जीटीएद्वारा ‘भानुभक्त सम्मान पुरस्कार’ अनि ‘मास्टर मित्रसेन थापा पुरस्कार’-को घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 3, 2018

जीटीएद्वारा ‘भानुभक्त सम्मान पुरस्कार’ अनि ‘मास्टर मित्रसेन थापा पुरस्कार’-को घोषणा


गफसफ.com, दार्जीलिङ 3 जुलाई।

गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनले ‘भानुभक्त सम्मान पुरस्कार २०१८’ - को घोषणा गरेको छ। जीटीए अध्यक्ष विनय तामाङले आज उक्त पुरस्कारको घोषणा गरेका हुन्। नेपाली लोकसाहित्यमा पहिलोचोटी यसवर्षको भानुभक्त सम्मान पुरस्कारले धनहाङ सुब्बालाई सम्मानित गर्ने घोषणा गरिएको छ। यसका साथै सिनेमा एवम् नाटक क्षेत्रबाट टङ्क शर्मा अनि पत्रकारिताको क्षेत्रमा डीपी शर्मालाई भानुभक्त सम्म पुरस्कार दिने घोषणा गरिएको छ। 
Binoy Tamang

जीटीए मुख्यालय लालकोठीमा एक पत्रकार सम्मेलनको आयोजना गरेर विनय तामाङले आज उक्त पुरस्कारको घोषणा गरेका हुन्। यसका साथै तामाङले लाठपञ्चर निवासी सनकुमार माझीलाई मास्टर मित्रसेन थापा पुरस्कार प्रदान गरिने घोषणा गरेका छन्। उक्त पुरस्कार आगमी 13 जुलाईका दिन भानु जयन्तीको अवसरमा दार्जीलिङमा जीटीएद्वारा भव्य कार्यक्रको आयोजना गरेर प्रदान गरिने पनि घोषणा गरेका छन्।

जीटीएले आफ्नो स्थापनाकालदेखिनै साहित्य, संस्कृति, भाषा साथै विविध विधाहरूको संरक्षण अनि सम्वर्द्धनको क्षेत्रमा काम गर्दै आएको बताउँदै तामाङले गतवर्ष भने आन्दोलनको कारण उक्त पुरस्कार प्रदान गर्न नसकेको बताए। ‘जीटीएको सूचना एवम् सांस्कृतिक विभागले वर्ष 2014-देखि वर्षेनी साहित्य, नाटक, पत्रकारिता तथा संगीतको क्षेत्रमा पुरस्कार प्रदान गर्दै आइरहेको छ। यसवर्ष  आगमी 13 जुलाई भानु जयन्तीका दिन भानुभक्त सम्मान पुरस्कार अनि मास्टर मित्रसेन थापा पुरस्कार प्रदान गर्नेछौँ’ विनय तामाङले भने।

दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा  भानुभक्त जन्म जयन्तीको अवसरमा चारजना स्रष्टाहरूलाई सम्मान गरिने घोषणा गरेका हुन्। उनले उक्त पुरस्कारहरूमा क्रमैले 50 हजार रूपियाँ नगद राशि सहित अङ्ग बस्त्र, स्मृति चिन्हका आदि प्रदान गरिने पनि जानकारी दिएका छन्।

सन् 2014 देखि जीटीएले प्रदान गर्न सुरु गरेको भानुभक्त सम्मान पुरस्कार अहिलेसम्म मोठ 10 जनाले प्राप्त गरिसकेका छन् भने मास्टर मित्रसेन थापा पुरस्कार 2 जनाले प्राप्त गरिसकेका छन्। यस भन्दा अघि भानुभक्त सम्मान पुरस्कारले स्व. गणेष शर्मा, केशव प्रधान, उषा गोम्देन, स्व. आई.के सिंह, स्व. भोटु प्रधान, अर्जुन प्रधान, गणेष रिजाल. सञ्जय विश्वास, स्व. सानुमती राई अनि प्रताप सुब्बाले प्राप्त गरिसकेका छन् भने मास्टर मित्रसेन पुरस्कार दिलिप विश्व अनि मानसिंह मोक्तानले प्राप्त गरिसकेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad