एसियाई फुटबल महासंघद्वारा सुनील छेत्रीलाई ‘एसियाई आइकन’ घोषित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 3, 2018

एसियाई फुटबल महासंघद्वारा सुनील छेत्रीलाई ‘एसियाई आइकन’ घोषित

गफसफ.com, नयाँ दिल्ली, 4 अगस्त।
भारतीय फुटबाल टीमका कप्तान सुनील छेत्रीलाई शुक्रबार उनको 34 औँ जन्मदिवसको अवसरमा एसियाई फुटबल महासंघ (एएफसी) ले ‘एसियाई आइकन’-घोषित गरेको छ। यसक्रममा गोल गर्ने मामिलामा वर्तमा पीडीका महानतम खेलाडीहरूको बराबरी गर्नसकेकोमा जोडदार प्रसंसा गरेको छ।
सुनील छेत्री (फाइल फोटो)
सुनील छेत्री एसियाई खेलाडीहरूमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले 101 खेलमा 64 गोल गरेका छन् अनि विश्वभरीमा क्रिस्टियानो रोनाल्डो अनि लियोनल मेस्सी पछि उनी तीन नम्बरमा रहेका छन्। एएसफसीले छेत्रीको जीवन अनि करियरको बारेमा उनीहरूको आधिकारीक पेजमा जानकारी दिएर जन्मदिनलाई स्मरणीय बनाएको छ।
‘लियोनल मेस्सी अनि क्रिस्टियानो रोनाल्डोको युगमा दुनियाका तेस्रो सर्वाधिक गोल गर्ने अन्तराष्ट्रिय फुटबलर हुनु सानो उपलब्धि होइन। एकजना एसियाई खेलाडीको निम्ति आफ्ना राष्ट्रिय टिमको तर्फबाट मेसीको 65 गोलभन्दा केवल एक गोल पछि हुनु हाम्रो ‘एसियाई आइकन’ सूचीमा समावेश नयाँ नामको रिकर्ड हो, जसको निम्ति गर्व गर्नुपर्नेछ’-एएफसीले भनेको छ।
‘आज उनी 34 वर्षका भएका छन् अनि हामी भारतको तर्फबाट सर्वाधिक खेल खेल्ने अनि सर्वाधिक गोलकर्ता सुनील छेत्रीको उपलब्धिका खुशीयली मनाइरहेका छौँ’ –एएफसीले थप लेखेको छ।

No comments:

Post a Comment

Post Bottom Ad