असमका गोर्खाहरू सङ्कटमा; विनय तामाङले भने –‘अन्याय सहन गर्दैनौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 1, 2018

असमका गोर्खाहरू सङ्कटमा; विनय तामाङले भने –‘अन्याय सहन गर्दैनौँ’

गफसफ.com, कालेबुङ 1 अगस्त।
नेशनल रेजिस्टर अफ् सिटिजसन्स (एनआरसी)ले असम राज्यमा जारी गरेको सूचीमा एक लाख भन्दा गोर्खाहरूले पनि आफ्नो नागरिकता गुमाउनुपर्ने सङ्कट आएपछि गोजमुमो अध्यक्ष विनय तामाङ विरोध गरेका छन्। उनले असम राज्यका गोर्खाहरू माथि अन्याय सहन नगर्ने भन्दै केन्द्रिय गृहमन्त्री राजनाथ सिंह अनि असमका मुख्यमन्त्रीलाई भोलिनै पत्रचार गर्ने पनि बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै विनय तामाङ, अध्यक्ष जीटीए, बोर्ड 

‘एनआरसीले जारी गरेको सूचीमा 1 लाख गोर्खाहरूको नागरिकता पनि हटाइने भएको छ। यो घट्नाको हामी विरोध गर्छौँ’ विनय तामाङले भने। यसक्रममा उनले असमका गोर्खाहरूलाई हतोत्साही नहुने आह्वान गर्दै पूर्णरूपले सहयोग गर्ने आश्वासन दिएका छन्। ‘सयौँ वर्ष अघिदेखि बस्दै आएका खाँटी नागरिकको नाउँ काटिने कार्यको गोजमुमो पार्टी घोर विरोध गर्दछ। भारतीय जनता पार्टीले यसरी उच्छेद गर्न लागेको कार्यको सम्पूर्ण भारतभरीनै जोडदार विरोध हुनपर्छ’ तामाङले भने।
विमल गुरुङको मौनता
नेशनल रेजिस्टर अफ् सिटिजसन्स (एनआरसी)ले जारी गरेको सूचीले एक लाख भन्दा अधिक गोर्खाहरूको नागरिकतामाथि सङ्कट छाउँदा अफैलाई गोर्खाको नेता ठान्ने विमल गुरुङ किन बोल्दैनन्? भनि विनय तामाङले प्रश्न गरेका छन्। ‘आफैलाई भारतभरीका स्वघोषित नेता ठन्ने विमल गुरुङ आज यस विषयमा चुप बसेका छन्’ तामाङले अझ भने –‘त्यहाँ बसोबास गर्ने गोर्खाहरूलाई कुनै प्रकारको अन्याय र अत्याचार सहन गर्दैनौँ।’
भाजपा अध्यक्ष दिलिप घोषको विरोध
पश्चिम बङ्गाल भाजपाका राज्य अध्यक्ष दिलिप घोषले ‘सत्तामा आए बङ्गालमा पनि एनआरसी लागु गर्नेछौँ’ भनि दिएको बयानको विनय तामाङले विरोध गरेका छन्। ‘भाजपाले आफ्नै नागरिकहरूलाई उच्छेद गर्ने प्रयास गरिरहेको छ। हामी पश्चिम बङ्गालमा एनआरसी लागु हुन दिनेछैनौँ’ विनय तामाङले भने।
युनिभर्सिटी ठूलो उपलब्धि
पश्चिम बङ्गाल विधानसभामा विश्वविद्यालयको विधेयक पारित हुनुलाई विनय तामाङले ठूलो उपलब्धि रहेको दाबी गरेका छन्। ‘हामीले जीटीए बोर्डको पदभार ग्रहण गरेपछि शिक्षालाई पहिलो प्राथमिकता दिएका हौँ। विधानसभामा पारित पहाडका निम्ति विश्वविद्यालय सबैभन्दा ठूलो उपलब्धी हो’ विनय तामाङले भने।
मुख्यमन्त्रीलाई धन्यवाद
पहाडका निम्ति विश्वविद्याकय निर्माणको विधेयक विधानसभामा पारित गरिएको सन्दर्भमा विनय तामाङले एकचोटि पुन: मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्। ‘हाम्रो मागलाई स्वीकार गरेर मुख्यमन्त्री विश्वविद्यालय दिइन्। यसको निम्ति उनलाई सम्पूर्ण पहाडवासीको पक्षमा हार्दिक धन्यवाद दिँदछौँ’ तामाङले भने।
कालेबुङ मवाविद्यालयलाई जमीन
कालेबुङ महाविद्यालयलाई जमीनको आवश्यक रहेको भन्दै यसबारे जीटीएले पहल गरिसकेको विनय तामाङले जानकारी दिएका छन्। उनले यसबारे पश्चिम बङ्गाल सरकार, कालेबुङ जिल्ला प्रशासन अनि डिएफओलाई पत्रचार गरिसकेको अनि चाँढै महाविद्यालयले जमीन पाउने पनि बताएका छन्। ‘कालेबुङ महाविद्यलय नजिकै अवस्थित सोसिय फरेस्टको अडाई ऐकर जमीन हामी कलेजलाई उपलब्ध गराउनेछौँ। यति हुन सके सम्पूर्ण कालेबुङवासीका निम्ति अर्को उपलब्धी हुनेछ’ तामाङले भने।
शहीद मङ्गलसिंह राजपुतलाई श्रद्धाञ्जली
गोर्खाल्याण्ड प्राप्तिका निम्ति प्रथम आत्मदाह गर्ने शहीद मङ्गलसिंह राजपुतलाई श्रद्धाञ्जली दिइने भएको छ। आगमी 3 अगस्तका दिन उनलाई शहीद वेदीमा श्रद्धाञ्जली दिने तामाङले बताएका छन्। ‘30 जुलाई 2013 का दिन मङ्गलसिंह राजपुतले गोर्खाल्याण्ड गठनका निम्ति आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेका थिए। पछिबाट उनको मृत्यु 3 अगस्तका दिन भयो। यसकारण गोजमुमो पार्टीले 3 अगस्त उनको बलिदानलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम गर्नेछ’ विनय तामाङले भने।
मङ्गलसिंहको बलिदान भुले विमल गुरुङले
गोर्खाल्याण्डको निम्ति आत्मादाह गरेर शहीद हुने मङ्गल सिंह राजपुतको शाहदातलाई विमल गुरुङले त्यसैबेला भुलेर जनतालाई धोका दिएको विनय तामाङको आरोप छ। त्यस समय गोर्खाल्याण्डै निम्ति आफु जेलमा परेको बताउँदै विमल गुरुङले भने जनताली ढाँटेको आरोप लगाए।
विमल गुरूङले जीटीएको पद त्यागेर आन्दोलनमा जनतालाई उक्साए पनि पछिबाट त्यहीँ शहीद हुने मङ्गलसिंह राजपुतकै शाहदातलाई समेत भुले उनले पुन: कोलकोतामा गएर जीटीए प्रमुखको सपथ ग्रहण गरेको विनय तामाङले आरोप लगाए।

No comments:

Post a Comment

Post Bottom Ad