभागी बन्न आइपुगेका तामाङले विद्यार्थीवर्गद्वारा निर्माव गरिएका वैज्ञानिक सामाग्रीहरूको पनि निरिक्षण गरेका थिए। यसक्रममा उनले विद्यार्थीवर्गलाई वैज्ञानिक सामाग्री निर्माणको निम्ति प्रोत्साह प्रदान गर्दै आफुहरूको पक्षबाट सहयोग गर्ने पनि आश्वान दिएका छन्।
दुईदिवसीय कार्यक्रमको अन्तिम दिन विद्यार्थीवर्ग माझ वाकपटुता प्रतियोगिता सँगै गायन प्रतियोगिता सम्पन्न भएको थियो। यसका साथै विद्यार्थीवर्गमाझ सम्पन्न भएको वैज्ञानिक सामाग्रीहरूको प्रतियोगितामा विजयी बनेका प्रतियोगिहरूलाई मुख्य अतिथि विनय तामाङको बाहुलीबाट पुरस्कार अनि प्रमाणपत्र वितरण गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad