दार्जीलिङ राइजिङ स्टारमा कालेबुङका दिपेश राई बने बिजयी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 30, 2018

दार्जीलिङ राइजिङ स्टारमा कालेबुङका दिपेश राई बने बिजयी

गफसफ.com, दार्जीलिङ 30 जुलाई।
दार्जीलिङ पुलिसको आयोजनामा सम्पन्न भइरहेको दार्जीलिङ राइजिङ स्टार, पहाड़ी प्रतिभाको खोज कार्यक्रमको ग्राण्ड फिनाले आइतबार सम्पन्न भयो। राइजिङ स्टराको गायन प्रतियोगिताको सिनियर डिभिजनमा कालेबुङका दिपेश राईले प्रथम स्थान ओगट्न सफल बनेका छन्। 
जीटीए अध्यक्ष विनय तामाङको बाहुलीबाट चेक ग्रहण गर्दै दिपेश राई
टप टेनमा पुगेका यहाँको महाकाल डाँडा बडा भालुखोप निवासी दिपेश राईले सबै प्रतियोगीहरूलाई उछिनेर प्रथम स्थान ओगट्न सफल बनेका हुन्। प्रथम बनेका दिपेश राईलाई 2 लाख 51 हजार नगद राशी सहित अन्य पुरस्कार प्रदान गरिएको छ।
राईजिङ स्टारको सिनियर सिङ्गिङको ग्राण्ड फिनेलामा याङ्की यल्मो, कुन्दन थापा, नामग्याल लामा,अजु दर्नाल रूमिका राई, सुप्रिया राई, दिपेश राई,  रूबेन सुब्बा, प्रतीक्षा थापा अनि श्रेया छेत्री रहेका थिए भने सबैलाई उछिनेर कालेबुङका दिपेश राई ग्राण्ड फिनालेमा प्रथम बनेका हुन्। यता राईजिङ स्टारको ग्राण्ड फिनेलामा बिजयी बनेका दिपेश राईले बिजयी बनेपछि खुशी व्यक्त गर्दै आफ्नो बिजयी सम्पूर्ण कालेबुङवासीको बिजय हो भनेका छन्।
‘सुरुका दिनदेखी नै मलाई मेरा सम्पूर्ण परिवार अनि साथीहरूले साथ र सहयोग अनि उत्साह दिँदै आएका थिए। आज सबैको सहयोगकै कारण विजय बन्न सकेको छु। यो जित सम्पूर्ण कालेबुङवासीको जित हो’ दिपेश राईले भने।

No comments:

Post a Comment

Post Bottom Ad