72 औं स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले के भने? - पढ्नुहोस् विस्तारमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 16, 2018

72 औं स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले के भने? - पढ्नुहोस् विस्तारमा


मेरा प्यारा देशवासी,
आजादीको पावन पर्वको अवसरमा तपाईंहरू सबैलाई धेरै-धेरै शुभकामना। आज देश एउटा आत्म विश्‍वासले भरिएको छ। सपनाहरूलाई सङ्कल्पसित परिश्रमको पराकाष्टले देश नयाँ उचाईंलाई पार गरिरहेको छ। एक नयाँ चेतना, नयाँ उमङ्ग, नयाँ उत्साह, नयाँ ऊर्जा लिएर आजको सूर्य उदय भएको छ। मेरा प्यारा देशवासी, हाम्रो देशमा 12 वर्षमा एकपल्ट नीलकुरिञ्जीको फूल फुल्ने गर्छ। यस वर्ष दक्षिणको निलगिरी पहाडमा यो हाम्रो नीलकुरिञ्जीको पुष्प, मानौ तिरङ्गा झण्डाको अशोक चक्र सरह, देशको आजादीको पर्वमा लहराएको छ।

मेरा प्यारा देशवासी आजादीको यो पर्व, हामी त्यस समय मनाइरहेका छौं जतिबेला हाम्रो छोरीहरू उत्तराखण्ड, हिमाचल, मणिपुर, तेलङ्गना, आन्ध्र प्रदेश यी राज्यका हाम्रा छोरीहरूले सात समुद्र पार गरे अनि सातौं समुद्रलाई तिरङ्गाको रङ्गले रङ्ग्याएर, हामी माझ फर्की आए। मेरा प्यारा देशवासी, हामी आजादीको पर्व, आज त्यस समय मनाउँदैछौ, एभरेष्ट विजय त धेरै भएको छ, अनेक हाम्रा वीरहरूले, अनेक हाम्रा छोरीहरूले एभरेष्टमा पुगेर तिरङ्गा झण्डा फहराएका छन् तर यस आजादीको पर्वमा त्यो कुरा याद गर्छु, हाम्रो अति दुर्गम-जंगलमा जिउनेहरू, स-साना आदिवासी नानीहरूले यसपल्ट एभरेष्टमा तिरङ्गा झण्डा फहराएर तिरङ्गा झण्डाको सान अझ बढाएका छन्। मेरा प्यारा देशवासी, हालैमा लोकसभा र राज्यसभाको सत्र समापन भयो। तपाईंहरूले देख्नुभयो होला, सदन धेरै राम्रो प्रकारले चल्यो अनि एक प्रकारले संसदको यो सत्र, पूर्णरूपले सामाजिक न्यायमा समर्पित, दलित होस, पीडित होस, शोषित होस, वञ्चित होस, महिला होस, उनीहरूको हकलाई रक्षा गर्नका लागि हाम्रो संसदले संवेदनशीलता र सजकताका साथ सामाजिक न्यायलाई अझ अधिक बलियो बनायो।
ओ.बी.सी. आयोगलाई वर्षौदेखि संवैधानिक स्थानका लागि माग त उठाइएको थियो, यसपल्ट संसदले पछौटे, अति पछौटेको त्यस आयोगलाई संवैधानिक दर्जा दिएर, एक संवैधानिक व्यवस्था दिएर उनीहरूको हकलाई रक्षा गर्ने प्रयास गरेको छ। आज हाम्रो, त्यस समय आजातीको पर्व मनाउँदै छौं, जुन समय हाम्रो देशमा त्यो समाचारले एउटा नयाँ चेतना ल्याएको छ। प्रत्येक भारतीय, विश्‍वको कुनै पनि कुनामा किन नबसुनन् आज भारत विश्‍वको छैटौं ठूलो अर्थतन्त्रमा आफ्नो नाम दर्ता गराएको छ भन्ने कुरामा गर्व गरिरहेका छन्। यस्तो एउटा सकारात्मक माहौलमा सकारात्मक घटनाहरूको श्रृङ्खलाबीच आज हामी आजादीको पर्व मनाइरहेको छौं।
देशलाई स्वाधीनता दिलाउनका लागि पुज्य बापूको नेतृत्वमा लक्ष्यावधि मानिसहरूले, आफ्नो जीवन बलिदान दिए, जवानी जेलमा बिताए, कयौं क्रान्तिकारी महापुरुषहरूले फाँसी चढेर देशको आजादीको फाँसीको फन्दालाई चुमे। आज म, देशवासीको तर्फबाट आजादीका वीर सेनानीहरूलाई हृदयपूर्वक नमन गर्दछु अन्तहपूर्वक प्रणाम गर्दछु। जुन तिरङ्गा झण्डाको जुन आज आन-बान-सानले हामीलाई जीउने, जुझ्ने, मरिमेट्ने प्रेरणा दिन्छ, त्यस तिरङ्गाको सानका लागि देशका सेनाका जवान, आफ्नो प्राणको आहुति दिन्छन्, हाम्रो अर्धसैनिक बल जिन्दगी समर्पित गर्छन्, हाम्रो पुलिस बलका जवान सामान्य मानवीको रक्षाका लागि दिन-रात देशको सेवामा समर्पित रहन्छ, म सेनाका सबै जवानहरूलाई, अर्धसैनिक बललाई, पुलिसका जवानहरूलाई, उनीहरूको महान सेवाका लागि, उनीहरूको त्याग तपस्याका लागि, उनीहरूको पराक्रम र पुरूषार्थका लागि, आज तिरङ्गा झण्डा साक्षी राखेर लाल किल्लाको प्राचिरबाट शत-शत नमन गर्दछु अनि उनीहरूलाई धेरै धेरै शुभकामना दिँदछु। हालका दिनमा देशका विभिन्न कुनाबाट, राम्रो वर्षाको खबर आइरहेको छ, यसको साथ-साथै बाढ़को पनि खबर आइरहेको छ। अति वृष्टि र बाढको कारण जुन परिवारले आफन्त गुमाउनु परेको छ, जसले समस्या झेल्नु परेको छ, उनीहरू सबै प्रति देश सम्पूर्ण शक्तिका साथ उनीहरूको सहयोगमा उभिएको छ अनि जसले आफन्तहरूलाई गुमाएका छन्, उनीहरूको दुःखमा म सहभागी छु।
मेरा प्यारा देशवासी,
आगामी वैशाखीमा हाम्रो जलियावाला बाघको त्यस नरसंहारको 100 वर्ष पुगिरहेको छ। देशका सामन्य मानिसले, देशको आजादीका लागि कस्तो प्रकारले ज्यानको बाजी लगाए अनि अत्यचारको कति सीमा नाघेको थियो, जलियावाला बाघ, हाम्रो देशका ती वीरहरूको त्याग र बलिदानले हामीलाई प्रेरणाको सन्देश दिँदछ, म ती सबै वीरहरूलाई हृदयपूर्वक आदरपूर्वक नमन गर्दछु। मेरा प्यारा देशवासी, आजादी त्यसै प्राप्त भएन। पूज्य बापूको नेतृत्वमा अनेक महापुरुषहरू, अनेक वीर पुरुषहरूले, क्रान्तिकारीहरूको नेतृत्वमा, अनेक नौ जवानले, सत्याग्रहको दुनियाँमा बस्नेहरूले, जवानी जेलमा बिताएर हाम्रो देशलाई आजादी दिलाए तर आजादीको सङ्घर्षमा सपनाहरू पनि सजाएका छन्। भारतको भव्य रूपलाई पनि उनीहरूले मनमा अंकित गरेका छन्। अनि आजादीको धेरै वर्ष पहिला तामिलनाडुका राष्ट्र कवि सुब्रमन्यम भारतीले आफ्नो सपनालाई शब्दमा पस्केका थिए। उनले लेखेका थिए, (एलारूम अमरनिलीइ एडुमनन मुरूयई इण्डिया अलिगिरी कु अलिकुम इण्डिया ऊलागिरी कु अलिकुम) अनि उनले लेखेका थिए
एलारूम अमर निलियई एडुमनन मुरेयई
इण्डिया अलिगिरी कु अलिकुम
इण्डिया कुलागिरी कु अलिकुम
अर्थात उनले आजादी पछिको भारतका लागि उनले के सपना देखेका थिए? सुब्रमन्यम भारतीले भनेका थिए, भारतले सम्पूर्ण विश्‍वको हरेक प्रकारको बन्धनदेखि मुक्त पाउने बाटो देखाउने छ।
मेरा प्यारा देशवासी,
यो महापुरुषहरूको सपनालाई पूरा गर्नका लागि, आजादीका सेनानीहरूको इच्छालाई परिपूर्ण गर्नका लागि देशका कोटी-कोटी जनको आशा-आकांक्षालाई पूरा गर्नका लागि आजादी पछि, पूज्य बाबासाहेब अम्वेडकरजीको नेतृत्वमा भारतले एक समावेशी संविधानको निर्माण गर्‍यो। यो हाम्रो समावेशी संविधान, एउटा नयाँ भारतको निर्माण गर्ने सङ्कल्प लिएर आएको छ। हाम्रो निम्ति केही जिम्मेवारी लिएर आएको छ। हाम्रो लागि सिमा रेखा निर्धारण गर्दै आएको छ। हाम्रो सपनालाई साकारा गर्नका लागि, समाजका हरेक वर्गलाई, हरेक तप्कालाई, भारतको हरेक भू-भागलाई समान रूपले अवसर प्राप्त होस भनेर अघि बडाउनका लागि, हाम्रो संविधानले हामीलाई मार्गदर्शन गर्दै आएको छ। मेरा प्यार भाइ अनि बहिनीहरू, हाम्रो संविधानले भन्छ, भारतको तिरङ्गा झण्डाबाट प्रेरणा प्राप्त हुन्छ, गरीबहरूलाई न्याय प्राप्त होस, सबै जन-जनलाई अघि बड्ने अवसर मिलोस, हाम्रो निम्न मध्यवर्ग, उच्च मध्यमवर्ग, उनीहरूलाई अघि बढ्नका लागि कुनै रूकावट नआवोस्, सरकारको अडचन नआवोस्, समाज व्यवस्थाले उनीहरूको  सपनालाई अडचन नपारोस्, उनीहरूलाई धेरैभन्दा धेरै अवसर प्राप्त होस्, उनीहरू जति फल्न-फूल्न चहान्छन्, एउटा वातावरण बनियोस्।
हाम्रो बुज्रुग, हाम्रा दिव्याङ्ग, हाम्रो महिला, हाम्रो दलित, पीडित, शोषित, जंगलमा जीवन बिताउने हाम्रो आदिवासी भाइ-बहिनी हरेकलाई, उनीहरूको आशा र अपेक्षाअनुसार अघि बढ्ने अवसर प्राप्त होस, एक आत्मनिर्भर हिन्दुस्थान होस, एक सामार्थवान हिन्दुस्थान होस, एक विकासको निरन्तर गतिलाई बनाइ राख्नेवाला, लगातार नयाँ उचाईंलाई पार गर्नेवाला हिन्दुस्थान होस, दुनियाँमा हिन्दुस्थानको साख होस, यति मात्र होइन, हामी चहान्छौँ।
दुनियाँमा हिन्दुस्थानको दमक पनि होस। यस्तो हिन्दुस्थान बनाउन हामी चहान्छौं। मेरा प्यारा देशवासी, मैले पहिला पनि टीम इण्डियाको कल्पना तपाईंहरूसमक्षमा राखेको थिए। जब सवा सौ करोड देशवासीको भागीदारी हुन्छ, जन-जन देशलाई अघि बढाउनका लागि हामीसित जोड़िन्छन्, सवा सौ करोड सपना, सवा सौ करोड सङ्कल्प, सवा सौ करोड पुरुषार्थ, जब निर्धारित लक्ष्य प्राप्त गर्नलाई सही दिशातर्फ अघि बढ्छ भने के कुरा हुनसक्दैन। मेरा प्यारा भाइ अनि बहिनी हो, म आज अति नम्रतापूर्वक, अति आदरसित, यो अवश्य भन्न चहान्छु, 2014 मा यस देशका सवा सौ नागरिकले केवल सरकार बनाएर मात्र थामिएनन्। 2014 मा देशवासी केवल सरकार बनाएर रोकिएनन। तर उनीहरू देश बनाउनका लागि जुटेका पनि थिए, जुटेका पनि छन् अनि जुटि रहनेछन्, म सम्झन्छु यही नै हाम्रो देशको शक्ति हो।
सवा सौ करोड देशवासी हिन्दुस्थानका 6 लाखभन्दा अधिक गाउँ, आज श्री अरविन्दको जन्म जयन्ती हो। श्री अरविन्दले अति सही कुरा भनेका छन्, श्री अरविन्दले भनेका थिए, राष्ट्र के हो? हाम्रो मातृ भूमि के हो? यो कुनै जमीनको टुक्रा होइन, न त यो केवल सम्बोधन हो। न त यो कुनै कोरा कल्पना हो, राष्ट्र एक विशाल शक्ति हो। जो असङ्ख्य साना-साना इकाईहरूलाई सङ्गठित ऊर्जाको मूर्त रूप दिन्छ। श्री आरविन्दको यो कल्पनाले नै आज देशका हरेक नागरिकलाई देशलाई अघि लिएर जान जोड्दछ। तर हामी अघि गइरहेका, हाम्रो कहाँबाट बढ़ेका थियौं भन्ने कुरा बुझ्न सकेनौं भने हामी हाम्रो यात्रा कहाँबाट शुरू गरेका थियो भन्ने बुझ्न सकेनौ भने कहाँ गएका छौं, कति गएका छौ भन्ने कुराको अन्दाज सायदै गर्न सक्दैन। यसै कारण 2013 मा हाम्रो देश जुन गतिमा हिड़्दै थियो, जीवनको हरेक क्षेत्रमा 2013 को गति थियो। त्यस 2013 को गतिलाई यदि हामीले आधार मानेर सोच्यौं भने अनि बितेका 4 वर्षमा जति काम भएको छ, ती कामहरूको यदि लेखाजोखा लिन्छौ भने तपाईंलाई देशको गति के हो त्यो अनुभव हुन्छ। गति के हो, प्रगति के हो त्यो थाह हुन्छ। शौचालय कै कुरा गरौं। यदि शौचालय बनाउनमा 2013 को जुन गति थियो त्यही गतिमा बढ़ेको भए, सायद शौचालय सत प्रतिशत गर्नमा कति दशक बितेर जान्थ्यो। यदि हामी गाउँमा बिजुली पुर्‍याउने कुरा गर्दछौं, यदि 2013 को आधारको आधारमा सोच्यौ भने गाउँमा बिजुली पुर्‍याउनलाई सायद एक दुइ दशक अझ लाग्ने थियो। यदि हामी 2013 को गतिले हेर्छौ भने एलपीजी ग्यास कनेक्शन गरीब आमालाई धुवा मुक्त बनाउने चुल्हा, यदि 2013 को गतिमा हिडेको भए, त्यो कामलाई पूरा गर्नलाई सायद 100 वर्ष पनि कम्ति हुन्थ्यो। यदि 2013 को गतिमा हिडेको भए। यदि हामी 2013 गतिबाट अपटिकल फाइबर नेटवर्किङ गरिरहेको भए, सायद हिन्दुस्थानको गाउँमा अपटिकल फाइबर पुर्‍याउन पिढी बितेर जान्थ्यो। यो रफ्तार, यो गति, यो प्रगति, यो लक्ष्य प्राप्त गर्नका लागि हामी अघि बढेका छौ। भाइ अनि बहिनीहरू देशको अपेक्षा धेरै छ। देशको आवश्यकताहरू धेरै छ। अनि यसलाई पूरा गर्नु, सरकार होस, समाज होस, केन्द्र सरकार होस, या राज्य सरकार, सबैले मिलेर प्रयास गर्नु निरन्तर आवश्यक हुन्छ। यसैको परिणाम हो आज देशमा कस्तो परिवर्तन आएको छ। देश त्यही हो, धरती त्यही हो, हावा त्यही हो, आकाश त्यही हो, समुद्र त्यही हो, सरकारी दफ्तर त्यही हो, फायल त्यही हो, निर्णय प्रक्रिया गर्ने मानिस पनि उनीहरू नै हुन्। तर चार वर्षमा देशले बदलाव महसुस गरिरहेको छ। देश एक नयाँ चेतना, नयाँ उमङ्ग, नयाँ सङ्कल्प, नयाँ सिद्धी, नयाँ पुरुषार्थका साथ अघि बढिरहेको छ यसैले त आज देशले दुई गुणा हाई वे बनाई रहेको छ। देश चार गुणा गाउँमा नयाँ घर बनाइरहेको छ। देशले आज रेकर्ड अन्न उत्पादन गरिरहेको छ भने देशले आज रिकर्ड मोबाइल फोनको उत्पादन पनि गरिरहेको छ। देशमा आज रिकर्ड स्तरमा ट्याक्टरहरूको बिक्री हुँदैछ। गाउँमा कृषकहरू रेकर्ड स्तरमा ट्याक्टर किनिरहेका छन्। अर्कातिर देशमा आज स्वतन्त्रता पछि सबैभन्दा अधिक हावाई जहाज खरिद गर्ने काम भएको छ। देशले आज स्कूलहरूमा शौचालय बनाउने काम पनि गर्दैछ भने आज देश नयाँ आइ.आइ.एम., नयाँ आइ.आइ.टी., नयाँ एम्सको स्थापना गरिरहेको छ। देशले आज साना-साना स्थानमा नयाँ क्षमता विकासका अभियानलाई अघि बढाउँदै नयाँ-नयाँ केन्द्र खोल्दैछ। हाम्रा टायर-2 टायर 3 शहरहरूमा स्टार्ट अपको एउटा बाढ़ नै आएको छ। भाइ अनि बहिनी हो, आज गाउँ-गाउँसम्म हामी डिजिटल इण्डियालाई लिएर अघि बड्दैछौ। सरकार एकातर्फ डिजिटल इण्डिया बनोस भनेर काम गर्दैछ भने अर्कोतिर मेरा जो दिव्याङ्गी भाइ-बहिनी छन्, उनीहरूका लागि कमन साइन, त्यसको शब्दकोश बनाउने काम पनि उतिनै लगनका साथ आज हाम्रो देशले गरिरहेको छ। हाम्रो देशका कृषक हिजो-आज आधुनिकता वैज्ञानिकता तर्फ जानलाई माइक्रो इरिगेशन, ड्रिप इरिगेशन, स्प्रीङ्कल, त्यसतर्फ काम गरिरहेका छन् भने अर्कोतर्फ पुराना बन्द परेका 99 शिचाईका ठूला-ठूला परियोजना पनि चलाइरहेको छ। हाम्रो देशका सेना जहाँ पनि प्राकृतिक आपदा हुन्छ त्यहाँ पुग्छन्। सङ्कटले घेरिएका मानवलाई रक्षा गर्नका लागि हाम्रो सेना करूणा, माया, ममताका साथ पुग्ने गर्छन्। तर त्यही सेना जब सङ्कल्प गरेर हिँड़छ तब सर्जिकल स्ट्राइक गरेर दुश्मनको दाँत अमिलो बनाएर फर्किन्छन्। यो हाम्रो देश, विकासको केनभसमा कति ठूलो छ, एउटा कुना हेर्नु अर्को कुना हेर्नु देश सम्पूर्ण केनभसमा आज नयाँ उमङ्ग र नयाँ उत्साहले अघि बढिरहेको छ। म गुजरातबाट आएको हुँ। गुजरातमा एउटा भनाई छ, ‘निशानचुक माफ लेकिन नही माफ निचु निशान’’ अर्थात लक्ष्य ठूलो हुनुपर्छ, सपना ठूलो हुनुपर्छ, त्यसका लागि मेहनत गर्नुपर्छ, जवाफ दिनु पर्छ। तर यदि लक्ष्य ठूलो हुँदैन, लक्ष्य टाडाको हुँदैन, भने फसेला पनि हुँदैन, विकासको यात्रा पनि अडकिन्छ। यसैकारण मेरा प्यारा भाइ अनि बहिनी हो, हाम्रो निम्ति आवश्यक छ, हामी ठूलो लक्ष्य लिएर, सङ्कलपसहित अघि बड्ने प्रयास गरौं। अनि जब, लक्ष्य ढुलमुल हुन्छ, हौसला बुलन्द हुँदैन तब समाज जीवनका जरूरी फसेला पनि वर्षौसम्म अडकिरहन्छ। एम.एस.पी-लाई हेर्नु होस्, यस देशका अर्थ शास्त्री माग गरिरहेका थिए। कृषक संगठनले माग गरिरहेको थिए। राजनीतिक दल माग गरिरहेका थिए। कृषकहरूले लागतको डेढ गुणा एम.एस.पी पाउनु पर्छ भनेर माग गरिरहेका थिए। वर्षौदेखि चर्चा चलिरहेको थियो। फायलहरू चलिरहन्थ्यो। अडकिन्थ्यो, रोकिन्थ्यो। तर हामीले फसेला गर्‍यौं। हिम्मतले मेरो देशका कृषकहरूलाई आफ्नो लागतको डेढ़ गुणा एम.एस.पी. दिइनेछ भनेर हामीले निर्णय लियौं। जीएसटीसित को सहमत थिएन। सबै नै चहान्थे जीएसटी तर निर्णय हुँदैन थियो। फसेला लिनलाई मेेरो आफ्नो लाभ, गैर लाभ राजनीति, चुनाउ यहि चीजहरूको दबाव रहन्थ्यो। आज, मेरो देशका साना-साना व्यापारीहरूको सहयोगले, उनीहरूको खुल्ला पनको सहयोगले नयाँ पनलाई स्वीकार्ने स्वभावका कारण आज देशले जीएसटी लागू गर्‍यो। व्यापारीहरूमा नयाँ विश्‍वास उत्पन्न भयो। देशका व्यापारी आलमलाई, सानो-तिनो उद्योग गर्नेहरू अलामलाई जीएसटीसित शुरूमा कठिनाईहरू भए तापनि त्यसलाई अङ्गाले। स्वीकार गरे। देश अघि बढिरहेको छ। आज हाम्रो देशको ब्याङ्किङ सेक्टरलाई शक्तिशाली बनाउनका लागि इनसलभेन्सीको कानून होस् या ब्याङ्क करप्सीको कानून होस, कसले रोकेको थियो पहिला? यसका लागि त ताकत लाग्छ, दम लाग्छ, विश्‍वास लाग्छ र जनता-जनाधनका प्रति पूर्ण समर्थन लाग्छ। तब नै निर्णय हुन्छ। बेनामी सम्पत्तिको कानून किन लाग्दैन थियो। जब हौसला बुलन्द हुन्छ, तब देशका लागि केही गर्ने इच्छा हुन्छ। त्यसरी नै बेनामी सम्पत्तिको कानून पनि लागू हुन्छ। मेरा देशका सेनाका जवान, तीन-तीन, चार-चार दशकदेखि वान र्‍याङ्क वान पेन्सनको माग गरिरहेका थिए। उनीहरू अनुशासनमा भएको कारण आन्दोलन गर्दैनन् थिए। तर आवाज दिए पनि कसैले सुन्दैन थिए। कसैले त निर्णय गर्नु नै थियो। तपाईंहरूले हामीलाई त्यो निर्णय गर्ने जिम्मेवारी दिनु भयो। हामीले त्यसलाई पूरा गर्‍यौं। मेरा प्यारा भाइ-बहिनी, हामी कडा फसेला लिने सामर्थ्य राख्छौं किन की देशहित हाम्रो लागि सर्वोपरी छ। दलहितका लागि काम गर्ने मानिस होइनौं हामी, र यसै कारण हामी संकल्प लिएर अघि बढेका छौं। मेरा प्यारा भाइ अनि बहिनीहरू, हामी यो कसरी भुल्न सक्छौ कि आज वैश्‍विक अर्थ व्यवस्थाको यस कालखण्डमा सम्पूर्ण विश्‍व भारतको हरेक कुरालाई देखिरहेको छ, आशा-अपेक्षाले हेरिरहेको छ, यसैकारण भारतका साना-साना चीजहरूलाई ठूलो चीजहरूलाई पनि विश्‍वले बढो गहिराईका साथ हेर्ने गर्छ। तपाईं स्मरण गर्नु होस्, वर्ष 2014 भन्दा पहिला विश्‍वका गणमान्य संस्थाहरू, विश्‍वका गणमान्य अर्थ शास्त्री, दुनियाँमा जसको कुरालाई अधिकृत मानिन्छ यस्ता मानिसले कतिपय समयमा  हाम्रो देशका लागि के भन्ने गर्थे। त्यो पनि एउटा जमाना थियो, जब दुनियाँबाट आवाज उठ्ने गर्थ्यो, विद्वानहरूबाट आवाज उठ्ने गर्थ्यो कि हिन्दुस्थानको अर्थतन्त्र जोखिमपूर्ण छ। उनीहरूलाई जोखिम देखिन्थ्यो, तर आज त्यही मानिस, त्यही संस्थाहरू, त्यही व्यक्तिहरू ठूलो विश्‍वासका साथ भनिरहेका छन् कि, रिफर्म मोमेन्टम, फण्डामेन्टल्सलाई मजबुति दिइरहेका छन्। कस्तो बदलाव आयो? एउटा समय थियो घरमा होस या घर बाहिर, दुनियाँले एउटै कुरा भन्थ्यो कि, रेट ट्यापको कुरा गर्थे, तर आज रेट कारपेटको कुरा भइरहेको छ। व्यापारलाई सरलीकरणमा अब हामी सय-सम्म पुगेका छौं, आज सम्पूर्ण विश्‍व यसलाई गर्वका साथ लिने गर्दछ। यस्तो पनि दिन थियो जब भारत अर्थात पोलेसी प्यारालाइसिस, भारत अर्थात डिलेड रिफर्मस् भनेर विश्‍वले मान्थ्यो। यस्ता कुरा हामी सुन्ने गर्थ्यौ। त्यस समयका समाचार पत्रहरू निकालेर हेर्नु हो भने त्यो कुरा हामी देख्न सक्छौ। तर आज विश्‍वमा एउटै कुरा आइरहेको छ त्यो हो रिफर्म, परफर्म, ट्रान्सफर्म, एकपछि एक नीति विषयक समयबद्ध निर्णयको सिलसिला चलिरहेको छ। एउटा यस्तो पनि समय थियो, जबबेला विश्‍वले भारतलाई फ्रेजिल फाइबमा गन्ने गर्थ्यो। विश्‍व चिन्तित थियो विश्‍वलाई डुबाउनमा भारत पनि आफ्नो भूमिका निर्वाह गरिरहेको छ। फ्रेजिल फाइबमा हाम्रो गान्ती भइरहेको थियो, तर आज विश्‍वले भनिरहेको छ, भारत मिल्टी ट्रिलियन डलरको निवेश गन्तव्य बनिएको छ। त्यहीबाट आवाज बदलिएको छ। मेरा प्यारा भाइ अनि बहिनीहरू विश्‍व भारतसित जोडिने चर्चा गरिरहेको समय हाम्रो पूर्वाधारको चर्चा गरिरहेको समय कहिले बिजुली जाँदा ब्लाकआउट भयो, ती दिनहरूलाई पनि याद गर्दथ्यो। कहिले बोटल नेकको चर्चा गर्दथ्यो। तर त्यही विश्‍व, त्यही मानिस, त्यही दुनियाँलाई मार्गदर्शन गर्ने मानिस हिजो-आज सुतेको हात्ती जागिसकेको छ, हिँडीसकेको छ भनेर भन्दैछन्। सुतेको हात्तीले आफ्नौ दौड शुरू गरेको छ। विश्‍वका अर्थवेत्ताहरू भन्दैछन्, अन्तर्राष्ट्रिय संस्थानहरू भनिरहेका छन्, आगामी तीन दशकसम्म अर्थात 30 वर्षसम्म विश्‍वको अर्थ व्यवस्थाको ताकतलाई भारतले गति दिनेवाला छ। भारत विश्‍वको विकासको एउटा नयाँ स्रोत बन्नेवाला छ। यस्तो विश्‍वास आज भारतका लागि सिर्जना भएको छ। आज अन्तर्राष्ट्रिय मञ्चमा भारतको साख बडेको छ। नीति निर्धारण गर्ने सानातिना जुन-जुन संगठनहरूमा आज हिन्दुस्थानलाई स्थान प्राप्त भएको छ त्यहाँ हिन्दुस्थानको कुरालाई सुनिदिँदैछ। हिन्दुस्थान त्यस दिशामा आफ्नो नेतृत्व गर्न आफ्नो भूमिका निर्वाह गरिरहेको छ। विश्‍वको मञ्चमा हामीले आफ्नो आवाजलाई बलन्द गरेका छौ, मेरा प्यारा देशवासी, कयौं वर्षदेखि जुन संस्थाहरूमा हामीलाई सदस्यताको प्रतिक्षा थियो, आज देशलाई विश्‍वका अनगन्ती संस्थाहरूमा हामीलाई स्थान प्राप्त भएको छ। आज भारत पर्यावरणको चिन्ता गर्नेहरूका लागि, ग्लोबल वार्मिङका लागि, समस्यामाथि चर्चा गर्नेहरूका लागि भारत एउटा आशाको किरण बनेको छ। आज भारतले, इन्टरनेशनल सोलार एलाइन्समा सम्पूर्ण विश्‍वको अगुवाई गरिरहेको छ। आज कुनै पनि हिन्दुस्थानी विश्‍वको कुनै पनि कुनामा पाउ राख्छ भने विश्‍वका हरेक देशले उसको स्वागत गर्न लालयित बन्ने गर्दछ। हिन्दुस्थानीलाई देखेर उसको आँखामा एउटा चेतना आउने गर्छ। भारतको पासपोर्टको ताकत बढेको छ। यसले हरेक भारतीयमा आत्मविश्‍वासले एउटा नयाँ ऊर्जा, नयाँ उमङ्ग लिएर अघि बढ्ने संकल्प सिर्जना गरेको छ।
मेरा प्यारा देशवासी,
विश्‍वमा कही पनि यदि मेरो हिन्दुस्थानी संकटमा छ भने आज उसलाई भरोसा छ कि देश मेरो पछाडि उभिनेछ। मेरो देश संकटको समयमा मेरो साथमा आउने छ अनि इतिहास साक्षी छ बितेका दिनका अनेकौं घटनाहरू जसको कारण हामी-तपाईं देखिरहेका छौ।
मेरा प्यारा देशवासी,
विश्‍वमा पनि भारततर्फ हेर्ने एउटा नजर जस्तो प्रकारले बदलिएको छ सोही प्रकार हिन्दुस्थानमा नर्थ-इष्टका बारेमा  पनि बदलाव आएको छ। जब नर्थ-इष्टको चर्चा हुन्थ्यो तब कस्तो खबर आउँथ्यो, लाग्थ्यो कि, यस्तो खबर नआएको नै राम्रो हो भन्ने। तर आज मेरा भाइ-बहिनी हो नर्थ-इष्ट एक प्रकारले त्यस्तो खबरहरू लिएर आइरहेको छ जसले देशलाई पनि प्रेरणा दिइरहेको छ। आज खेलको मैदानमा हेर्नुहोस्, हाम्रो नर्थ-इष्टको धाक देखिन्छ। मेरा प्यारा भाइ-बहिनी हो, आज नर्थ-इष्टबाट खबर आउने गर्छ, अन्तिम गाउँसम्म बिजुली पुग्यो। रातभरि नै गाउँ नाचिरह्यो। आज नर्थ-इष्टबाट यस्तो खबरहरू आउँछन्। आज नर्थ-इष्टमा हाई वे, रेलवे, एयरवेज, वाटरवेज र इनफर्मेसनवेज अर्थात आइ-वे यस्ता खबरहरू आइरहेका छन्। आज बिजुलीको पारेशन लाइन लगाउने काम नर्थ-इष्टमा तीव्र गतिमा चलिरहेको छ। आज नर्थ-इष्टका नौ जवान त्यहाँ बीपीओ खोलिरहेका छन्। आज हाम्रो शिक्षा संस्थान नयाँ बनिरहेका छन्। आज हाम्रो नर्थ-इष्ट अर्गानिक फार्मिङको हब बनिरहेको छ। आज हाम्रो नर्थ-इष्टले स्पोर्टस् यूनिभर्सिटीको आयोजना गरिरहेको छ।
भाइ अनि बहिनी हो, एउटा समय थियो जब नर्थ-इष्टलाई लाग्थ्यो कि दिल्ली धेरै टाडा छ। हामीले चार वर्ष भित्र दिल्लीलाई नर्थ-इष्टको दैलोमा पुर्‍याएर उभ्याएका छौ।
भाइ अनि बहिनीहरू आज हाम्रो देशमा 65 प्रतिशत जनसंख्या 35 वर्षको उमेरका छन्। हामी देशका जवानहरूका लागि गर्व गरिरहेका छौ, देशका नवयुवक, नयाँ पिढी प्रति गर्व गरिरहेका छौ। हाम्रो देशका युवाहरूले आज अर्थको सम्पूर्ण मानदण्डलाई बदली दिएका छन्। प्रगतिको सम्पूर्ण मानदण्डहरूलाई एउटा नयाँ रंग भरिदिएका छन्। कहिले ठूलो शहरको चर्चा हुने गर्थ्यो। आज हाम्रो शहर टायर-2, टायर-3, सिटीको कुरा गरिरहेको छ। कहिले गाउँ भित्र गएर आधुनिक खेतीमा लागिरहेका नौ जवानको चर्चा गरिरहेछ। हाम्रो देशका नौ जवानले नेचर अफ् जबलाई पूर्णरूपमा परिवर्तन गरिदिएका छन्। स्टार्ट अप् होस्, बीपीओ होस्, इ-कमर्श होस्, मोबिलिटीको क्षेत्र होस, यस्ता नयाँ क्षेत्रलाई आज मेरा देशका नौ जवानले आफ्नो छातीमा  बाँधेर नयाँ उचाईंमा देशलाई लिएर जानका लागि लागिरपरेका छन्। मेरा प्यारा भाइ-बहिनी हो, 13 करोड मुद्रा लोन धेरै ठूलो कुरा हुन्छ। 13 करोड र त्यसमा पनि 4 करोड मानिस छन्। ती नौ जवान छन् जसले जिन्दगीमा पहिलोपल्ट कहीबाट लोन प्राप्त गरेका छन् अनि आफ्नो खुट्टामा उभिएर स्वरोजगार तर्फ अघि बढिरहेका छन्। यो आफैमा एउटा परिवर्तन भएको वातावरणको एउटा जिउँदो-जाग्दो उदाहरण हो। आज हिन्दुस्थानको गाउँमा डिजिटल इण्डियाको सपनालाई अघि लिएर जानका लागि हिन्दुस्थानका आधाभन्दा अधिक 3 लाख गाउँमा कमन सर्भिस सेन्टर मेरो देशका युवा छोरा अनि छोरीहरूले चलाइरहेका छन्।  हरेक गाउँलाई, हरेक नागरिकलाई आँखा झिमिक नगर्दै विश्‍वसित जोड्नका लागि सूचना प्रौद्योगिकीको परिपूर्ण उपयोग गरिरहेका छन्। मेरा भाइ अनि बहिनीहरू, आज मेरो देशमा पूर्वाधारले नयाँ रूप लिएको छ। रेलको गति होस, रोडको गति होस, आइ.वे होस, हाई वे होस, नयाँ एयरपोर्ट होस, एकप्रकारले हाम्रो देश अतिनै तीव्र गतिले अघि बढिरहेको छ। मेरा भाइ-बहिनी हो, हाम्रो देशका वैज्ञानिकहरूले पनि देशको नामलाई रोशन गर्नमा कुनै कमी राखेका छैनन्। विश्‍वको सन्दर्भमा होस या भारतको आवश्यकताको सन्दर्भमा होस जब देशका वैज्ञानिकहरूले एकैसाथ 100 भन्दा अधिक सेटालाइट आकाशमा छोडेर विश्‍वलाई चकित गरेपछि कुनै चाहिँ हिन्दुस्थानीले गर्व गर्दैन। यो समार्थ्य हाम्रो वैज्ञानिकहरूको हो। हाम्रो वैज्ञानिकहरूको पुरूषार्थ थियो, मंगलयानको सफलता पहिलो प्रयासमा नै। मंगलयानले मंंगलको कक्षमा प्रवेश गर्‍यो। त्यहाँसम्म  पुग्नु नै हाम्रो वैज्ञानिकहरूको सिद्धी थियो। आगामी केही दिनमा नै हामी आफ्नो वैज्ञानिक आधार, कल्पना र सोंचको बलमा नाविकलाई हामी लञ्च गरिरहेका छौ। देशका मछुवारालाई देशका समान्य नागरिकहरूलाई नवीकद्वारा दिशादर्शन गर्ने ठूलो काम हामी आगामी केही दिन भित्रमा नै ल्याउने छौ। मेरा प्यारा देशवासी आज यस लाल किल्लाको प्राचिरबाट म देशवासीलाई एउटा खुशीको समाचार सुनाउन चाहन्छु, हाम्रो देशले अन्तरिक्षको दिशामा प्रगति गरिरहेको छ। तर हामीले सपना देखेका छौ, हाम्रो वैज्ञानिकहरूले सपना देखेका छन्, हाम्रो देशले 2022 सम्म अर्थात जब आजादीको 75 वर्ष हुन्छ तब त्योभन्दा अघि अथवा आजादीको 75 वर्ष मनाउँछौ तब भारतका कुनै पनि सन्तान चाहे उ छोरा होस या छोरी कोही पनि हुनसक्छ, उनीहरू अन्तरिक्षमा जाने छन् त्यो हाम्रो वैज्ञानिकहरूले सपना देखेका छन्। हाम्रो देशले संकल्प गरेको छ। आजादीको 75 वर्षभन्दा पहिलो यो सपनालाई पूरा गर्नु छ। मंगलयानदेखि लिएर भारतका वैज्ञानिकहरूले जुन आफ्नो शक्तिको परिचय गराएका छन् अब हामी मानवसहित गगनयान लिएर जानेछौ र यो गगनयान जब अन्तरिक्षमा जान्छ तब कुनै हिन्दुस्थानी लिएर जान्छ। यो काम हिन्दुस्थानका वैज्ञानिकहरूद्वारा हुनेछ। हिन्दुस्थानको पुरूषार्थद्वारा पूरा हुनेछ। तब हामी विश्‍वमा चौथो देश बनिनेछौ जुन देशका मानवलाई अन्तरिक्षमा पुर्‍याइएको हुनेछ। भाइ अनि बहिनीहरू, म देशका वैज्ञानिकहरूलाई देशका टेक्निसियनहरूलाई म हृदयदेखि नै धेरै धेरै बधाई दिन्छु। यस महान कार्यका लागि बधाई दिदछु। भाइ अनि बहिनीहरू हाम्रो देश आज अन्नको भण्डारले भरिएको छ। विशाल अन्न उत्पादनका लागि म देशका कृषकहरूलाई खेत खलियानका मजदूरहरूलाई कृषिको क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूलाई देशमा कृषि क्रान्तिलाई सफलतापूर्वक अघि बढाउनका लागि हृदयदेखि नै धेरै धेरै बधाई दिन्छु। तर भाइ-बहिनीहरू, अब समय बदलीसकेको छ, हाम्रो कृषकलाई पनि हाम्रो कृषि बजारलाई पनि वैश्‍विक चुनौतीको सामना गर्नु पर्ने हुन्छ। वैश्‍विक बजारको सामना गर्नुपर्छ। जनसंख्या वृद्धि, जमीन कम्ति हुने जस्ता विषय हाम्रो कृषिलाई आधुनिकतात बनाउनु, वैज्ञानिक बनाउनु, प्राविधिक आधारमा अघि लिएर जानु समयको माग हो। यसै कारण आज हाम्रो सम्पूर्ण ध्यान कृषि क्षेत्रलाई आधुनिकतामा ल्याउनका लागि, बदलाव ल्याउनका लागि चलिरहेको छ। हामीले सपना देखेका छौ, कृषकहरूको आय दुई गुणा गर्ने, आजादीको 75 वर्षमा कृषकहरूको आय  दुई गुणा गर्ने सपना देखेका छौ। जसलाई यस कुरामा आशंका हुन्छ, त्यो सभाविक हो। तर हामी लक्ष्य लिएर अघि बडेका छौ अनि हामी घिउमा होइन, ढुङ्गामा भाग्य कोर्ने सभावका मानिस हौ। यसै कारण जब आजादीको 75 वर्ष हुन्छ तबसम्म देशका कृषकहरूलाई साथमा लिएर कृषिमा आधुनिकता ल्याएर कृषिमा हामी अघि बढ्न चाहन्छौ। बिउदेखि लिएर बजारसम्म हामी मूल्य सम्वर्द्धन गर्न चहान्छौ। हामी आधुनिकीकरण गर्न चाहन्छौ र धेरै नयाँ फसल पनि अब रेकर्ड उत्पादन गरेकोले अघि बढिरहेको छ। यो आफैमा पहिलोपल्ट हामी देशमा एग्रीकल्चर एक्सपोर्टत पोलेसीको दिशामा अघि बढिरहेका छौ ताकि हामी हाम्रो देशका कृषकहरू पनि विश्‍व बजार भित्र  शक्तिशाली भएर बस्न सकुन्।
आज नयाँ कृषि क्रान्ति, अर्गानिक फार्मिङ, ब्लु रिभुलेसन, स्वीट रिभुलेसन, सोलार फार्मिङका नयाँ दायरा खोलिसकेको छ। यसलाई लिएर हामी अघि बढ्न चाहन्छौ। हामीलाई खुशीको कुरा के छ भने आज हाम्रो देश विश्‍वमा माछा उत्पादनका लागि दोस्रो सर्वाधिक उत्पादक देश बनिएको छ र हेर्दाहेर्दै यो नम्बर एकमा पनि पुग्नेवाला छ। आज हनी अर्थात महको एक्सपोर्ट दुई गुणा भएको छ। आज उखू कृषकहरूका लागि खुशीको कुरा छ, हाम्रो इथनोलको उत्पादन तीन गुणा भएको छ। अर्थात एकप्रकारले ग्रामीण अर्थव्यवस्थामा जति कृषिको महत्व छ त्यतिनै महत्व कारोबारको पनि छ। र यसैकारण हामीले महिला स्वयं सहायता समूहद्वारा अरबौं-खरबौ रूपियाँको माध्यमले गाउँको जुन संसाधन छ, गाउँको जुन समार्थ्य छ त्यसलाई पनि हामी अघि बढाउन चाहन्छौ र त्यस दिशामा हामी प्रयास गरिरहेका छौ। खादी-पूज्य बापूको नामसित जोडिएको छ। आजादीदेखि अहिलेसम्म जति खादी बेच्ने परम्परा थियो, म आज नम्रतापूर्वक भन्न चाहन्छु, खादीको बिक्री पहिलाभन्दा दोब्बर भएको छ। गरीब मानिसको हातमा रोजीरोटी पुगेको छ। मेरा भाइ अनि बहिनी हो, मेरो देशका कृषकहरू अब सोलार फार्मिङ तर्फ बल दिन थालेका छन्। खेतीबाहेक कुनै अन्य समय उनीहरू सोलार फार्मिङबाट पनि बिजुली बेचेर कमाइ गर्न सक्छन्। हाम्रो हतकर्घा चलाउने व्यक्ति, हाम्रो हेण्डलुमका मानिसहरू पनि यो रोजीरोटी कमाउन लागेका छन्। मेरा प्यारा भाइ-बहिनी हो, हाम्रो देशमा आर्थिक विकास हो, हाम्रो आर्थिक सम्वृद्धि हो तर ती सबै हुँदाहुँदै पनि मानवको गरिमा यो सर्वोपरी हुन्छ। मानव गरिमा बिना देश सन्तुलित रूपले न त जिउन सक्छ, न त चल्न नै सक्छ, न त बड्न सक्छ। यसैकारण व्यक्तिको गरिमा, व्यक्तिको सम्मान हामीलाई ती योजनाहरूलाई लिएर अघि बढ्ने  चाहना हुन्छ। यसले गर्दा उनीहरू सम्मानपूर्वक जिन्दगी जिउन सकुन्, गर्वले जिन्दगी जिउन सकुन्। नीति यस्तो होस, रीति यस्तो होस, नियत यस्तो होस जसको कारणले समान्य मानवी, गरीबभन्दा गरीब मानवी पनि हरेकलाई आफैमा बराबरीका साथ जिउने अवसर देख्नु पाइयोस। यसैकारण उज्वाला योजनामा हामीले गरीबको घरमा ग्यास पुर्‍याउने काम गर्‍यौ। सौभाग्य योजनामा गरीबको घरमा बिजुली पुर्‍याउने काम गरेका छौ। श्रमेव जयतेलाई बल दिँदै हामी अघि बढ्ने दिशामा काम गरिरहेका छौ। हिजो मात्र हामीले महामहीम राष्ट्रपतिजीको उद्बोधन सुन्यौ। वहाँले अति नै विस्तारपूर्वक ग्राम सौराज अभियानको वर्णन गर्नु भयो। जब पनि सरकारको कुरा आउँछ तब भनिन्छ, नीति त बनिन्छ तर अन्तिम माइलखुट्टीसम्म  प्रदानतरण भएन। हिजो राष्ट्रपतिजीले अतिनै राम्रो प्रकारले वर्णन गर्नु भयो कि कस्तो प्रकारले आकांक्षी जिल्लाका 65 हजार गाउँमा दिल्लीबाट चलाइएको योजनालाई गरीबको घरसम्म, पछौटे गाउँसम्म पुर्‍याइएको छ भनेर। प्यारा देशवासी, 2014 मा यसै लाल किल्लाको प्राचिरबाट जब मैले स्वच्छताको कुरा गरेको थिए तब केही व्यक्तिले यसको खिल्ली उडाएका थिए। केही व्यक्तिले यसो पनि भनेका थिए, सरकारसित धेरै काम छ, यो स्वच्छताको जस्तो काममा किन आफ्नो ऊर्जा बरबाद गरिरहेको। तर भाइ-बहिनी हो, बितेको दिनमा डब्लुएचओको रिपोर्ट आएको छ, डब्लुएचओको भनाई छ कि, भारतमा स्वच्छता अभियानको कारण 3 लाख नानीहरू मर्नुदेखि बाचे। कुन हिन्दुस्थानी होला जसलाई स्वच्छतामा भागीदारी बनेर 3 लाख नानीहरूको जिन्दगी बचाएर पुण्य पाउने अवसर मिलेन होला। गरीबका 3 लाख नानीहरूको जिन्दगी बचाउन कति ठूलो मानवताको काम हो। विश्‍वभरका संस्थाहरू यसलाई मान्यता दिइरहेका छन्।
भाइ अनि बहिनी हो, आगामी वर्ष महात्मा गान्धीको 150औं जयन्तीको वर्ष हो। पूज्य बापूले आफ्नो जीवनमा आजादीभन्दा पनि अधिक महत्व स्वच्छतालाई दिएका थिए। उनी भन्ने गर्थे, आजादी सत्यग्राहीहरूबाट प्राप्त भयो। स्वच्छता पनि स्वच्छताग्राहीबाट प्राप्त हुनेछ। गान्धीजीले सत्याग्राही तयार गरेका थिए र गान्धीजीको प्रेरणाले स्वच्छताग्राही तयार गरिएको छ।  आगामी 150औं जयन्ती जब मनाउन्छौ तब यो देशले पूज्य बापूलाई कार्याञ्जली समर्पित गर्नेछ र एक प्रकारले जुन सपनालाई लिएर हामी हिडेका छौ त्यो सपनालाई पूरा गर्नेछौ।
मेरा भाइ अनि बहिनी हो, यो सही हो कि स्वच्छताले 3 लाख मानिसको जिन्दगी बचाएको छ। तर कतिनै मध्यमवर्गका सखी परिवार किन नहुन्, राम्रो आय हुने, व्यक्ति किन नहुन्, गरीब किन नहुन्, एकपल्ट घरमा बिमारी भएपछि व्यक्ति मात्र होइन पूरा परिवार नै बिमार हुन्छ। कहिले पिढी दर पिढी बिमारीको चक्करमा फस्ने गर्छ। देशका गरीबभन्दा गरीब व्यक्तिलाई, सामान्यजनलाई  आरोग्यको सुविधा मिलोस्। यसैकारण गम्भीर बिमारीहरूका लागि र ठूलो अस्पतालमा सामान्य मानवीयलाई पनि आरोग्यको सुविधा प्राप्त होस्, निशुल्क प्राप्त होस अनि यसैकारण भारत सरकारले प्रधानमन्त्री जनआरोग्य अभियानअन्तर्गत आयुष्मान भारत योजनाअन्तर्गत यस देशका 10 करोड परिवार यो प्रारम्भिक हो। आगामी दिनमा निम्न मध्यमवर्ग, मध्यमवर्ग, उच्च मध्यमवर्गलाई पनि यसको लाभ प्राप्त हुनेवाला छ। यसका लागि 10 करोड परिवार अर्थात लगभग 50 करोड नागरिक हर परिवारलाई 5 लाख रुपियाँ वार्षिक हेल्थ एसुरेशन दिने योजना छ। यो हामी यस देशलाई दिनेवाला छौ। यो टेक्नोलोजी सञ्चालन व्यवस्था हो, परादर्शीमा बल दिनु हो। कुनै सामान्य व्यक्तिलार्ई यो अवसर प्राप्त गर्न समस्या नहोस्, रोकटोक नहोस्, यसमा टेक्नोलोजी हस्तक्षेप अति नै महत्वपूर्ण छ। यसका लागि टेक्नोलोजीको टूल बनिएको छ।
15 अगस्तदेखि आगामी 4-5 या 6 हप्तामा देशको अलग-अलग कुनामा यस टेक्नोलोजीको परिक्षण शुरू भइरहेको छ र फुलप्रुफ बनाउने दिशामा यो प्रयास चलिरहेको छ र फेरि यस योजनालाई अघि बडाउनका लागि 25 सितम्बर पण्डित दिनदयाल उपाध्यायको जन्मययन्तीमा सम्पूर्ण देशमा यो प्रधानमन्त्री जनआरोग्य लञ्च गरिनेछ र यसको परिणाम यो हुनेवाला छ कि देशका गरीब व्यक्तिले अब बिमारीको संकटसित जुझ्नु पर्ने छैन। उनीहरूको परिवार  बर्बाद नहोस्, र देशमा पनि मध्यमवर्गीय परिवारका लागि, नौ जवानका लागि, आरोग्यको क्षेत्रमा नयाँ अवसर खोलिनेछ। टायर-2 टायर-3 शहरमा नयाँ अस्पताल बनिनेछ। धेरै ठूलो संख्यामा मेडिकल स्टाफ लाग्नेछ। धेरै ठूलो रोजगारको अवसर पनि सिर्जना हुनेछ। भाइ अनि बहिनी हो, कुनै गरीब गरीबीमा जिउन चाहन्दैन। कुनै गरीब गरीबीमा मर्न चाहन्दैन। कुनै गरीब आफ्नो नानीहरूको बिरासतमा गरीबी दिएर जान चाहँदैन। उ छटपटाइ रहन्छ। गरीबीबाट बाहिर निस्कन जिन्दगीभरि छटपटाइ रहन्छ र यस संकटबाट बाहिर निकालेर गरीबलाई सशक्त बनाउने यही नै एउटा उपाय हो। हामीले बितेको चार वर्षमा गरीबलाई सशक्त बनाउने दिशामा बल दिएका छौ। हाम्रो प्रयास छ गरीब सशक्त बनुन् र हालैमा एउटा अन्तर्राष्ट्रिय संस्थाले एउटा धेरै राम्रो रिपोर्ट निकालेको छ। त्यसले भनेको छ, बितेको दुई वर्षमा भारतमा 5 करोड गरीब गरीबीको रेखादेखि बाहिर आएका छन्।
भाइ अनि बहिनी हो, जब गरीबको सशक्तिकरणको काम गर्छौ र जब म आष्युमान भारतको कुरा गर्थे, 10 करोड परिवार अर्थात 50 करोड जनसंख्या। धेरै कम्ति मानिसलाई अनुमान हुन्छ कि यो कति ठूलो योजना हो। यदि म अमेरिका, क्यानाडा र म्याक्सिकोको जनसंख्यालाई मिलाउँछु भने त्यो लगभग यति लाभार्थी आयुष्मान भारत योजनामा छन्। यदि म सम्पूर्ण यूरोपको जनसंख्या गन्छु भने लगभग त्यतिनै जनसंख्या भारतमा यस आयुष्मान भारतको लाभार्थी बन्ने वाला छन्। भाइ अनि बहिनी हो, गरीबलाई सशक्त बनाउनका लागि हामीले अनेक योजना बनाएका छौ। योजना त बनिन्छ, तर बिचौली, कटकी कम्पनीले त्यसबाट मलाइ खाइदिने गर्छ। गरीबलाई हक मिल्दैन। खजनाबाट पैसा जान्छ। योजना कागजमा देखिन्छ। देश लुटिएर जान्छ। सरकार आँखा बन्द गरेर बस्न सक्दैन र म त कुनै पनि अवस्थामा बस्न सक्दिन। यसैकारण भाइ अनि बहिनी हो, हाम्रो व्यवस्थामा आएको विकृतिलाई समाप्त गरेर देशको सामान्य मानवीयको मनमा विश्‍वास सिर्जना गर्नु अतिनै आवश्यक छ। अनि यो दायित्व राज्य हो या केन्द्र होस्, स्थानीय सौराजका संस्था हो हामी सबै मिलेर निर्वाह गर्नु पर्ने छ। यसलाई अघि बढाउनु पर्ने छ। तपाईं सुनेर छक्क पर्नु हुनेछ। जबदेखि हामीले यो सफाइ अभियानमा लागेका छौ लिककेज बन्द गर्न लागेका छौ। कोही उज्वाला योजनाको लाभार्थी हुन्थ्यो, ग्यास कनेक्सको लाभार्थी हुन्थ्यो, डब्लुकेट ग्यास कनेक्सनवाला, कोही त राशन कार्डको लाभार्थी हुन्थ्यो, कोही स्कलरशीपको लाभार्थी हुन्थ्यो, कोही पेन्सनको लाभार्थी हुन्थ्यो। लाभ त प्राप्त हुन्थ्यो तर 6 करोड व्यक्ति यस्ता थिए जो कहिले जन्मका नै छैनन्। जसको कुनै अस्तित्व नै छैन। तर उनीहरूको नाममा पैसा गइरहेको थियो। यी 6 करोड नामलाई निकाल्नु कति ठूलो कठिन काम हो। कति मानिसलाई समस्या भयो होला। जुन व्यक्तिको जन्म नै भएको छैन, जुन मानिस धरतीमा छैन, यस्तै फर्जी नाम लेखेर रूपियाँ हत्याउने गर्थे। यस सरकारले यस्तो काम रोकेको छ। भ्रष्टाचार, कालो धन यी सबै कारोबार रोक्ने दिशामा हामीले पाइला चालेका छौ। भाइ अनि बहिनी हो, यसको परिणाम के भयो त, लगभग 90 हजार करोड रुपियाँ यो सानो रकम होइन। 90 हजार करोड रुपियाँ जुन गलत व्यक्तिको हातमा गलत तरिकाले, गलत पाराले जाने गर्थ्यो त्यो आज देशको तिजोरीमा बाँचेको छ। यो सामान्यको मानव भलाइको लागि काम आइरहेको छ। भाइ अनि बहिनी हो, यस्तो किन हुन्छ? यो देश गरीबको गरिमाका लागि काम गर्ने देश हो, हाम्रो देशका गरीब सम्मानपूर्वक जिउन्, यसका लागि काम गर्नु छ। तर यी विचौलीहरू के गर्थे? तपाईंलाई थाह होला कि बजारमा गाउँको मूल्य 24-25 रुपियाँ छ, जब कि राशन कार्डमा सरकारले त्यो गहूँ 24-25 रुपियाँमा किनेर केवल 2 रुपियाँमा गरीबसम्म पुर्‍याउँछ। चामलको बजारमा मूल्य 30-32 रुपियाँ छ तर गरीबलाई चामल मिलोस् भनेर सरकारले 30-32 रुपियाँमा खरिद गरेर 3 रुपियाँ राशिन कार्डधारक गरीबसम्म पुर्‍याउँछ। अर्थात 1 किलो गहूँ कसैले फर्जी नामबाट चोरी गर्‍यो भने त्यसबाट उसलाई 20-25 रुपियाँ त्यसै प्राप्त हुन्थ्यो। 1 किलो चामल चोरी गरे त्यसबाट 30-35 रुपियाँ सजिलै प्राप्त हुन्थ्यो अनि यसैकारण फर्जी नामले कारोबार चल्थ्यो। अनि जब गरीब राशन कार्ड दोकानमा जान्थ्यो, तब उसलाई राशन सकियो भनेर भनिन्थ्यो। राशन त्यो दोकानबाट निस्किएर अर्कै दोकानमा पुग्थ्यो र 2 रुपियाँमा पाउने राशन मेरो गरीबले 20 रुपियाँ, 25 रुपियाँमा किन्नु पर्थ्यो। उसको हक छिनिन्थ्यो। भाइ अनि बहिनी हो, र यसैकारण यस्तो फर्जी करोबारलाई अब बन्द गरिएको छ। त्यसलाई रोकिएको छ। भाइ अनि बहिनी हो, हाम्रो देशका कोटी-कोटी गरीबलाई 2 रुपियाँमा, 3 रुपियाँमा खाना प्राप्त हुन्छ। सरकारले त्यसका लागि धेरै ठूलो आर्थिक खर्च गरिरहेको छ। तर यसको श्रेय सरकारलाई जाँदैन। म आज विशेष रूपले मेरा देशका इमान्दार करदाताहरूलाई भन्न चाहन्छु, आज जब तपाईं दिउँसोको खाना खानु हुन्छ त्यतिबेला केही क्षणका लागि परिवारसित बसेर मेरो कुरा स्मरण गर्नुहोस्। म आज इमानदार करदार्ताहरूको दिल सुन्न चाहन्छु, उनीहरूको मन मन्दिरमा म नमन गर्न गइरहेको छु। मेरा देशवासी जो इमानदार करदाता छन् जसले ट्याक्स दिन्छन्, तपाईंहरूलाई म विश्‍वास दिन चाहन्छु, जुन इमानदार व्यक्तिले कर दिन्छ त्यो पैसाले यो योजना चल्छ। यी योजनाहरूको पुण्य यदि कसैलाई प्राप्त हुन्छ भने त्यो सरकारलाई नभएर मेरा इमानदार करदार्ताहरूलाई मिल्दछ। र यसैकारण जब तपाईं खाना खानका लागि बस्नु हुन्छ तब तपाईं विश्‍वास गर्नु होस् तपाईंले कर दिने इमानदार प्रक्रियाको परिणाम के हो भने त्यही समय 3 गरीब परिवार पनि खाना खाइरहेका छन्। यसको पुण्य इमानदार करदातालाई प्राप्त हुन्छ अनि गरीबको पेट भरिन्छ। साथी हो, देशमा कर नभर्ने एउटा हावा बनाइँदैछ। तर जब करदातालाई थाह हुन्छ कि उसले तिरेको करले उ आफ्नो घरमा नै बसेको भए तापनि, वातानुकूल कोठामा बसेता पनि त्यही समय 3 गरीब परिवारले आफ्नो पेट भरिरहेको थाह हुन्छ। योभन्दा ठूलो सन्तुष्टि जीवनमा के हुन सक्छ। यसभन्दा अधिक मनको पुण्य के हुन सक्छ।
भाइ अनि बहिनी हो, आज देश इमानदारीको उत्सव लिएर अघि बडिरहेको छ र इमानदारीको उत्सव लिएर हिँडीरहेको छ। देशमा वर्ष 2013 सम्म अर्थात बितेको 70 वर्षको हाम्रो गतिविधिको परिणाम थियो, देशमा प्रत्यक्ष कर दिने 4 करोड मानिस थिए। तर भाइ अनि बहिनी हो, यो संख्या आज लगभग दुई गुना भएर पाउने सात करोड भएको छ र यसैकारण हाम्रो व्यवस्थामा आएको विकृतिलाई समाप्त गरेर देशका सामान्य मानवीको मनमा विश्‍वास सिर्जना गर्नु अति नै आवश्यक छ। देश इमानदारीतर्फ अघि बढिरहेको छ। यसको उदाहरण 70 वर्षमा हाम्रो देशमा जति अप्रत्यक्ष करसित उद्यमी जोडिएका थिए उनीहरू 70 वर्षमा 70 लाखको आँकडा पुग्छ। 70 वर्षमा 70 लाख तर केवल जीएसटी आएपछि बितेको एक वर्षमा यो 70 लाखको आँकडा 1 करोड 16 लाखमा पुग्यो। भाइ अनि बहिनी हो, मेरो देशका हरेक व्यक्ति आज इमानदारीको उत्सवमा अघि आइरहेका छन्। जो पनि अघि आइरहेका छन् म उनीहरूलाई नमन गर्दछु।
मेरा प्यारा भाइ-बहिनी हो, समय बदलिसकेको छ, हामीले देशमा केही मानिस आफ्नो घरमा बसेर भन्ने गर्थे, अरे सरकारको त्यो नीतिलाई बदली गरिदिन्छु। फलाना गरिदिन्छु, ढिस्कना गरिदिन्छु भन्नेहरूको सबै दोकान बन्द भएको छ। दरबाजा बन्द भएको छ। भाइ अनि बहिनी हो, हामीले भाइ-भतिजावादलाई समाप्त गरिदिएका छौ। मेरो परायको परम्परालाई हामीले समाप्त गरिदियौ। घुस लिनेहरूमाथि धेरै कठोर कार्वाही भइरहेको छ। लगभग 3 लाख संदिग्ध कम्पनीहरूमाथि ताला लागिसकेको छ। उनीहरूको निर्देशकहरूलाई प्रतिबन्ध लगाइएको छ। आज हामीले प्रक्रियालाई पारदर्शी बनाउनका लागि प्रक्रिया चालु गरेका छौ। हामीले आइटी टेक्नोलोजीको प्रयोग गरेका छौ। यसको परिणाम के हो भने आज पर्यावरणको मञ्जुरीका लागि अर्थात भ्रष्टचारको पहाड चड्दै गएपछि मात्रत प्राप्त हुन्थ्यो। भाइ अनि बहिनी हो, हामीले त्यसलाई परादर्शी बनाएका छौ, अनलाइन गरिदिएका छौ, कुनै पनि व्यक्तिले त्यसलाई हेर्न सक्छ अनि भारतको संविधानको सदुपयोग होस, यसमाथि हामी काम गर्न सक्छौ। भाइ-बहिनी हो, आज हाम्रो लागि गर्वको विषय के छ भने हाम्रो देशमा आज सुप्रिम कोर्टमा तीनजना महिला जज बसेका छन्। कोही पनि भारतको नारी गर्व गर्न सक्छन्, भारतको सुप्रिम कोर्टमा आज तीनजना महिला मान्य न्यायाधीशले हाम्रो देशलाई न्याय दिइरहेका छन्। मलाई गर्व छ, आजादीपछि यो पहिलो क्याबिनेट हो जसमा सर्वाधिक महिलालाई स्थान प्राप्त भएको छ। आज यस मञ्चबाट मेरा केही छोरीहरूलाई, मेरा बहादुर छोरीहरूलाई यो खुशीको खबर दिन्छ चहान्छु। भारतीय सशस्त्र सेनामा सर्ट सर्भिस कमिशनको माध्यमले नियुक्ति महिला अधिकारीलाई पुरुष समकक्ष अधिकारी सरह पारदर्शी चयन प्रक्रियाद्वारा स्थायी कमिशनको आज म घोषणा गर्दछु। हाम्रा लाखौं छोरीहरूलाई आज सामान जिन्दगी बिताइरहेका छन्। देशका लागि केही गर्न चाहन्छन्। उनीहरूका लागि आज म यो उपहार लाल किल्लाको प्राचिरबाट दिइरहेको छु। देशका महिला अझ शक्तिशाली भारतको निर्माणमा काँधमा काँध मिलाएर हिँडीरहेका छन्। हाम्रा आमा-बहिनीहरूको गर्व उनीहरूको योगदान, उनीहरूको सामार्थ्य आज देशले अनुभव गरिरहेको छ। भाइ अनि बहिनी बितेका दिनहरूमा नर्थ-इष्टमा हिंसक घटनाको खबरहरू आउने गर्थ्यो। अलगाववादको खबर आउने गर्थ्यो। बम, बन्दुक, पेस्तोलको घटना सुन्ने गरिन्थ्यो। तर आज एउटा आम फोर्स इस्पेशल पावर एक्ट जो तीन-तीन, चार-चार दशकदेखि लागू भएको थियो, आज मलाई खुशी छ हाम्रो सुरक्षा बलको प्रयासका कारण राज्य सरकारको सक्रियाताका कारण केन्द्र र राज्यको विकास योजनाको कारण जनसाधारणलाई जोड्ने प्रयासको परिणामले आज धेरै वर्षपछि त्रिपुरा र मेघालय सम्पूर्ण रूपले आम फोर्स स्पेसल पावर एक्टदेखि मुक्त भएको छ। अरूणाचल प्रदेशको पनि धेरै जिल्लाहरू यसबाट मुक्त भएको छ। केही जिल्लाहरूमा मात्र यो स्थिति बाँचेको छ। लेफ्ट विङ एक्सट्रीमिजम, माओवादले देशलाई रक्तरञ्जीत गरिरहेछ। बितेका दिनमा हिंसालाई परिणाम दिनु, भाग्नु, जंगलमा लुक्नु जस्ता विषयहरूलाई हाम्रो सुरक्षा बलको निरन्तर प्रयासका कारण विकासको नयाँ-नयाँ योजनाहरूको कारण जनसामान्यसित जोडिने प्रयासका कारण जुन लेफ्ट विङ एक्सट्रीमिजम 126 वटा जिल्लामा मृत्युको छायामा जिउनका लागि बाध्य गराउदथ्यो, त्यो आज कम्ति भएर लगभग 90 जिल्लासम्म आइपुगेको छ। अब विकास धेरै तीव्र गतिले अघि बढिरहेको छ। भाइ अनि बहिनी हो, जम्मू र कश्मिरबारे अटल बिहारीबाजपेयीजीले हामीलाई  जुन मार्ग देखाउनु भएको छ त्यही नै मार्ग सही हो। त्यही मार्गमा हामी अघि बढ्न चाहन्छौ। बाजपेयीजीले भन्नु भएको थियो, इन्सानियत, जम्हूरियत र कश्मीरियत यी तीन मूल मुद्दालाई लिएर हामी कश्मिरको विकास गर्न सक्छौ, चाहे लद्दाख होस, जाहे जम्मू होस या श्रीनगर भ्याली होस, सन्तुलित विकास होस, समान विकास होस, त्यहाँको सामान्य मानवीको आशा-आकांक्षाहरू पूर्ण होस। पूर्वाधारलाई बल प्राप्त होस र साथसाथै जन-जनलाई आँगालो मारेर अघि बढौ। यसै भावना लिएर हामी अघाडि बढ्न चाहन्छौ। हामी गोली र गालीको मार्गमा नभएर गला लगाएर मेरा काश्मिरका देशभक्तिसहित जिउने नागरिकहरूसित अघि बढ्न चाहन्छौ। भाइ अनि बहिनी हो, सिचाईं परियोजनाहरू अघि बढिरहेको छ। आई.आई.टी., आई.आई.एम., एम्सको निर्माण कार्य तीव्र गतिमा चलिरहेको छ। डल झीलको पूर्ण निर्माण, पुनरोद्धार गर्ने काम पनि चलिरहेको छ। भाइ अनि बहिनी हो, हामीले देशलाई नयाँ उचाईमा लिएर जानु छ। हाम्रो मन्त्र छ, सबका साथ सबका विकास। कुनै भेदभाव नहोस्, कोही मेरो कोही तेरो होइन। कोही आफ्नो कोही पराया होइन। कुनै भाइ-भतिजावाद छैन। सबका साथ अर्थात सबैको साथ र यसैकारण हामीले यस्तो लक्ष्य तय गरेर बढेका छौ। र म आज पुनः एकपल्ट यस तिरङ्गा झण्डाको मुनि उभिएर लाल किल्लाको प्राचिरबाट कोटी-कोटी देशवासीलाई ती संकल्पहरू दोहोर्‍याउनु चाहन्छु। ती संकल्पहरूको उद्घोष गर्न चाहन्छु, हर भारतीयसित आफ्नो घर होस्, हर घरमा बिजुली कनेक्सन होस, पावर फर अल हर भारतीयलाई धुवाँदेखि मुक्त मिलोस्। यसैकारण कुकिङ ग्यास फर अल, हर भारतीयलाई आवश्यकताअनुसार पानी मिलोस्, यसैकारण वाटर फर अल, हर भारतीयलाई शौचालय मिलोस्, यसैकारण सेनिटेशन अफ अल, हर भारतीयलाई कुशलता मिलोस् र यसका लागि स्कील फर अल, हर भारतीयलाई राम्रो र सस्तो स्वस्थ्य सेवा प्राप्त होस्, यसैकारण हेल्थ फर अल, हर भारतीयलाई सुरक्षा मिलोस्, सुरक्षाको बीमा, सुरक्षा कवज मिलोस् र यसका लागि इन्सुरेशन फर अल, हर भारतीयलाई इन्टरनेटको सेवा मिलोस् र यसकाल लागि कनेक्टिभिटी फर अल। यिनै मन्त्रहरूलाई लिएर हामी देशलाई अघि बढाउन चाहन्छौ।
मेरा प्यारा भाइ बहिनी हो, मेरो निम्ति पनि मानिसहरूले धेरै कुरा गर्छन्। तर जे पनि भनिन्छ, म आज सार्वजनिक रूपले केही कुरालाई स्वीकार गर्न चाहन्छु। म देशलाई अनि मेरो देशवासीलाई अघि बढाउनका लागि म हतारमा छु। देशका नानीहरूको विकासमा कुपोषण एउटा ठूलो अडचन भएको छ। यो समस्याले मलाई देशबाट कुपोषण मुक्त गर्ने हतार छ। मेरा देशवासी हो, म ब्याकुल छु, गरीबसम्म समुचित स्वास्थ्य हेरचाह प्राप्त होस्, यसका लागि म बेचैनी छु ता कि मेरा देशका सामान्य व्यक्ति पनि बिमारीसित लड्न सकुन्, भीड्न सकुन्। भाइ-बहिनी हो, म ब्याकुल पनि छु, म व्यग्र पनि छु नागरिकहरूलाई गुणस्तर जीवन, सहज जीवनको अवसर प्राप्त होस त्यस विषयमा पनि सुधार आवोस भनेर म व्यग्र छु। मेरा प्यारा देशवासी, म ब्याकुल पनि छु, म व्यग्र पनि छु म अधिर पनि छु किनभने, चौथो औद्योगिक क्रान्ति हो जो ज्ञानको अधिष्ठानमा चल्ने चौथो औद्योगिक क्रान्ति हो। यस चौथो औद्योगिक क्रान्तिको नेतृत्व आइ.टी. जसको औंलाहरूमा छ। मेरो देश त्यसको अगुवाई गरेर त्यसका लागि म अधिर छु। मेरा प्यारा देशवासी, म आतुर छु किन कि म चाहन्छु, देशले आफ्नो क्षमता र संसाधनको सम्पूर्ण लाभ उठावोस् अनि विश्‍वमा गर्वका साथ हामी अघि बढौ। मेरा प्यारा देशवासी आज हामी जे छौ भोलि हामी त्यो भन्दा अघि बढ्न चाहन्छौ। हामीलाई बिसाउने कुरा स्वीकार छैन र झुक्ने कुरा त हाम्रो स्वभावमा नै छैन। यो देश न त रोकिन्छ न त झुक्ने छ। यो देश न त थाक्ने छ, हामी नयाँ उचाईंमा अघाडि बड्नु छ। उत्तरोत्तर प्रगति गर्दै हिँड्नु छ। भाइ अनि बहिनी हो, वेददेखि वर्तमानसम्म विश्‍वको चिरपुरातन बिराशतका हामी धनी हौ। हामीमाथि यस बिराशतको आशीर्वाद छ। त्यो बिराशत, हाम्रो आत्मविश्‍वासको कारणले हो। यसलाई लिएर हामी भविष्यमा अझ अगाडि बड्न चाहन्छौ। मेरा प्यारा देशवासी, हामी केवल भविष्य हेर्न मात्र बस्न चाहन्दैनौ तर भविष्यलाई त्यस शिखरमा पनि पुर्‍याउन चाहन्छौ। भविष्यको शिखरको सपना लिएर हामी हिँड्न चाहन्छौ र यसैकारण मेरा प्यारा देशवासी हो, म तपाईंलाई एउटा नयाँ आशा, एउटा नयाँ उमङ्ग, एउटा नयाँ विश्‍वास देश त्यहीबाट चल्छ, देश त्यहीबाट बद्लिन्छ र यसैकारण मेरा प्यारा देशवासी

अपने मन में एक लक्ष्य  लिए,
अपने मन में एक लक्ष्य  लिए,
मंजिल अपनी प्रत्ययक्ष लिए,
अपने मन में एक लक्ष्यक लिए,
मंजिल अपनी प्रत्येक्ष लिए हम तोड़ रहे है जंजीरें,
हम तोड़ रहे हैं जंजीरें,
हम बदल रहे हैंतस्वीरें,
ये नवयुग है, ये नवयुग है,
ये नवभारत है, ये नवयुग है,
ये नवभारत है।
खुद लिखेंगे अपनी तकदीर, हम बदल रहे हैं तस्वीर,
खुद लिखेंगे अपनी तकदीर, ये नवयुग है, नवभारत है,
हम निकल पड़े हैं, हम निकल पड़े हैं प्रण करके,
हम निकल पड़े हैं प्रण करके, अपना तनमन अर्पण करके,
अपना तनमन अर्पण करके, ज़िद है, ज़िद है, ज़िद है,
एक सूर्य उगाना है, ज़िद है एक सूर्य उगाना है,
अम्बर से ऊंचा जाना है, अम्बर से ऊंचा जाना है,
एक भारत नया बनाना है, एक भारत नया बनाना है॥
मेरा प्यारा देशवासी, फेरि एकपल्ट आजादीको पावन पर्वमा तपाईंहरूलाई धेरै धेरै शुभकामना दिँदै आउनु होस् जय हिन्दको मन्त्रसितै उच्च स्वरले मसित भन्नु होस्, जय हिन्द, जय हिन्द, जय हिन्द, जय हिन्द, भारत माताकी जय, भारत माताकी जय, भारत माताकी जय, बन्दे मातारम, बन्दे मातारम, बन्दे मातारम, बन्दे मातारम। (pib)

No comments:

Post a Comment

Post Bottom Ad