सहिद दिवसमा विदाको घोषणा; विनय तामाङले भने ‘गोर्खाल्याण्डका सहिदहरूलाई सबैले श्रद्धाञ्जली दिनुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 24, 2018

सहिद दिवसमा विदाको घोषणा; विनय तामाङले भने ‘गोर्खाल्याण्डका सहिदहरूलाई सबैले श्रद्धाञ्जली दिनुपर्छ’

गफसफ.com. दार्जीलिङ 24 जुलाई।
जीटीए क्षेत्रभरी आगमी 27 जुलाईका दिन सहिद दिवस भव्यसँग पालन गर्न जीटीएले तयारी सुरु गरिसकेको छ। दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा, कालेबुङको शहीद पार्कमा अनि खरसाङको इगेल क्रेगसँगै मिरिक सौरेनीमा गोर्खा जनमुक्ति मोर्चाले सहिद दिवस पालन गर्ने तय गरेको छ। जसलाई लिएर अहिले तयारी चलिरहेको छ।

गोजमुमो अध्यक्ष विनय तामाङले गोर्खाल्याण्ड आन्दोलनमा प्राणाहुति दिने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न 27 जुलाईको दिन जीटीएक्षेत्रहरूमा भव्यरूपले शहीद दिवस पालन गर्ने अगावै घोषणा गरिसकेका छन् भने उक्त दिन जीटीए अधिनस्थका सम्पूर्ण सरकारी कार्यालयहरू विदा समेत घोषणा गरेका छन्।  उनले सहिदहरूली श्रद्धाञ्जली अर्पण गर्नका निम्ति सरकारी कार्यालय विदाको घोषणा गरेका हुन्।
‘गोर्खाल्याण्डका शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले आगामी सहिद दिवसका दिन  सम्पूर्ण जीटीए अधिनस्त रहेका कार्यालय अनि सरकारी विद्यालय, महाविद्यालयहरू पूर्णरूपले बन्द रहनेछ’ जीटीए बीओए अध्यक्ष विनय तामाङले अझ भने –‘यसबाहेक जीटीए क्षेत्रका गैर-सरकारी सम्पूर्ण शैक्षिक संस्थानहरू, विद्यालय, महाविद्यालयहरूलाई पनि उक्त दिन शहीदहरूको श्रद्धाञ्जलिमा एक दिनको निम्ति विदा घोषणा गरिदिने म अनुरोध गर्न चाहन्छु।’
उनले उक्त दिनलाई केवल विदाको रूपमा नलिएर सबैले सहिदहरूलाई श्रद्धाञ्जली दिने आह्वान पनि गरेका छन्। ‘शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै उक्त दिनको विदालाई विदाको रूपमा नलिएर सम्पूर्ण जीटीए कर्मचारी, विद्यार्थी अनि शिक्षकहरूलाई दार्जीलिङ, कालेबुङ, खरसाङ अनि मिरिक सौरेनी आदि क्षेत्रहरूमा आयोजना हुने शहीद दिवस समारोहमा सामेल भएर गोर्खाल्याण्डका संग्रामीहरूलाई श्रद्धाञ्जलि अर्पण गरिदिने पनि सबैलाई अनुरोध गर्दछु’ विनय तामाङले आह्वान गर्दै भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad