कालेबुङमा गोजमुमोले पालन गर्‍यो शहीद दिवस; सञ्चबीर सुब्बाले भने –‘शहीदको सपना पुरा गर्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 27, 2018

कालेबुङमा गोजमुमोले पालन गर्‍यो शहीद दिवस; सञ्चबीर सुब्बाले भने –‘शहीदको सपना पुरा गर्नेछौँ’

गफसफ.com, कालेबुङ 27 जुलाई।
गोर्खा जनमुक्ति मोर्चाले शहीद दिवस पालन गरेको छ। यहाँको 11 माइल स्थित शहीद वेदीमा मोर्चाले शहीद दिवस पालन गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। यस अवसरमा शहीदहरूका आत्मा शान्तिको निम्ति सर्वधर्म प्रार्थना सभा पनि सम्पन्न भएको थियो।

गोजमुमो केन्द्रिय समिति सदस्य शमसेर अलिको अध्यक्षतामा सम्पन्न भएको शहीद दिवस समारोहमा जीटीए बोर्डका सदस्य सञ्चबीर सुब्बा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। यसक्रममा उनीहरूले शहीद वेदीमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
शहीद दिवस समारोहको विशेष अवसरमा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका निम्ति शहीद बनेका 125 परिवारका सदस्यवर्गलाई मोर्चाले सम्वर्द्धना पनि जनाइएको थियो। कार्यक्रमका विशिष्ट अतिथि सञ्चबीर सुब्बा, अध्यक्ष शमसेर अलि नगरपालिका अध्यक्ष रवी प्रधानको बाहुलीबाट शहीदका परिवारहरूलाई स्मृती चिन्ह, स्मृति पत्र प्रदान गर्नका साथै दोसल्ल ओढाएर सम्मान जनाउने कार्य सम्पन्न भएको थियो। यस अवसरमा सञ्चबीर सुब्बाले गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति शहीद बनेकाहरूलाई राजनैतिक चश्माले हेर्ने कार्य गर्न नहुने सुझाव दिएका छन्।
उनले शहीदहरूलाई साँचो श्रद्धाञ्जाली अर्पण गर्नका निम्ति गोजमुमो पार्टीले वौधिक रूपमा चिन्तन गरेर संवैधानिक आधारमा काम गरेर अघि बढ्ने दाबी गरेका छन्। ‘हामीले छुट्टै राज्य गोर्खाल्याण्डका निम्ति शहीद बनेकाहरूलाई राजनैतिक चश्माले हेर्नुहुँदैन। उहाँहरूले जुन उद्देश्यको निम्ति बलिदान दिए त्यसलाई मनन् चिन्तन गरेर भावी दिनमा कसरी अघि बढ्नुपर्ने भन्ने आजको दिनमा सबैले संकल्प गनुपर्छ’ सञ्चबीर सुब्बाले भने। यसक्रममा गोजमुमो पार्टीले शहीद दिवस पालन गर्ने कुनै नैतिक अधिकार छैन भन्ने अरू राजनैतिक दलहरूको बयान प्रति टिप्पणी गर्दै सुब्बाले गोजमुमो पार्टीले शहीदहरूको सपना पुरा गर्नका निम्ति अहिंसात्मक अनि वौद्धिक कसरत गर्दै संवैधानिक प्रक्रिया अनुसार अघि बड्ने संकल्प गरेको पनि उनले बताएका छन्। ‘हामी शहीदले देखेका सपना पुरा गर्नेछौँ’ सञ्चबीर सुब्बाले भने।
मोर्चाले पालन गरेको उक्त शहीद दिवस कार्यक्रममा विभिन्न स्थानहरूबाट मानिसहरू शहीदलाई श्रद्धाञ्जली अर्पण गर्न शहीद वेदीमा भेला भएका थिए। यस अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नका निम्ति विभिन्न विद्यालयका विद्यार्थीवर्गसँगै संघ संस्थाका प्रतिनिधीवर्गको पनि उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad