गोजमुमो विमल गुरुङ गुटका प्रतिनिधी टोलिले भेट्यो गृहमन्त्री राजनाथ सिंहलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, August 21, 2018

गोजमुमो विमल गुरुङ गुटका प्रतिनिधी टोलिले भेट्यो गृहमन्त्री राजनाथ सिंहलाई


गफसफ.com, कालेबुङ, 22 अगस्त।
गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ समुहका पाँच सदस्यीय टोलिले गृहमन्त्री राजनाथ सिंहलाई भेट गरेका छन्। गोजमुमि विमल गुरुङ समुहका उपाध्यक्ष आर.पी वाइबा, अप्रा. कर्णल रमेश आले, रोहित थापा, अनिल लोप्चन रहेको समुहलाई सांसद आहलुवालीयाले नेतृत्व गरेका थिए।

उक्त टोलिले गृहमन्त्री राजनाथ सिंहलाई भेट गरेर केन्द्र सरकारको पक्षबाट वैठक डाक्नुपर्ने माग गरेका छन्। गत वर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा गृहमन्त्रीले वैठक गर्ने दिएको आश्वसनलाई स्मरण गराउँदै वैठक बोलाउनुपर्ने माग गरिएको हो।
प्रतिनिधीटोलिले गृहमन्त्री राजनाथ सिंहलाई गोर्खाहरूको दिर्घकालिन समस्या समाधानको माग सँगै 11 गोर्खा समुदायका मानिसहरूलाई जनजातिको मान्यता दिनुपर्ने पनि माग दोहोर्‍याएको छ। यसक्रममा गृहमन्त्री राजनाथ सिंहले चाँढै नै वैठक डाक्ने आश्वान दिएको रोशन गिरीले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad