शहीद दिवसलाई गोर्खाल्याण्ड संकल्प दिवसको रूपमा पालन गरौँ - क्रामाकपा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 26, 2018

शहीद दिवसलाई गोर्खाल्याण्ड संकल्प दिवसको रूपमा पालन गरौँ - क्रामाकपा

गफसफ.com, दार्जीलिङ 26 जुलाई।
शहीद दिवको पूर्व सन्ध्यामा क्रामाकपाले कालेबुङ शहरमा पोस्टरिङ गरेर शहीद दिवसलाई गोर्खाल्याण्ड संकल्प दिवसको रूपमा पालन गर्ने आह्वान गरेका छन्। यसक्रममा उनीहरूले शहीदहरू दागोपाप र जीटीए जस्ता व्यवस्थाको निम्ति शहीद नभएको भन्दै उनीहरूको साँचो श्रद्धाञ्जली केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्रै हुने पनि बताएको छ।

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी कालेबुङ आञ्चलिक कमिटिका अध्यक्ष किशोर प्रधानको नेतृत्वमा सचिव मोहन पौड्याल, कालेबुङ टाउन कमिटिका विक्रम छेत्री, सुधन प्रधान, भीम गुरुङ, कमल राई, तुलसी राई, विमल राई, चन्दना शर्मा, स्पन्दना छेत्री, अमृता थापा र पासङकित लेप्चा आदिले शहरको विभिन्न स्थानहरूमा पोस्टरिङ गरेका हुन्।
‘दागोपाप, जीटीए तथा अन्य टालटुले व्यवस्थाको निम्ति शहीदहरूले आफ्नो जीवन उत्सर्ग गरेका थिएनन्। उनीहरू केवल गोर्खाल्याण्ड राज्यप्राप्तिका निम्ति शहीद बनेका थिए। शहीदको सपना भनेको केवल गोर्खाल्याण्ड हो, जबसम्म गोर्खाल्याण्ड हुँदैन तबसम्म शहीदहरूको आत्माले शान्ति पाउँदैन। त्यसैले शहीद दिवसलाई गोर्खाल्याण्ड प्राप्त गर्ने शपथ तथा संकल्प दिवसको रूपमा पालन गरौँ’ क्रामाकपाले टाँसेको पोस्टरमा लेखेको छ।
यसैक्रममा क्रामाकपाले दागोपाप गठनकालदेखि अहिलेसम्म घरीघरी गरिने सम्झौता र थापिने टालटुले व्यवस्थाले शहीदहरूमाथि अन्याय गरिने काम भएको बताउँदै पोस्टर र प्रेस विज्ञप्तिमार्फत शहीदहरूलाई श्रद्धाञ्जली दिँदै गोर्खाल्याण्डको निम्ति सम्झौताहीन सङ्घर्ष गर्ने प्रतिबद्धता अमेत व्यक्त गरेको छ। अरू दिन पद र पैसामा भुलिएर २७ जुलाईको दिन मात्र शहीदलाई सम्झने परम्पराले शहीदको बलिदानको सम्मान नभएर उपहास मात्र हुनेपनि  क्रामाकपाले ठानेको छ।
यता पोस्टरिङपछि पत्रकारहरूलाई सम्बोधन गर्दै क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले गोर्खाहरूले स्वतन्त्र भारत निर्माणको निम्ति महत्वपूर्ण योगदान दिए पनि गोर्खाहरूले भने आजसम्म न्याय नपाएको बताए। ‘गोर्खाहरूले भारतमा आफ्नो संवैधानिक अधिकार मागेको हो। यसकारण हामीलाई संवैधानिक अधिकार दिनुपर्छ’ किशोर प्रधानले भने। उनले कहिले कहीँ विभिन्न राज्यहरूबाट गोर्खाहरूलाई बहुसंख्यक समुदायले अल्पसङ्ख्यक समुदायलाई थिचोमिचो गरेको भन्दै आज भारतमा अल्पसङ्ख्यक  गोर्खाहरूलाई हेप्ने कार्य गरेको आरोप लगाए। ‘भारतमा संवैधानिक अधिकारको निम्ति सम्झौताहिन संघर्ष गर्नुपर्छ’ किशोर प्रधानले भने।

No comments:

Post a Comment

Post Bottom Ad