दुर्गा मल्लको जन्म भूमी देहरादुनमा वलिदान दिवस पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 25, 2018

दुर्गा मल्लको जन्म भूमी देहरादुनमा वलिदान दिवस पालन

गफसफ.com, देहरादुन 25 अगस्त।
सहिद मेजर दुर्गा मल्ललाई उनका जन्म स्थानमा धुमधामले श्रद्धाञ्जली अर्पण गर्दै वलिदान दिवस पालन गरिएको छ। देहरादुनको डोइवाला क्षेत्रमा जन्मेका सहिद दुर्गा मल्ललाई आज उनजै जन्म स्थानमा देहरादुनवासीले श्रद्धाञ्जली अर्पण गरेर वलिदान दिवस पालन गरेको हो।
वीर गोर्खा कल्याण समितिको आयोजनामा आज देहरादुनको डोइवालामा सहिद दुर्गा मल्लको 74 औँ वलिदान दिवस पालन गरिएको थियो। यस अवसरमा उत्तरखण्डका मुख्यमन्री त्रिवेन्द्र सिंह रावत मुख्य अतिथिका रूपमा उपस्थित हुने निश्चित भए पनि उनी अन्तिम समयमा उपस्थित बन्न सकेनन्। जसको कारण कार्यक्रममा उत्तरखण्ड राज्य विधानसभाका अध्यक्ष प्रेमचन्द अग्रवाल मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यसक्रा साथै कार्यक्रममा गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यविक्रम साही, विशाल थापा, कमल थापा, उर्मिला तामाङ, मनोज तामाङ, टेकबहादुर थापा, देवेन शाही, डम्बर बहादुर थापा लगाय अन्यको पनि विशेष उपस्थिति रहेको थियो।
सर्वप्रथम दुर्गा मल्लको जन्म स्थान देहरादुनको डोइवालामा स्थापित सहिद दुर्गा मल्लको सालिगमा कार्यक्रमका मुख्य अतिथि उत्तरखण्ड बिधानसभा अध्यक्ष प्रेमचन्द अग्रवालको बाहुलीबाट पुष्पाञ्जली अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि कार्यक्रममा उपस्थित बनेका अन्य अतिथिवर्ग सँगै आम मानिसहरूले सहिद दुर्गा मल्लाको सालिगमा पुष्पाञ्जली अर्पण गरेका थिए।
डोइवालामा स्थापित सालिगमा पुष्पाञ्जलीको कार्यक्रम पछि गाँधी पार्कमा स्थापित गरिएको सहिद दुर्गा मल्लको विशाल सालिगमा पनि पुष्पाञ्जली अर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्ने कार्य सम्पन्न भएको थियो। यस अवसरमा सहिद दुर्गा मल्लकै सालिगसँगै रहेका आजद हिन्द फौजका नेताजी सुवास चन्द्र बोस अनि केशरी चन्दको सालिगमा पनि मानिसहरूले पुष्पाञ्जली अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
सहिद दुर्गा मल्लको सालिगमा श्रद्धाञ्जली अर्पण गर्ने कार्य समापन भएपछि शक्ति भवन मन्दिर डोइवालामा वलिदान दिवस पालन गरिएको थियो। यस अवसरमा कार्यक्रममा विभिन्न संघ संस्था, राजनैतिक दल साथै आम नागरिकको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले सहिद दुर्गा मल्लाले देश स्वतन्त्रताको निम्ति दिएको योगदानलाई देशले कहिल्यै भुल्न नहुने बताउँदै उनीहरूकओ योगदानको कारण आज भारत स्वतन्त्र बन्न सकेको बताएका थिए।
यता कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित बनेका उत्तरखण्ड राज्य विधानसभाका अध्यक्ष प्रेमचन्द अग्रवालले पनि सहिद दुर्गा मल्लको योगदानको प्रशंसा गर्दै राज्यमा अघिका सरकारले सहिदहरूको भनेजस्तो मूल्याङ्कन नगरेको भन्दै अहिलेको सरकारले भने सम्पूर्ण सहिदहरूको उचित मूल्याङ्कन गरिरहेको दाबी गरे। यसैक्रममा उनले सहिद दुर्गा मल्लको योगदानलाई देशले नभुल्ने बताउँदै उनको बलिदानलाई प्रत्येक देशवासीले नमन गर्नुपर्ने आह्वान पनि गरेका छन्। ‘हाम्रो सरकारले देशका सहिदहरूला नमन गर्दछ। हामी सहिद दुर्गा मल्लको योगदानलाई सम्पूर्ण देशभरी अझ परिचय गराउन चाहन्छौँ। जसको निम्ति सरकारले कार्य गर्नेछ’ कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित उत्तरखण्ड राज्य विधानसभाका अध्यक्ष प्रेमचन्द अग्रवालले भने।
यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्य बिक्रम साहिले पनि सहिद दुर्गा मल्लले भारत देश निर्माणको निम्ति दिएको योगदानबारे बताएका थिए। उनले देश स्वतन्त्र बन्नका निम्ति प्रथम गोर्खा सहिद दुर्गा मल्लको योगदानलाई सरकारले समेत भुल्ने कार्य गर्न नहुने पनि आह्वान गरेका छन्।
उक्त वलिदान दिवस कार्यक्रममा केहि महिना अघि देश सेवामा सहिद बनेका तीनजना परिवारहरूलाई पनि सम्मानित गरिएको थियो। कार्यक्रमका मुख्य अतिथि प्रेमचन्द अग्रवाल, वीर गोर्खा कल्याण समितिका अध्यक्ष श्रवन प्रधान आदिको बाहुलीबाट सहिद परिवारलाई अङ्गवस्त्र ओढाएर सम्मानित गरिएको थियो। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको वीर गोर्खा कल्याण समितिका अध्यक्ष श्रवन प्रधानले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad