जनताको नाउँमा पोस्टर टाँस्नेहरूलाई विमल गुरुङले दिए धन्यवाद; भने –‘जाति उन्मुक्तिको निम्ति यसरीनै कार्य गर्नुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 2, 2018

जनताको नाउँमा पोस्टर टाँस्नेहरूलाई विमल गुरुङले दिए धन्यवाद; भने –‘जाति उन्मुक्तिको निम्ति यसरीनै कार्य गर्नुपर्छ’


गफसफ.com, कालेबुङ 2 जुलाई।

जनताको नाउँमा सिलगडीको सुकुना क्षेत्रमा पनि पोस्टर देखा परेको छ। उक्त पोस्टरमा पनि विमल गुरुङ, रोशन गिरी अदिको नाउँ मतदाता सूचीबाट हटाइएकोमा विरोध गर्दै बङ्गाल अनि केन्द्र दुवै सरकारलाई जवा देउ भनिएको छ।

अर्कोतर्फ जनताको नाउँमा विभिन्न ठाउँहरूमा पोस्टर टाँसिएको घट्नापछि भूमिगत गोजमुमो नेता विमल गुरुङले अडियो जारी गरेर पोस्टर टाँस्नेहरूलाई धन्यवाद दिएका छन्। ‘आज भोटर लिस्टबाट बङ्गाल सरकारले षडयन्त्र गरेर नाम काट्ने जुन कार्य गरिरहेको छ यसको विरोधमा अनि गोर्खाल्याण्डको समर्थनमा हाम्रा दाजु-भाइहरूले जुन कार्य गरे यसको निम्ति हार्दिक धन्यवाद दिँदछु’ विमल गुरुङले भनेका छन्। ‘हाम्रो जाति उन्मुक्तिका निम्ति संघर्ष यसरी नै गर्न पर्छ’ गुरुङले थप भनेका छन्।

उनले आफ्नो जारी अडियो क्लिपमार्फत् जनतालाई गणतान्त्रिक प्रक्रिया अनुसार कार्य गर्ने अपिल पनि गरेका छन्। आहुहरू हालमा बाहिर बसेर पनि जाति उन्मुक्ति कार्य गरिरहेको बताउँदै बङ्गालले रचेको षडयन्त्रहरूसँग डराउनु हुँदैन भनेका छन्।

यसैक्रममा विमल गुरुङसँगै भुमिगत बनेका रोशन गिरीले पनि अडियो सन्देश मार्फत मतदाता सूचीबाट नाउँ काटिएको विरोधमा भएको पोस्टरिङको घट्नाले जनता जागरूक बनेको प्रमाणित भएको दाबी गरेका छन्। हामीले कुनै अपराध गरेका छैनौँ। बङ्गाल सरकारले विभिन्न झुटो मुद्दा लगाएर हामीलाई बाहिर बस्न बङ्गाल सरकारले बाध्य बनाएको छ’ रोशन गिरीले भनेका छन्। उनले आफुहरू कुनै मुद्दामा संलग्न नभएको दाबी गर्दै यी सम्पूर्ण कुराहरू जनताले बुझेको पनि बताएका छन्। ‘गोर्खाल्याण्ड संवैधानिक माग हो अनि हामीले भारतीय संविधान अन्तर्गत हाम्रो माग गरिरहेका छौँ’ गिरीले भनेका छन्। 

उनले बङ्गालका बङ्गालीहरू 4 लाखभन्दा धेर बस्ने गरेको अनि कर्नाटकका मानिसहरू तामिलनाडुमा बसेको उदाहरण दिँदै उनीहरूको नाउँ नकाटिए पनि यहाँ गोर्खाल्याण्ड माग्नेहरू नाउँ भने मतदाता सूचीबाट काट्ने कार्य भइरहेको आरोप लगाएका छन्। ‘यहाँ गोर्खाल्याण्ड माग्नेहरूको नाउँ छानी-छानी काट्ने कार्य हुँदैछ’ गिरीले भनेका छन्। यो घट्नाले बङ्गालले गोर्खाल्याण्ड माग्नेहरूको नाउँ मतदातासूचीबाट हटाएर गोर्खाल्याण्ड माग्नेहरूलाई सधैँको निम्ति बाहिर खेद्ने प्रयास गरिरहेको आरोप पनि लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad