लिम्बु विकास बोर्डद्वारा टिस्टा भ्याल्लीमा वृक्ष रोपण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 26, 2018

लिम्बु विकास बोर्डद्वारा टिस्टा भ्याल्लीमा वृक्ष रोपण

गफसफ.com, टिस्टाभ्याल्ली 27 जुलाई।
पश्चिम बङ्गाल लिम्बु विकास बोर्ड अनि याकथुङ सोङ चुम्भो, टिस्टा भ्याल्ली शाखाको आयोजनामा टिस्टा भ्याल्लीमा वृक्ष रोपण कार्य सम्पन्न भएको छ। स्वच्छ पर्यावरणसँगै बन संरक्षणको उद्देश्य राखेर उक्त वृक्ष रोपण कार्य सम्पन्न भएको हो।

शुक्रबार बोर्डका अध्यक्ष एन.डी लिम्बुको विशेष उपस्थितिमा प्रबन्धक अनिल राजपुत, सह प्रबन्धक डी. घोष, फिल्ड एसिस्टेन्ट जे. सुब्बा, कार्यकारी सदस्य शेखर सुब्बा, एन.बी सुब्बा लगायत अन्य बोर्डका सदस्यवर्गको उपस्थितिमा उक्त वृक्ष रोपण कार्य सम्पन्न भएको हो।
बोर्डका अध्यक्ष एन.डी लिम्बुको बाहुलीबाट वृक्ष रोपणको औपचारिक सुरूआत गरिएपछि सबैले वृक्ष रोपण कार्य गरेका थिए। यसक्रममा टिस्टा भ्याल्ली चिया कमानको विभिन्न खाली ठाउँहरूमा बोर्डले पानिसाझ, बगैना आदि वृक्षहरूका 10 हजार भन्दा अधिक विरुवा रोपण गरिएको कार्यकारी सदस्य शेखर सुब्बाले जानकारी दिएका छन्। यसका साथै बोर्डको पक्षबाट विभिन्न स्थानहरूमा अझ धेरै वृक्ष रोपण गर्नका निम्ति बोर्डका सदस्यहरूलाई थप विरूवा वितरण पनि गरिएको शेखर सुब्बाले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad