विनय तामाङले दिए भाषा दिवसको शुभकामना; भने –‘मातृभाषाको सम्वर्द्धन गर्न प्रतिवद्ध बनौं’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 20, 2018

विनय तामाङले दिए भाषा दिवसको शुभकामना; भने –‘मातृभाषाको सम्वर्द्धन गर्न प्रतिवद्ध बनौं’

गफसफ.com, दार्जीलिङ, 20 अगस्त
नेपाली भाषा मान्यता दिवसको जीटीए बोर्ड अध्यक्ष विनय तामाङले शुभकामना दिएका छन्। तामाङले आज एक प्रेस विज्ञप्ती जारी गरेर शुभकामना दिएका हुन्। यस अवसरमा उनले भाषा सङ्ग्रामीहरूलाई पनि सम्झना गरेका छन्।
विनय तामाङ - फाइल फोटो 
‘भाषाप्रेमी संग्रामीहरूले आफ्नो बहुमूल्य योगदान दिएर नेपाली भाषालाई संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्त गराएर सम्पूर्ण नेपालीभाषी भारतीय गोर्खाहरूलाई गौरावान्वित तुल्याएको आजको यो गौरवमय दिन म समग्र भाषा सङ्ग्रामीहरूलाई पनि सश्रद्धा स्मरण गर्न चाहन्छु’ विनय तामाङले अझ भने-‘उनीहरूकै जागरूकताको कारण आज नेपाली भाषा अनि नेपाली भाषी गोर्खाहरू भाषा अनि जातिको आधारमा राष्ट्रमा आफ्नो अस्तित्त्व अनि चिह्नारी दावी गर्न सक्ने भएका छन्।’
तामाङले जारी विज्ञप्तीमा नेपाली भाषाको प्रचार-प्रसार र प्रगतिका निम्ति कार्यरत सम्पूर्ण शिक्षकवर्ग लगायत साहित्यकारहरूलाई पनि सम्झना  गरेका छन् भने विद्यार्थीवर्गलाई पनि सम्झना गरेका छन्। यसक्रममा उनले भाषा सङ्ग्रामीहरूकै गौरवशाली परिश्रमले नेपाली भाषा वर्तनमा अवस्थामा अन्य विशिष्ट भाषाका पङ्क्तिमा उभिन सक्षम बनेको पनि उनले बताएका छन्। यसक्रममा उनले मातृभाषाको प्रचार-प्रसार र सम्वर्द्धन गर्ने आह्वान पनि गरेका छन्।
‘यो शुभावसरमा सम्पूर्ण नेपालीभाषी गोर्खाहरू एकजुट भएर आफ्नो मातृभाषाको प्रचार- प्रसार अनि सम्वर्द्धन गर्न प्रतिवद्ध बनौं। मातृभाषाको सबैले सम्मान गरौ, आफ्नो मातृभाषाको प्रयोग गर्न हीनता बोध नगरौ तथा आफ्नो भाषालाई सदैव सरंक्षण गरौं’ विनय तामाङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad