‘दुवैले खेलाडीले भारतीय गोर्खाहरूको नाउँ उच्च पारेका छन्’ – विनय तामाङ
गफसफ.com, दार्जीलिङ 23
जुलाई।
भारतीय राष्ट्रिय फुटबल टोलीका अधिनायक सुनिल छेत्री सर्वश्रेष्ठ खेलडी घोषित भएका छन् भने
देहरादुनका युवा खेलाडी अनिरुद्ध थापा इमर्जिङ प्लेयर अफ द इयर घोषित भएका छन्। अल
ईन्डिया फुटबल फेडरेशनले उक्त घोषणा गरेको छ।
भारतीय राष्ट्रिय फुटबल टोलीका अधिनायक अनि विश्वस्तरका एक
सयभन्दा अधिक प्रतियोगिताहरूमा भाग लिएर रेकर्ड दर्ता गरेका गोर्खे युवा खेलाड़ी
सुनील छेत्रीको नाउँ वर्षको सर्वश्रेष्ठ खेलाड़ीको रुपमा अल इण्डिया फुटबल फेडरेशन
(एआईएफएफ) ले जारी गरेको छ भने इमर्जिङ प्लेयर अफ द इयर भनेर देहरादुनका अनिरुद्ध
थापाको नाउँको घोषणा गरेको छ। उक्त घोषणा पछि जीटीए बोर्ड अफ् एडमिनिट्रेसनका
अध्यक्ष विनय तामाङले दुवैलाई बधाई दिँदै जीटीएले भव्य सम्मान गर्ने घोषणा गरेका
छन्।

‘गोर्खाहरूको छात्ती चौड़ादार बनाइदिने दुईजना खेलाड़ीहरूको
नाउँ उक्त सूचिमा परेपछि सारा भारतका गोर्खाहरूमा उत्सवको माहौल बनिनुपर्ने हो तर
यस्तो माहौल नबनिएको मैले अनुभव गरिरहेको छु। सम्भवतः उक्त सुखबरदेखि गोर्खाहरू
अनभिज्ञ रहेको पनि हुनसक्छ’ तामाङले भनेका छन्। उनले उक्त उपलब्धिलाई गोर्खाहरूकै
निम्ति ठूलो उपलब्धि समेत मानेका छन्।
‘यी दुई गोर्खे प्रतिभाहरू सुनील छेत्री अनि अनिरूद्ध
थापाको उक्त महत्वपूर्ण उपलब्धिलाई म गोर्खाहरूको निम्ति अति ठूलो उपलब्धिको रूपमा
लिएको छु। दुई गोर्खे छोराहरूको उक्त उपलब्धिदेखि धेरै खुशी अनि गर्वित पनि अनुभ
गरिरहेको छु’ जीटीए बीओए अध्यक्ष विनय तामाङले भनेका छन्। यसक्रममा उनले आगामी
दिनमा जीटीएले समय मिलाएर दुवैलाई भव्य सम्मान गर्ने घोषणा पनि गरेका छन्।
‘गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन हरेक गोर्खे प्रतिभाहरू
जसले गोर्खा समाज अनि जातिलाई प्रतिनिधित्व गरिरहेका छन् उनीहरूको सम्मान अनि
सम्वर्द्धन गर्ने पक्षमा रहेको छ। यसर्थ सम्पूर्ण गोर्खाहरूको पक्षमा यी दुई
खेलाड़ीहरूलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट भव्यरूपमा सम्मान प्रदान
गरिने गर्वको साथ घोषणा गर्दछु’ विनय तामाङले अझ भनेका छन् –‘दुई खेलाड़ीहरू
क्रमैले सुनील छेत्री अनि अनिरूद्ध थापाको सुविधाअनुसार समय अनि मिति निकालेर
सम्मान कार्यक्रम आयोजना गरिनेछ।’ उनले दुवै खेलाडीलाई भविष्यका निम्ति शुभकामना
पनि दिएका छन्। ‘यी दुई गोर्खे गौरवहरूलाई बधाई अनि शुभकामना व्यक्त गर्दै उत्तरोत्तर
प्रगतिको कामना गर्दछु’ तामाङले भने।
No comments:
Post a Comment