चिटफण्ड पीडितहरूले लगानी फिर्ताको पहल गर्दै भेटे थाना प्रभारीलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 2, 2018

चिटफण्ड पीडितहरूले लगानी फिर्ताको पहल गर्दै भेटे थाना प्रभारीलाई


गफसफ.com, कालेबुङ 2 जुलाई।



विभिन्न चिटफण्ड कम्पनीहरूद्वारा पीडित मानिसहरूको लगानी फिर्ता पाउनुपर्ने मागमा आज हिल इन्भेस्टर एजेन्ट सेक्युरेटी वेलफेयर एसोसिएसनले कालेबुङ थाना प्रभारीलाई भेट गरेको छ। सङ्गठनका सल्लाहकार तारा सुन्दासको नेतृत्वमा उनीहरूले थाना प्रभारीलाई भेट गरेर पीडित लागानीकर्ताहरूको पैसा फिर्ताको निम्ति प्रशासनलाई सहयोग मागेको छ। 

यसक्रममा उनीहरूले चिटफण्ड कम्पनीबाट ठगिएका पीडितहरूको सम्पूर्ण कागतपत्र दिएर सहयोग गर्ने प्रशासनलाई प्रतिश्रुति दिँदै मानिसहरू ठग्ने कम्पनीलाई कार्वाही गर्न प्रशासनले प्रयास गरिदिने अपिल गरेको छ। एसोसिएसनकी सदस्य सरस्वती प्रधानले थानाप्रभारीसँको भेटघाट लाभदायक भएको बताउँदै बसिल चिटफण्ड कम्पनीबाट ठगिएका 3 सयजना पीडितहरूले अघिबाटै थानामा आफ्नो दस्तावेजहरू जमा गरिसकेको जानकारी दिइन्। 

उनले रहेका अन्य पीडितहरूले यदि आफ्ना कागतपत्र बुझाएका छैनन् भने त्यो कागजपत्र पनि झट्टै बुझाइदिने थाना प्रभारीले बताएको जानकारी दिँदै पीडितहरूले यसबारे झट्टै पहलगर्नुपर्ने उनले आह्वान गरेकी छन्।

अर्कोतर्फ हिल इन्भेस्टर एजेन्ट सेक्युरेटी वेलफेयर एसोसिएसनका सल्लाहकार एवम् माकपा नेता तारा सुन्दासले पनि यसबारे बोल्दै न्यायालयमा पीडितहरूको मुद्दालाई बलियोसँग राख्नका निम्ति सबै पीडितहरूले आफ्ना दस्तावेज प्रशासनलाई बुझाइदिने अपिल गरेका छन्। उनले 37 वटा मुद्दाहरूमा सीबीआईले चार्जसिट दर्ता गर्न लागेको बताउँदै 3 वटा मुद्दाको भने सीबीआईले चार्क्जसिट दर्ता गरेको जानकारी गराए। उनले पीडित जनतालाई आफ्नो लगानी फिर्ता गर्नका निम्ति चलिरहेको मुद्दामा सीबीआईले अत्यन्त्यै ढिलो चार्जसिट दर्ता गरेको भन्दै यथाशिघ्र चार्जसिट दर्ता गरेर पीडितहरूलाई न्याय दिनुपर्ने माग गरेका छन्। यसक्रममा उनले अन्य चिटफण्ड कम्पनीहरूबाट ठगिएका जनताले पनि कालेबुङ थानामा प्राथमिकी दर्ता गर्ने सुझाव दिएका छन्।

सुन्दासले आज चिटफण्ड पीडित मानिसहरूलाई लिएर कालेबुङ थाना प्रभारीसँग भेटघाट गर्दा उनले बसिल चिटफण्ड कम्पनीको चार्जसिट आफुले दर्ता नगरेको जानकारी दिएको पनि बताएका छन्। यसक्रममा थाना प्रभारीले अन्य चिटफण्ड कम्पनीका पीडितहरूले यदि प्राथमिकी दर्ता गर्न चाहन्छन् भने गर्न सक्ने पनि बताएको जानकारी दिँदै बसिल बाहेक अन्य चिटफण्ड कम्पनीका पीडितहरूले यसबारे झट्टै पहल गर्नुपर्ने आह्वान गरेका छन्। 

यसै सन्दर्भमा आगमी 15 जुलाईका दिन चिडफण्ड पीडित जनताको निम्ति कालेबुङमा एक सभा आयोजना गरिने जानकारी दिएका छन्। ‘चिटफण्ड कम्पनीबाट ठगिएका जनता चुपचाप बस्नुहुँदैन। यसैकारण पीडितहरू अघि आएर लडाई लड्नुपर्नेछ’ तारा सुन्दासले भने।

No comments:

Post a Comment

Post Bottom Ad