गफसफ.com, दार्जीलिङ 4
जुलाई।
देहरादुनकी 11 वर्षिय सिकिन्ना मुखियाले रियलेटी-सो ‘भोइस अफ् इन्डिया’को फाइनलमा
पुर्याउनमा सहयोग गर्नेहरूलाई आभार प्रकट गरेकी छन्। उनी अहिलेघरी विभिन्न
ठाउँहरूको भ्रमण गर्दै आफुलाई भोइस अफ् इन्डियाको फाइनलसम्म पुर्याउनका निम्ति
सहयोग गर्ने मानिसहरूलाई धन्यवाद दिँदै दार्जीलिङ आइपुगेकी छन्। यस अवसरमा
दार्जीलिङ पहाडका सम्पूर्ण मानिसहरूलाई आफ्नो पक्षबाट आभार प्रकट गरेकी छन्।
उनले दार्जीलिङमा एक पत्रकार सम्मेलनको आयोजना गरेर सम्पूर्ण सहयोगिहरूप्रति
आभार प्रकट गरेकी हुन्। भोइस अफ् इन्डियाको फाइनलसम्म पुग्नका निम्ति जनताबाट अपार
सहयोग प्राप्त भएको भन्दै सम्पूर्ण जनताहरूलाई धन्यवाद दिनका निम्ति नै आफु
विभिन्न ठाउँहरूमा पुगिरहेको पनि सिकिन्ना मुखियाले बताएकी छन्। ‘उसै त भोइस अफ्
इन्डियाको फाइनल सम्म पुग्नका निम्ति धेरै कठिन थियो। अत्यन्त्यै कठिन हुँदा-हुँदै
पनि मलाई दार्जीलिङ, मिरिक, सिक्किम लगायत अन्य ठाउँहरूमा मानिसहरूले मलाई भरपुर
सहयोग गरेर मेरो फाइनल सम्मको यात्रालाई सहज पारिदिएका थिए’ सिकिन्न मुखियाले
भनिन्।

पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा आफु सङ्गीतको क्षेत्रमा अहिले घरी आफुले प्रशिक्षण
लिने कार्य गरिरहेको बताउँदै अहिलेघरी आफ्नै नाउँमा युट्युब च्यानल सञ्चालन गरेर
त्यसैको माध्यमबाट जनमानसमा पुग्ने कार्य गरिरहेको पनि बताएकी छन्।
No comments:
Post a Comment