छैटौँ अनुसूचीको मागमा गोरामुमोको पोस्टरिङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 21, 2018

छैटौँ अनुसूचीको मागमा गोरामुमोको पोस्टरिङ

गफसफ.com, कालेबुङ 21 जुलाई।

छैटौँ अनुसूचीकै मुद्दाले दार्जीलिङ गोर्खा पार्वत्य परिषद गुमाउन परेको गोरामुमोले ‘जीटीए हटाऊ छैटौँ अनुसूची लागु गर’ भन्दै शहरमा पोस्टरिङ गरेको छ। 

समय समयमा एउटै छैटौँ अनुसूचीको वकालती गर्ने गोरामुमो आज पुन: कालेबुङ शहरको डम्बरचौकमा केही पोस्टरहरू टाँसेर उक्त माग दोहोर्‍याएको छ। उनीहरूले छैटौँ अनुसूचीको मुद्दासँगै छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पनि उठान गरेको छ।

‘केन्द्र सरकारले भारतीय संविधान अनुसार छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नुपर्छ। यदि गठन गर्न सक्दैनौँ भने छैटौँ अनुसूची लागु गर’ गोरामुमोले टाँसेको पोस्टरमा लेखेको छ। यसका साथै उनीहरूले छैटौँ अनुसूचीका लाभहरू समेत पोस्टरमा लेखेर टाँसेको छ भने छैटौँ अनुसूची मार्फत अन्य राज्य बनिएको उदाहरणहरू पनि पोस्टरमा उल्लेख गरेको छ।

गोरामुमोलाई छैटौँ अनुसूचीकै बाटो भएर नै गोर्खाल्याण्ड सम्म पुग्ने आशा लागेको छ। सोहीकारण आजसम्म छैटौँ अनुसूची भएपछि गठन भएका राज्यहरूको उदाहरण पनि उहीहरू दिन बिर्सेका छैनन्। यसक्रममा स्व. सुवास घिसिङले केन्द्र अनि राज्य सरकारसँग सम्झौता गरेको छैटौँ अनुसूचीलाई लागु गरेर सम्झौताको सम्मान गर्नुपर्ने आह्वान पनि गरेको छ।

गोरामुमो अध्यक्ष मन घिसिङले सम्पूर्ण ब्राञ्च कमिटिहरू भङ्ग गरेपनि कार्यकर्ताहरूले भने उक्त पोस्टर टाँसे पनि उक्त पोस्टर पार्टी अध्यक्षकै आदेशमा टाँस्ने कार्य भएको पनि बताएका छन्। यसक्रममा पार्टीको पक्षमा राजेन गुरूङ अनि माइकल कालिकोटेले छैटौं अनुसूची नै वर्तमानमा गोरामुमोको मुख्य माग रहेको अनि यसलाई अन्य राजनैतिक दलहरूले पनि समर्थन जनाइरहेको दाबी गरेका छन्। यसक्रममा उनीहरूले पार्टीभित्र कुनै गुटबाजी नरहेको दाबी पनि गरेका छन् भने मन घिसिङको निर्देशलाई नै पालन गरेर आफूहरू अघि बड्ने पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad