दार्जीलिङमा विहारका विद्यार्थीले गरे आत्महत्या ? - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, July 22, 2018

दार्जीलिङमा विहारका विद्यार्थीले गरे आत्महत्या ?

गफसफ.com, दार्जीलिङ, 22 जुलाई।
दार्जीलिङको एउटा स्कुलमा भर्ना भएको बिहारका 11 वर्षिय विद्यार्थीले आत्माहत्या गरेको खबर प्रकाशमा आएको छ। घट्ना शनिबार बेलुका भएको हो। उक्त घट्नापछि क्षेत्रमा सनसनी छाएको छ। उक्त विद्यार्थीले स्कुलकै होस्टेलमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन्।

पुलिस सूत्रमार्फत् प्राप्त जानकारी अनुसार आत्माहत्या गर्ने विद्यार्थी विहारको पटना निवासी आदित्य राज (11) को रूपमा चिन्हित गरिएको छ। दार्जीलिङ शहरमा अवस्थित गुड स्टार्ट एकाडमीमा उनी गत 16 जुलाईका दिन छैटौँ कक्षामा भर्ना भएका थिए। भर्ना भएको हप्ता दिन नबित्दै उनले आत्माहत्या गरेको घट्नाले सबैलाई चकित पारेको छ।
शनीबार साँझमा उनले होस्टलमा नै घाँटीमा पासो लगाएर आत्महत्या गरेको थाह पाएपछि उनलाई तत्कालै स्कूलका शिक्षक साथै अन्यले दार्जीलिङ सदर अस्पताल ल्याइपुरर्‍याइएको थियो। जहाँ उनलाई डाक्टरले मृत घोषित गरिएको दार्जीलिङ सदर पुलिस सूत्रले जानकारी दिएको छ।
आदित्य राजले आत्महत्या गरेका हुन् वा उनको हत्या गरिएको हो भन्नेबारे कुनै स्पष्ट छ भएको छैन। घट्नालाई लिएर पुलिसले विस्तृत जाँच शुरू गरेको छ। मृतक विद्यार्थी बिहारका एक उद्योगपतिका छोरा हुन् भन्ने जानकारी पाइएको छ। उनको शवलाई पुलिसले पोस्टमार्टमको निम्ति उत्तर बङ्गाल मेडिकलेज एवम् अस्पताल पठाएको छ भने घट्नाबारे पुलिसले विस्तृत जाँच सुरु गरेको छ।

No comments:

Post a Comment

Post Bottom Ad