दिल्लीमा जाप युवा एकाईको चारदिवसीय धर्ना प्रदर्शन समापन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 9, 2018

दिल्लीमा जाप युवा एकाईको चारदिवसीय धर्ना प्रदर्शन समापन

गफसफ.com, दिल्ली 9 अगस्त।
जन आन्दोलन पार्टीको युवा एकाईले दिल्लीमा सुरु गरेको गरेको चारदिवसीय धर्ना प्रदर्शन आज समापन भएको छ। संसदको मनसुन सत्रलाई ध्यान राखेर छुट्टै राज्यको माग गर्दै गत 6 अगस्तदेखि सुरु गरेको धर्ना प्रदर्शन आज समापन भएको हो। धर्ना प्रदर्शनको आज अन्तिम दिन पनि जाप युवा कार्यकर्ताहरूले दिल्लीको संसद मार्गमा छुट्टै राज्य गोर्खाल्याण्डको नाराबाजी गर्दै प्ला कार्डहरू बोकेर धर्ना प्रदर्शन गरेका थिए।

‘गोर्खाहरूको दिर्घकालिन समस्या समाधान छुट्टै राज्य गोर्खाल्याण्ड राज्य गठनले मात्र पुरा गर्न सक्छ। यसैकारण केन्द्रको सरकारलाई गोर्खाहरूको दिर्घकालिन समस्या समाधानको मागमा जाप युवा एकाईले संसदको मनसुन सत्रमा धर्ना प्रदर्शन गरेको हो’ प्रवक्ता नरेश राईले भने।
यसैक्रममा उनले गोर्खाहरूको समस्या समाधानको निम्ति संसदभित्र आवाज उठ्नुपर्ने भन्दै आज गोर्खाहरूले गोर्खाल्याण्डकै मुद्दामा भोटमा जिताएर पठाएका सांसदले भने आवाज नउठाउनु दुर्भाग्यपूर्ण हो भन्दै अब गोर्खाहरूले संसदमा आफ्नै भुमिपुत्रलाई सांसद बनाएर पठाउनुपर्ने आवश्यक्ता बोध गरेको पनि उनले बताएका छन्। उनले पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको निम्ति गठन भएका अन्य राजनैतिक दलहरूले पनि दिल्लीमा आएर आन्दोलनलाई अघि बडाउनुपर्ने आह्वान गरेका छन्।
यसैक्रममा जन आन्दोलन पार्टीको युवा एकाईका सचिव भुपेन राईले पनि छुट्टै राज्य गोर्खाल्याण्डको  निम्ति सम्पूर्ण गोर्खाहरू एकवद्ध हुनपर्ने आह्वान गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड नभएसम्म जापले दिल्लीमा यसरी आन्दोलन गरिरहेने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad