पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 16, 2018

पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन

गफसफ.com, नई दिल्ली।
पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन भएको छ। उनले आज 93 वर्षको उमेर निधन भएको छ। पछिल्लो दुई सप्ताहदेखि एम्स अस्पतालमा भर्ना भएका बाजपीको आज 5:05 मा निधन भएको हो। उनको अवस्था अत्यन्त्यै सोँचनिय रहेको कारण एम्सका डाक्टरहरूले रक्षक प्रणालीमा भर्ना गरेर राखेका थिए।

बाजपेयीको स्वास्थ्यबारे एम्सका अनुभवी डाक्टरहरूले हेरचाह गरिरहेका थिए। यसैबिच उनको स्वास्थ्यबारे बुझ्न प्रधानमन्त्री नरेन्द्र मोदी समेत देशका तमाम नेताहरू अस्पतालमा पुगेका थिए।
यसभन्दा अघि उपराष्ट्रपति भेङ्कैया नायडु, भाजपा अध्यक्ष अमित शाह, केन्द्रिय मन्त्री सुष्मा स्वाराज अनि गृहमन्त्री राजनाथ सिंह एम्स पुग्नसाथ उनीहरूले पूर्व प्रधानमन्त्री भाजपा नेताको जानकारी लिएका थिए।
पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपीयीको निधनबारे एम्सका चिकित्सकहरूले आधिकारिक प्रेस बयान जारी गरेर पुष्टि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad