नेपाली साहित्य संस्थान सिलगडीको आयोजनामा बाल भानुजयन्ती पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 23, 2018

नेपाली साहित्य संस्थान सिलगडीको आयोजनामा बाल भानुजयन्ती पालन

गफसफ.com, सिलगडी 24 जुलाई।
नेपाली साहित्य संस्थान सिलगडीको आयोजनामा विगत झैँ यसवर्ष पनि बाल भानुजयन्ती पालन गरिएको छ। शनीबार सिलगडीको शास्त्री नगर स्थित समाज सेवा भवनमा आयोजित बाल भानुजयन्ती समारोहमा विभिन्न क्षेत्रका साहित्यकारहरूको विशेष उपस्थिति रहेको थियो।
सिलगडी-तराई श्रेत्रका नेपाली प्राथमिक पाठशालाहरूलाई लिएर पालन गरिएको बाल भानु जयन्ती समारोहमा मोठ सातवटा पाठशालाहरूले अंश ग्रहण गरेका थिए। फाराबारी बस्ती प्राथमिक पाठशाला, रविरत्न ढुङ्गाना प्राथमिक पाठशाला, खोलाचन्द फाप्री प्राथमिक पाठाशाला, बुद्धिमाया सि एस प्राथमिक पाठशाला, कृष्णमाया स्मारक प्राथमिक पाठशाला, लक्ष्मीमाया प्राथमिक पाठशाला अनि छोटा फाप्री प्राथमक पाठशालाका बाल कलाकारहरूले कार्यक्रममा विभिन्न प्रतियोगिताहरूमा भाग लिएका थिए।
 कार्यक्रममा प्राथमिक पाठशालाका विद्यार्थीवर्ग माझ बाल कविता, बाल गीत, भानुक्तीय रामायणमा आधारित भेष धारण, तात्क्षणिक वक्तृता, लोक नृत्य अनि हाजिरी जवाब प्रतियोगिता सम्पन्न भएको थियो। बाल कविता प्रतियोगितामा प्रथम फाराबारी बस्ती नेपाली प्राथमिक पाठशाला, दोस्रो लक्ष्मीमाया प्राथमिक पाठशाला अनि तेस्रो रविरत्न ढुङ्गाना प्राथमिक पाठशालाले स्थान प्राप्त गर्न सक्षम बनेको थियो। यसरी नै बालगीत प्रतियोगितामा प्रथम छोटा फाप्री प्राथमिक पाठशाला, दोस्रो बुद्धिमाया सि एन प्राथमिक पाठशाला, अनि तेस्रो खोलाचन्द प्राथमिक पाठशालाले भएका छन्।
भेषधारण प्रतियोगितामा पहिलो छोटा फाप्री, दोस्रो रविरत्न ढुङ्गाना अनि कृष्णमाया प्राथमिक पाठशालाले तेस्रो स्थान प्राप्त गरे। लोकनृत्य प्रतियोगितामा पहिलो छोटा फाप्री, दोस्रो लक्ष्मीमाया अनि कृष्णमाया प्राथमिक पाठशालाले तेस्रो स्थान प्राप्त गरेका छन्। हाजिरि जवाब प्रतियोगितामा पहिलो बुद्धिमाया, दोस्रो फाराबारी अनि खोलाचन्द प्राथमिक पाठशालाले तेस्रो स्थान प्राप्त गरेका थिए।
बाल कलाकारहरू नै अध्यक्ष अनि मुख्य अतिथि हुने नौलो परिपाटीको कार्यक्रममा सभापति सुश्री प्रशिला गुरूङ अनि मुख्य अतिथि करूणा राई रहेका थिए। दुवै अध्यक्ष अनि मुख्य अतिति रहेका बाल कलाकारहरू आआफ्ना कलामा निपुण रहेका थिए।
कार्यक्रममा सालबारी शब्द समूहका सदस्यहरू र अन्य साहित्यकारहरूको पनि विशेष उपस्थिति रहेको थियो आयकार विभागका पदाधिकारी मिलन रूचाल, संस्कार फउन्डेसनका डा. सापकोट, उत्तर बङ्ग विश्वविद्यालय नेपाली विभागका अध्यक्ष प्रोफेसर मोहन पी दाहाल, प्राध्यापक पुष्कर पराजुली आदि उपस्थित रहेका थिए। डा. रेमिका थापाले पहिले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् संस्थानका अध्यक्ष प्राध्यापक देवचन्द्र सुब्बाले स्वागत् सम्बोधन राखेका थिए। उद्घोषक नानीहरू अश्वीन राई र स्नेहा राई र दिपेन राईले रमाइलो बनाएको कार्यक्रम सफलता पूर्वक समापन भएको जानकारी गराउँदै संस्थानका उपाध्यक्ष प्रा डप छिरिङ लेप्चाले धन्यवाद ज्ञापन राखेका थिए।
यता कार्यक्रमबारे जानकारी गराउँदै संस्थानका अध्यक्ष प्राध्यपक देवचन्द सुब्बाले संस्थानले सिलगडी-तराई श्रेत्रका नेपाली प्राथमिक पाठशालाहरूलाई लिएर बाल भानु जयन्ती पालन गर्दै आइरहेको जानकारी गराएका छन्। ‘विद्यार्थीहरूमा आफ्नो भाषा साहित्य र संस्कृतिप्रति प्रेम र सद्भाव जगाउने संस्थानको अभीष्ट हो। यस कार्यक्रममा विविध प्रकारका प्रतियोगितात्मक कार्यक्रम राखिएका हुन्छ जसमा विभिन्न क्षेत्रबाट (सिलगडी-तराई) आएका नेपाली प्राथमिक पाठशालाहरूले अंश ग्रहण गर्ने गर्छन्’ प्रा. सुब्बाले भने। उनले कार्यक्रमको मुख्य आकर्षण क्रर्यक्रमका अध्यक्ष, मुख्य अतिथि, र विशिष्ट हुन्छन् भन्दै संस्थानले कार्यक्रमका अध्यक्ष, मुख्य अतिथि र विशिष्ट अतिथिहरू पनि बाल-बालिका नै राखेका हुन्छन् भनि जानकारी गराए। यसका साथै कार्यक्रमका सञ्चालक अथवा उद्घोषक पनि बाल-बालिका नै रहने गरेको पनि सुब्बाले जानकारी गराए।

No comments:

Post a Comment

Post Bottom Ad