पेदोङमा विद्युत कार्यालयको उद्घाटन; क्षेत्रवासीको दिर्घकालिन माग पुरा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 3, 2018

पेदोङमा विद्युत कार्यालयको उद्घाटन; क्षेत्रवासीको दिर्घकालिन माग पुरा

गफसफ.com, कालेबुङ 3 जुलाई।

कालेबुङ जिल्लाको पेदोङमा विद्युत कार्यालयको उद्घाटन गरिएको छ। सोम्बारदेखि विद्युत कार्यालय उद्घाटनपछि सुरु भएको हो। जसको कारण अलगडा-पेदोङ क्षेत्रवासीको विद्युत कार्यालय खोल्नुपर्ने दिर्घकालिन माग पुरा भएको छ।


पश्चिम बङ्गाल विद्युत वितरक कम्पनीले पेदोङ बजारमा विद्युत कार्यालय खोल्नका साथै गरेर ग्रहक सेवा केन्द्र स्थापित गरेको छ। उक्त कार्यालयको सोम्बार उद्घाटन गरिएको हो। विद्युत विभाग कालेबुङका डिभिजनल म्यानेजर फुर्देन सेर्पाको विशेष उपस्थितिमा उक्त ग्राहक सेवाको उद्घाटन गरिएको हो। स्थानीय मानिसहरूको विशेष उपस्थितिमा रिबन काटेर उद्घाटन गरेपछि नयाँ केन्द्रमा पूजा गरिएको थियो। 

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजनल म्यानेजर फुर्देन सेर्पाले क्षेत्रका मानिसहरूले उक्त विद्युत कार्यालयले धेरै सुविधा पुग्ने बताउँदै अब कालेबुङ विद्युत कार्यलय धाउन नपर्ने बताए। उनले उक्त कार्यालय औपचारिकरूपले उद्घाटन पछि सुचारू भएको बताउँदै नयाँ कार्यालय भवनमा केही सामाग्रीहरूको व्यवस्थापन गर्न एकसप्ताह लाग्न सक्ने बताउँदै आगमी सप्ताहदिन पछि भने सम्पूर्ण कार्यहरू हुने पनि बताएका छन्। 

उनले अब पेदोङ ग्राहक सेवा केन्द्रमा पर्ने विभिन्न ठाउँका मानिसहरू धेरै गाडीभाडा तिरेर कालेबुङ जान नपर्ने भन्दै उक्त विद्युत कार्यालयको सुविधा उपभोग गर्ने मानिसहरूलाई आह्वान गरेका छन्। उनले अब विजुली बत्तिको समस्याबारे कालेबुङ धाउन नपरे पनि यदि कसैले कालेबुङमा नै आफ्ना बिल भुक्तान गर्न चाहे त्यसको वैकल्पिक सुविधा भने रहेको बताएका छन्।

यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विद्युत विभाग, पेदोङ ग्राहक सेवा केन्द्रकी स्टेशन म्यानेजर रिङ्की तामाङले धेरै वर्ष अघिदेखि पेदोङमा विद्युत कार्यालय खोलिने प्रयास चलिरहे पनि आखिरमा अहिले भने उक्त कार्य पुरा हुनसकेको बताइन्। उनले पेदोङ विद्युत कार्यालयको स्थापना पछि अब क्षेत्रका मानिसहरूलाई विजुली बत्तिको नियमित सेवा दिनका निम्ति आफुहरू सक्दो प्रयास गर्नका साथै स्थानीय मानिसहरूबाट पनि सहयोगको अपेक्षा राखेको बताइन्। यसक्रममा उनले नयाँ स्थापित पेदोङ ग्राहक सेवा केन्द्रको अधिनस्थ सङ्गसे फाटदेखि, 15, 16, 17, 18 माइल, अलगडा, पेदोङ, 21 माइल, कागे, लिङ्गसे, लाभा, कोलाखाम, लदाम,  पैयुङ, विद्याङ अनि मङ्सोङ क्षेत्रहरू पर्ने भन्दै उक्त क्षेत्रका मानिसहरूले बिजुली बत्तिसँग सम्बन्धित समस्याहरू अब सोझै पेदोङ ग्राहक सेवा केन्द्रमा राख्न सकिने बताएकी छन्।

अजय मुखियाद्वारा सञ्चालित उक्त पेदोङ ग्राहक सेवा केन्द्रको उद्घाटन कार्यक्रममा कालेबुङ डिभिजनका सह प्रबन्धक रोहित कुमार शह, सह अभियन्ता (आईटी/सी) राहुल द्विवेदी, सहअभियन्ता (तक्निकी) प्रबल लामा, प्रतिभा लेप्चा, सुशन्त शह, कालेबुङका स्टेशन म्यानेजर तन्मोय चक्रवर्ती, आदि उपस्थित रहेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad