पूर्व प्रधनमन्त्री बाजेपेयीको निधनप्रति मोदीले दिए श्रद्धाञ्जली; भने – ‘देशवासीले अमूल्य रत्न गुमाए’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 16, 2018

पूर्व प्रधनमन्त्री बाजेपेयीको निधनप्रति मोदीले दिए श्रद्धाञ्जली; भने – ‘देशवासीले अमूल्य रत्न गुमाए’


गफसफ.com, नयाँ दिल्ली 16 अगस्त।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई श्रद्धाञ्जली अर्पण गर्दै देशले एक अन्मोल रत्न गुमाएको बताएका छन्। प्रधानमंस्त्री नरेन्द्र मोदीले भने –‘देशको भविष्यलाई दिशा दिने हामी सबैका प्रेरणाका स्रोत अटलजी अब रहेनन्। अटल जीको रूपमा भारतवर्षले आफ्नो अन्मोल रत्न गुमाएका छन्|’ 
प्रधानमन्त्री नरेन्द्र मोदी श्रद्धान्जली अर्पण गर्दै 
उनले अझ भने –‘अटल जीका विराट व्यक्तित्व अनि उनी नहुनु दुवैको पीडा नै शब्दको बाटोबाट परेका छन्। उई एकजना जननायक, प्रखर वक्ता, ओजस्वी कवि, पत्रकार, प्रभावशाली अन्तराष्ट्रिय व्यक्तित्वका धनी थिए। उनले मृत्युले एउटा युगको अन्त्य भएको छ। उनको मृत्युले सम्पूर्ण राष्ट्रलाई अपुरणीय क्षति भएको छ। मेरो निम्ति त अटल जीको मृत्य पिता तुल्य संरक्षकको छाँया सिरबाट हट्नु जस्तै भएको छ। उनले नै मलाई सङ्गठन अनि शासन दुवैको महत्व सम्झाएका हुन्। उनी जब पनि मिल्थे तब खुशी भएर गला लगाउँथे। मेरो निम्ति उनी नहुनु एउटा यस्तो कमी हो जुन कमी कहिल्यै पूर्ण हुन सक्दैन।’
प्रधानमन्त्री मोदीले अटलबिहारी बाजपेयीको कुशल नेतृत्व अनि संघर्षकै कारण जंनसघदेखि भाजपासम्मलाई बलियोसँग खडा गर्न सक्षम बनेको बताए। उनले नै भाजपाको बिचार अनि नीतिलाई देशको जनसानसमा पुयाएको पनि बताएका छन्। अहिले भारतीय जनता पार्टीको जुन अवस्था रहेको छ त्यो सम्पूर्ण हुनको पछि पनि बाजपेयीको भूमिका उल्लेखनिय रहेको प्रधानमन्त्री मोदीले बताएका छन।
‘उनका ओजस्वी, तेजस्वी अनि यशस्वी व्यक्तित्व सधैँ हामी देशवासीलाई मार्गदर्शन गरिरहनेछ। अपार शोकको यस घडीमा मेरो समवेदना उनका परिवार अनि सम्पूर्ण देशवासिको साथमा रहेको छ। यो दुखको घडीमा अटल जीको चरणमा आदरपूर्वक श्रद्धाञ्जली अर्पण गर्दछु’ प्रधानमन्त्री नरेन्द्र मोदीले भने।

No comments:

Post a Comment

Post Bottom Ad