कालेबुङ कलाकार सङ्गठनले गोपाल योञ्जन जयन्ती पालन गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 11, 2018

कालेबुङ कलाकार सङ्गठनले गोपाल योञ्जन जयन्ती पालन गर्ने

गफसफ.com, कालेबुङ 11 अगस्त।
कालेबुङ कलाकार सङ्गठनको एउटा कार्यकारी सभा आज यहाँको टीआरसी भवनमा सम्पन्न भयो। गत 5 अगस्तको दिन चुनाव मार्फत सङ्गठनको पूर्ण कार्यकारी समिति गठन पछि कार्यकारी सदस्यहरूलाई लिएर आज पहिलो सभा सम्पन्न भएको थियो।
सङ्गठनका अध्यक्ष शसी सुनामको अध्यक्षतामा सप्पन्न उक्त सभामा आगामी 26 अगस्तको दिन प्रख्यात गायक गोपाल योञ्जनको जन्म जयन्ती पालन गरिने निर्णय लिइयो। उक्त दिन यहाँको टाउन हलमा एक भव्य समारोहको आयोजना गरी गोपाल योञ्जन जन्मजयन्ती पालन गरिने भएको सचिव नरेन्द्र तामाङले जानकारी दिएका छन्।
उक्त दिन दुई सत्रमा कार्यक्रम सम्पन्न गरिने सभाले तय गरेको छ। पहिलो सत्रमा गोपाल योञ्जन जन्म जयन्ती समारोह पालन गरिने भएको छ भने दोस्त्रो सत्रमा कालेबुङ्गे कलाकारहरूद्वारा गोपाल गुञ्जन (साङ्गितिक कार्यक्रम) प्रस्तुत गरिने भएको तामाङले बताएका छन्। सभामा सङ्गठनले भावी दिनहरूमा गर्न पर्ने कार्यक्रमहरूबारे पनि चर्चा परिचर्चा गरिएको उनले जानकारी दिएका छन्।

1 comment:

Post Bottom Ad