ट्राफिक नियमबारे साइकल र्‍याली सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 11, 2018

ट्राफिक नियमबारे साइकल र्‍याली सम्पन्न

गफसफ.com, कालेबुङ 11 अगस्त।
ट्राफिक नियमबारे जनचेतना फैलाउन आज कालेबुङ जिल्ला पुलिसद्वारा साइकल ऱ्याली निकालिएको छ। कालेबुङ थाना डाँडास्थित त्रिकोण पार्कदेखि निकालिएको उक्त साइकल ऱ्यालीलाई जिल्ला पुलिस अधिक्षक ध्रुव ज्योती दे, नगरपालिका अध्यक्ष रवि प्रधान, ट्राफिक डीएसपी अजरूद्धिन खान, सन्दीप जैन आदिले झण्डा हल्लाएर शुरू गरेका थिए।

कालेबुङ ट्राफिक पुलिसको आयोजनामा सम्पन्न भएको उक्त साइकल ऱ्याली मेन रोड हुँदै 12 माइल अल्बर्ट भिल्लासम्म पुगेर पुन त्रिकोण पार्कसम्म फर्किएको थियो।
साइकल ऱ्यालीमा अधिवक्ता अनमोल प्रसाद, त्रिभुवन राई लगायत अन्य मानिसहरू साथै स-साना विद्यार्थीहरूले अंशग्रहण गरेका थिए। साइकल ऱ्यालीपछि ट्राफिक प्रभारी प्रबीण गुरूङले साइकल ऱ्याली आयोजना गर्नुको उद्देश्यबारे स्पष्ट पार्दै विशेष गरेर विद्यार्थी नानीहरूले साइलक कुदाउने आह्वान गरेका छन्। ‘विद्यार्थीवर्गको उमेर नपुगेको कारण बाइक कुदाउने अनुमति पाउँदैनन्। यसकारण उनीहरू साइकल कुदाउन सक्छन् भने यो स्वास्थ्यको निम्ति पनि लाभदायक हो। यहीँ सन्देश दिनका निम्ति पनि साइकल र्‍याली आयोजना गरेका हौँ’ ट्राफिक प्रभारी प्रवीण गुरुङले भने।

No comments:

Post a Comment

Post Bottom Ad