नयाँ विश्वबिद्यालय हाम्रो जातिको स्रष्टाहरू जन्माउने ठाउँ बन्नेछन् - डा. आर.बी भुजेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 31, 2018

नयाँ विश्वबिद्यालय हाम्रो जातिको स्रष्टाहरू जन्माउने ठाउँ बन्नेछन् - डा. आर.बी भुजेल

गफसफ.com. कालेबुङ 1 अगस्त। 
पश्चिम बङ्गाल विधानसभामा दार्जीलिङ पहाडका निम्ति युनिभर्सिटी निर्माणको विधेयक पारित भएपछि क्लुनी हुमन्स कलेजका प्राचार्य एवम् पूर्व सभासद डा. आर.बी भुजेलले खुसी व्यक्त गरेका छन्। ‘विशेषगरी पहाडी क्षेत्रका विद्यार्थीवर्गका निम्ति गरिएको पहलका निम्ति हर्ष व्यक्त गर्दछु’ डा. भुजेलले अझ भने –‘यस क्षेत्रका निम्ति गरिएको यस कार्यलाई सबैले स्वागत गरौँ।’
डा. आर.बी. भुजेल (प्राचार्य क्लुनी हुमेन्स कलेज) 

उनले उक्त विश्वविद्यालयको निर्माणले सम्पूर्ण पहाडका विद्यर्थीवर्गलाई ठूलो लाभ पुग्ने भन्दै जीटीए बोर्डलाई पनि आभार प्रकट गरेका छन्।‘विश्वविद्यलयको विधेयक पारित भएपछि पहाडका विद्यार्थीवर्गले यसको लाभ पाउँछन्। यस महत् कार्यका निम्ति जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसन अनि विधायकगण वधाईका पात्र छन्’ डा. आर.बी भुजेलले भने।
उनले राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा सोंच बनाएर अघि बडाउनका निम्ति विश्वविद्यालय सञ्चालनका निम्ति कुशल प्रशासनको आवश्यक्ता हुने पनि बताएका छन्। ‘यो विश्वविद्यालय हाम्रो जाति, समाज र राष्ट्रका निम्ति स्रष्ट्राहरू जन्माउने ठाउँन बन्न सक्नेछन्। यसै दिशातर्फ हामीले अहिलेदेखि नै वृहत सोंच राखेर कार्य गर्न सके हाम्रा निम्ति अझ लाभदायक बन्नेछन्’ डा. भुजेलले भने। उनले विश्वविद्यालयलाई उत्कृष्ट बनाउनका निम्ति सबैले संकृर्ण सोंच त्यागेर फराकिलो विचारधारामा काम गर्न सके अझ राम्रो हुने पनि बताएका छन्।
उनले विश्वविद्यालयमा वुनियादी ढाँचाका अध्ययन अध्यापन चल्ने भए पनि तक्निकी विज्ञानका क्षेत्रमा पनि शिक्षा प्रणालीमा हालेर काम गर्न सके अझ राम्रो हुने पनि सुझाव दिएका छन्। ‘हामीले यो विश्वविद्यालयमा शिल्पकला जस्तो विषयमा पनि प्रकोष्ठ निर्माण गर्न सके अझ राम्रो हुनेछ’ डा. भुजेलले अझ भने –‘अहिले बिज रोपिएको छ, बढ्नु र फल्नु समय लाग्नेछ। यद्यपी यस महत् कार्यका निम्ति सबैलाई बधाई अनि शुभकामना दिँदछु।’
उनले दार्जीलिङ-सिक्किमका हिमाली क्षेत्रमा अनुसन्धानका कार्यहरू धेरै कम भएको बताउँदै यस क्षेत्रमा विविध हिमालय क्षेत्रका विषयमा अनुसन्धान गर्नका निम्ति ‘हिमालयन स्टडिज्’ जस्ता प्रकोष्ठ निर्माण गरेर अध्ययनको व्यवस्था हुनपर्ने सुझाव पनि डा. भुजेलले दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad