एनआरसीको विरोधमा मिरिकमा हिल तृणमूलले पालन गर्‍यो कालो दिवस - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 5, 2018

एनआरसीको विरोधमा मिरिकमा हिल तृणमूलले पालन गर्‍यो कालो दिवस

गफसफ.com, मिरिक ५ अगस्त।  
एनआरसीको विरोधमा हिल तृणमूल कङ्ग्रेसले मिरिकमा दोस्रो दिन आइतबार पनि विरोध जुलुस निकाल्दै कालो दिवस पालन गरेको छ। सरकारले एनआरसी फिर्ता गर्नुपर्ने माग गर्दै हिल तृणमूल कङ्ग्रेसले कालो दिवस पालन गरेको हो। यसक्रममा हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एल.बी राईले एनआरसी लागु गरेर भाजपाले गोर्खाहरूलाई समेत असुरक्षित बनाउने षडयन्त्र रचिरहेको आरोप लगाएका छन्। यसका साथै हिल तृणमूल कङ्ग्रेसले एनआरसीको विरोधमा व्यापक पोस्टरिङ गर्ने घोषणा पनि गरेको छ।

‘आसामका जनता अनि गोर्खाहर सुतार्उनु पर्दैन। आवश्यक परे आसाम चलो कार्यक्रम पनि बनाउने छौ’ हिल तृणमूल अध्यक्ष एल.बी राईले भने। यसक्रममा उनले आसामका गोर्खाहरूलाई विचलित नहुने आह्वान गर्दै पहाडका राजनैतिक दलहरूले पनि एनआरसीको विरोधमा सडकमा ओर्लिनुपर्ने आह्वान गरे। उनले मानिसहरूलाई स्मबोधन गर्दै केन्द्र सरकारले गोर्खाहरूलाई खेलाईँची नगर्ने सुझाव पनि दिएका छन्। यसक्रममा भारतीय जनता पार्टीले देशको नेतृत्व गरेपछि उत्तरपूर्वी राज्य आसाममा नेशनल रजिष्टर अफ सिटिजन लागु गरेर आसामको नागरिकहरुलाई विपत्तिमा पारेको बताउँदै भाजपा सरकारको यो गैर नागरिक नीतिको विरोध जारी रहने हिल तृणमूल अध्यक्ष एलबी राईले बताएका छन्।
विरोध जुलुस पछि सम्पन्न पथसभालाई तृणमूल कङ्ग्रेस मिरिक महकुमा समितिका अध्यक्ष अनिल छेत्री युवा समिति अध्यक्ष सोभन घिसिङ, पानीघट्टा शाखा अध्यक्ष बन्धु तामाङ आदिले पनि सम्बोधन गरेका थिए। यस अवसरमा एनआरसीको विरोधमा जोडदार नाराबाजी सँगै विभिन्न प्ला कार्ड र कालो झण्डा बोकेर मानिसहरू सडकमा ओर्लिएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad