टिङलिङ चियाबारीमा स्वर्गीय अमित घिमिरे स्मृति फुटबल खेल आरम्भ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 5, 2018

टिङलिङ चियाबारीमा स्वर्गीय अमित घिमिरे स्मृति फुटबल खेल आरम्भ

गफसफ.com, मिरिक ५ अगस्त। 
नर्थ स्टार स्पोर्टिङ क्लब टिङलिङ चियाबारीको आयोजनामा स्व अमित घिमिरे स्मृति नगद राशी एवम् ट्रफी फुटबल खेल आरम्भ भएको छ। गढी खेल मैदानमा आइतबारदेखि दुरू भएको उक्त खेलको उद्घाटन समारोहलाई स्व. घिमिरेका पिता राजेश घिमिरेले अध्यक्षता गरेका थिए भने मुख्य अतिथिका रूपमा जीटीए लाइजेनिङ अफिसर अरुउण सिङ्ग्ची उपस्थित रहेका थिए। प्रमुख अतिथिको बाहुलीबाट दिप प्रज्वलनपछि स्व. अमित घिमिरेको आत्मा शान्तिको निम्ति मौन धारण गरिएको थियो।

आज सम्पन्न भएको प्रथम खेलमा सिलगढी ट्रेड स्पोर्टिङ क्लब बनाम नर्थ स्टार स्पोर्टिङ क्लब टिङलिङ माझमा भिडन्त भएको थियो।  जसमा एक गोलको बिरूद्ध पाचँ गोल गरि सिलगढी स्पोर्टिङ क्लब बिजय बनेर दोस्रो चरणमा प्रवेश गरेको छ। सुरुदेखि नै खेलमा सिलगढी स्पोर्टिङ क्लबले आफ्नो दबाउ बनाएर राखेको थियो भने नर्थ स्टार स्पोर्टिङ क्लबले पनि सक्दो प्रयास गरेका थिए। यद्यपी उनीहरूले गोल गर्न भने सकेनन्।
विभिन्न ठाउँका दलहरूले भाग लिएको उक्त फुटबल टुर्नामेन्ट विशेष गरेर आफ्ना स्व. छोराको स्मृतिमा आयोजना गरिएको स्व अमित घिमिरेका पिता राजेश घिमिरेले बताएका छन्। उक्त खेलामा बिजय हुने दललाई नगद रूपियाँ एक लाख अनि पराजय हुने दललाई पचास हजार सहिद ट्रफि प्रदान गरिने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad