गोजमुमो विमल गुटले भेट्यो जनजाति मन्त्री जोएल उराउँ; 11 जातगोष्टिलाई जनजातिको मान्यता दिनुपर्ने माग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, August 21, 2018

गोजमुमो विमल गुटले भेट्यो जनजाति मन्त्री जोएल उराउँ; 11 जातगोष्टिलाई जनजातिको मान्यता दिनुपर्ने माग

गफसफ.com, कालेबुङ, 22 अगस्त।
गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुटका प्रतिनिधी टोलि केन्द्रिय जनजाति मन्त्री जोएल उराउँलाई भेट गरेर पुन: गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिनुपर्ने माग दोहोर्‍याएका छन्। आर.पी वाइबा, अप्रा. कर्णल रमेश आले, रोहित थापा, अनिल लोप्चन रहेको समुहलाई सांसद आहलुवालीयाले नेतृत्व गरेका थिए। यसक्रममा सांसद आहलुवालीयाले मन्त्री उराउँलाई ज्ञापन पत्र बुझाएर जनजातिको मुद्दालाई समाधान गर्नुपर्ने माग गरेका छन्।

गोर्खा समुदाय भित्रका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिलाउनका निम्ति अघिबाटै कमिटि समेत बनिएको स्मरण गराउँदै त्यस कमिटिले आफ्नो रिपोर्ट सुम्पिएको आधारमा नै उक्त 11 जात गोष्टिलाई जनजातिको मान्यता दिनुपर्ने ज्ञापनमा लेखिएको छ। जसको निम्ति संविधान संशोधन गर्न परे गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad