सेर क्लबलाई पराजित गरेर रोयल फुटबल क्लब सिलगडी फाइनलमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 12, 2018

सेर क्लबलाई पराजित गरेर रोयल फुटबल क्लब सिलगडी फाइनलमा

गफसफ.com, कालेबुङ 13 अगस्त।
रोमाञ्चक खेलमा रोयल फुटबल क्लब सिलगडीले सेर फुटबल क्लब कालेबुङलाई 2-1 ले पराजित गरेर स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ। कालेबुङ जिल्ला स्पोर्ट्स एसोसिएसनको आयोजनामा यहाँको मेला ग्राउण्डमा सम्पन्न भइरहेको उक्त फुटबल खेलको आइतबार पहिलो सेमी फाइनल सम्पन्न भएको हो। खेलप्रेमीहरूको घुँइचो लागेको मेला ग्राउण्डमा दुवै दलका खेलाडीहरूले रोमाञ्क खेल खेलेका थिए।

खेलको सुरुदेखि नै रोयल फुटबल क्लब सिलगडीले खेलमा आफ्नो दबाउ बनाएर राखेको थियो। यसैक्रममा गोल गर्न अघि बडेका रोयल फुटबल क्लबका खेलाडीलाई सेर क्लबका खेलाडीले डिबक्स क्षेत्रमा लडाए पछि पहिलो पेनल्टी प्राप्त भएको थियो। जुन मौकालाई रोयल क्लबका खेलाडीले कुनै गल्ति नगरी गोल गरेर टोलिलाई 1-0 को अग्रता दिलाएका थिए।
पहिलो हाफको निर्धारित समयमा 1 गोलले पछि परेका सेर क्लबका खेलाडीहरूले दोस्रो हाफको सुरु देखि बराबरी गर्ने सक्दो प्रयास गरेका थिए। यद्यपी उनीहरूले सटिक तलमेलको अभावमा गोल गर्न भने सकेनन्। खेलको अवधीभरी दुवै दलका खेलाडीहरूले नै एकाधिक गोल गर्ने सुन्दर मौकाहरू गुमाएका पनि थिए। यसक्रममा गुल्चे खेल्ने खेलाडीहरूलाई रेफ्रीले पहेँलो कार्ड समेत देखाउन परेको थियो भने खेल समापन हुन केही मिनट बाँकी रहँदा मैदानमा झ्याउला गर्ने दुवै दलका खेलाडीहरूलाई रेफ्रीले रातो कार्ड समेत देखाएका थिए। जसको कारण अन्तिम समयको खेल 10-10 जना खेलाडीहरूले खेलेका थिए।
दोस्रो हाफमा खेल बराबरी गर्नेसेर क्लबले कोशिस गरिरहेकै समयमा पुन: रोयल क्लबला खेलाडीले अर्को एक गोल गरेर टोलीलाई 2-0 को अग्रता दिलाएका थिए। यद्यपी सेर क्लबले पनि खेलमा फर्कने सक्दो प्रयास गरिरहँदा अन्तमा एक गोल गरेर 2-1 को स्कोर बनाउँन सक्षम भएको थियो। खेलको निर्धारित समयमा सेर क्लबका खेलाडीहरूले अन्य कुनै गोल गर्न नसकेपछि उनीहरू पराजित बनेका छन् भने रोयल फुटबल क्लब सिलगडी फाइनलमा प्रवेश गरेको छ।
दोस्रो सेमिफाइनल खेला भने आज सम्पन्न हुने भएको छ। युनाइटेड ब्रदर्सलाई पराजित गरेर सेमी फाइनलमा प्रेवश गर्ने आर्मी रेडको भिडन्त आज कञ्चनजङ्घा फुटबल क्लब सिलगडी माझ हुने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad