गफसफ.com, रम्फु 6 अगस्त।
हालमा अराजनैतिक संस्था एनजीसी अनि जीएसएसले गरिरहेका
कार्यहरू प्रति गोर्खाल्याण्ड टेवा मञ्चले सराहना व्यक्त गरेको छ। यसैक्रममा
एनजीसीद्वारा प्रकाशित ‘द स्टोरी अफ् गोर्खाल्याण्ड’ नामक पुस्तक
गोर्खाल्याण्डबारे लेखिएको उपयोगी पुस्तक भन्दै उक्त पुस्तकलाई मञ्चले जनमानस सम्म
पुर्याउने कार्य गर्ने पनि सभामा निर्णय लिइएको छ।
सभामा
अहिलेघरी चारैतिर चर्चाको विषय बनेको एनआरसीको मुद्दाबारे पनि चर्चा गरिएको थियो
भने एनआरसी देशको सार्वभौमिकता र
सुरक्षाको निम्ति जरुरी पनि रहेको गोजटेमले ठानेको छ। भारतमा हुने घुसपैठ र अनुप्रेविशकारीहरूलाई रोक्न अनि
गैरकानुनी हिसाबमा देशमा छिर्न प्रतिबन्धित गर्न एनआरसी महत्त्वपूर्ण रहेको गोजटेमले ठानेको छ। यसक्रममा गोर्खाल्यान्ड जनान्दोलन टेवा मञ्चले पश्चिम बङ्गाल
सरकारले विभिन्न माध्यमहरूद्वारा अनेक प्रकारको षड्यन्त्र गर्दै गोर्खा
जातिलाई आफ्नै भूमिबाट उच्छेद गर्न लागिपरेको आरोप पनि लगाएको छ।
गोर्खाल्याण्ड जन आन्दोलन टेवा मञ्चको सभा चन्दन गुरुङको
अध्यक्षतामा सम्पन्न भएको छ। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई टेवा पुर्याउने
उद्देश्यले गत वर्ष गठन भएको मञ्चको सभामा छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई
लिएर नै चर्चा परिचर्चा गरिएको थियो। यसक्रममा राष्ट्रिय स्तरमा गोर्खाहरूको
मागलाई लिएर कार्य गरिरहेको एनजीसी अनि जीएसएसको विषयमा पनि चर्चा गरिएको गुरुङले
जानकारी दिएका छन्।
![]() |
सभामा उपस्थित सदस्यवर्ग |

‘हामी सिङ्गो गोर्खा
जातिलाई सानो सानो कुराहरूको प्रलोभन देखाई जातजातमा टुक्राएर तोड अनि राज गर –को नीति अप्नाउने कार्य बङ्गाल सरकारले
गरिरहेको छ। यसकारण सम्पूर्ण गोर्खा जाति एकवद्ध बनेर आफ्नो लक्ष्य प्रातिको
निम्ति एकबद्ध बन्नुपर्ने समय आएको छ’ चन्दन गुरुङले भनेका छन्।
No comments:
Post a Comment