केन्द्रले नदिँदा राज्यले दियो पहाडमा युनिभर्सिटी; पारित भयो विधानसभामा बिल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 31, 2018

केन्द्रले नदिँदा राज्यले दियो पहाडमा युनिभर्सिटी; पारित भयो विधानसभामा बिल


गफसफ.com. दार्जीलिङ 31 जुलाई।
केन्द्रिय विश्वविद्यालयको मुद्दा केवल मुद्दा मात्रै बनिएपछि आखिरमा राज्यले पहाडवासीका निम्ति स्टेट युनिभर्सिटी दिएको छ। उक्त स्टेट युनिभर्सिटीको बिल सोम्बार बिधानसमा बहुमतले पारित समेत भएको छ।
FILE PHOTO
सोम्बार पश्चिम बङ्गालको विधानसभामा दार्जीलिङ पहाडका निम्ति ‘स्टेट युनिभर्सिटी’को बिल पेश गर्नका साथै बहुमतले पारित गरिएको हो। ग्रीन फिल्ड नामले मङ्पूमा निर्माण हुने उक्त युनिभर्सिटीको बिला बहुमतले पारित भएपछि जीटीए विओए अध्यक्ष विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर सबैलाई बधाई दिएका छन्।
उक्त स्टेट युनिभर्सिटीको बिल बिधानसभामा पेश गरिएपछि दार्जीलिङका विधायक अमरसिंह राई अनि खर्साङका विधायक डा. रोहित शर्माले आफ्नो पक्ष राखेका थिए। यसक्रममा दुवै विद्याकवर्गले पहाडका निम्ति स्टेट युनिभर्सिटी निर्माणको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जी, क्याबिनेट अनि पश्चिम बङ्गाल सरकारलाई धन्यबाद प्रकट गरेका थिए। यसक्रममा उनीहरू दुवैले पेश गरिएको बिललाई पारित गरिनुपर्ने माग राख्दै युनिभर्सिटी स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका थिए।
‘पहाडमा स्टेट युनिभर्सिटीले स्थानीय विद्यार्थीहरूले आफ्नै क्षेत्रमा उच्च शिक्षा हासिल गर्न धेरै सहयोग प्राप्त हुनेछ। यसका साथै स्थानीय शिक्षित बेरोजगार युवाहरूलाई पनि रोजगारको अवसरहरू प्राप्त हुनेकुरामा विश्वस्त छौँ’ डा. रोहित शर्माले भने।
यता विधानसभामा स्टेट युनिभर्सिटीको बिल पेश पछि भएको चर्चामा विधायक अमरसिहँ राईले प्रस्तावित स्टेट युनिभर्सिटीको नामकरण ग्रीनफिल्ड युनिभर्सिटीबाट परिवर्तन गरेर दार्जीलिङ युनिभर्सिटी गरिए अझ असल हुने सुझाव राखे। उनले उक्त नामले दार्जीलिङवासीको सहीरूपले प्रतिनिधित्व हुनसक्ने बताउँदै नाममा संशोधन गरिनुपर्ने माग राखेका थिए। यसक्रममा युनिभर्सिटीको नामकरण पछिबाट संशोधन गर्न सकिने प्रावधानबारे पनि बताइको छ।
विनय तामाङले जारी गरेको विज्ञप्तिमा सन् 2011 मा तत्कालीन केन्द्र सरकार, राज्य सरकार अनि गोर्खा जनमुक्ति मोर्चामाझ जीटीए सम्झौता हुँदा सम्झौता पत्रको एनेक्सर-2 मा तत्कालीन केन्द्रमा सत्तासीन कांग्रेस सरकारले केन्द्रिय विश्वविद्यालयको कुरा उल्लेख गरेको पनि बताएका छन्।
उनले केन्द्रमा पछिबाट भाजपा सरकार आएपछि जीटीए सम्झौतामा उल्लेख गरिएको केन्द्रिय विश्वविद्यालय स्थापनाको मुद्दा आफुहरूले पटक-पटक केन्द्र सरकारसमक्ष उठान गर्ने कार्य गरेको तरकेन्द्र सरकारले यसलाई चुनावी स्टन्ट अनि आश्वासनको मुद्दामात्रै बनाइ राखेको आरोप लगाएका छन्।
‘आजपर्यन्त उक्त मागलाई भाजपाले चुनावी स्टन्टको रूपमामात्रै प्रयोग गरिरहेका छन्। तर, बोर्ड अफ एडमिनिस्ट्रेटर्स गठन भएपछि दार्जीलिङ पहाड़को विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखेर स्टेट युनिभर्सिटी स्थापना गरिनुपर्ने माग गरेका थियौं। सोही मुताविक बीओएको तीन महीने कार्यकालभित्रै मुख्यमन्त्री ममता व्यानर्जी अनि पश्चिम बङ्गाल सरकारको पक्षबाट स्टेट युनिभर्सिटी स्थापना हुन गइरहेको छ’ विनय तामाङले भनेका छन्।
यसबारे प्रेस विज्ञप्ति जारी गर्दै तामाङले भनेका छन्-मङपूको जोगीघाट परिसरमा अगावै स्टेट युनिभर्सिटी स्थापनाको निम्ति 100 ऐकर जमीन चिह्नित पनि गरिसकिएको छ भने आगामी 2020 देखि दार्जीलिङ पहाड़का विद्यार्थीहरूले दार्जीलिङ पहाड़कै अनुकूल भौगोलिक परिवेश अनि आफ्नै मानिसहरूको बीचमा विश्वविद्यालयस्तरको अध्ययन गर्न पाउनेछन्।पहाड़को शैक्षिक विकासको निम्ति उक्त महत उपलब्धिको निम्ति म सम्पूर्ण पहाड़वासीलाई हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु।

No comments:

Post a Comment

Post Bottom Ad