सेर्पा दम्पतीको हत्यारा पक्राउको मागमा पेदोङवासीले निकाले मौन जुलुस - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 20, 2018

सेर्पा दम्पतीको हत्यारा पक्राउको मागमा पेदोङवासीले निकाले मौन जुलुस


गफसफ.com, कालेबुङ, 20 अगस्त।
फुर्तेम्बा सेर्पा अनि कुसुम सेर्पाका हत्याराहरूलाई पक्राउको माग गर्दै पेदोङवासीले आज पेदोङ बजारमा मौन जुलुस निकालेका छन्। यस अवसरमा उनीहरूले हत्यारा पक्राउको मागमा लेखिएका विभिन्न प्ला कार्डहरू बोकेका थिए। यस अवसरमा लगभग दुईघण्टा सम्म पेदोङ बजारका सम्पूर्ण व्यापारिक प्रतिष्ठानहरू समेत बन्द रहेको थियो भने यान वाहनहरूको चलाचल समेत ठप्प बनेको थियो।


सेर्पा दम्पती हत्याकाण्डका मुख्य दोषीलाई पक्राउको मागमा निकालिएको मौन जुलुसमा पेदोङ क्षेत्रका विद्यार्थीवर्गसँगै शिक्षकवर्ग अनि विभिन्न संघ संस्थाका प्रतिनिधीवर्ग पनि सहभागी बनेका थिए। उक्त मौन जुलुसले शहर परिक्रमा गरेर सोझै पेदोङ पुलिस पोस्टमा पुगेको थियो भने उनीहरूले हत्यारालाई झट्ट पक्राउ गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र सुम्पिएका छन्।


No comments:

Post a Comment

Post Bottom Ad