कालेबुङमा विश्व मानव तस्कर विरोध दिवस पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 30, 2018

कालेबुङमा विश्व मानव तस्कर विरोध दिवस पालन

गफसफ.com, दार्जीलिङ 30 जुलाई।
कालेबुङमा विश्व मानव तस्कर विरोध दिवस पालन गरिएको छ। यस अवसरमा आज एउटा सचेतना र्‍याली सम्पन्न भयो। कालेबुङ जिल्ला पुलिस, मार्ग, एनएचपीसी, ड्राईभर्स एगेन्स्ट ट्राफिकिङ क्लब, स्टुडेन्ट्स एगेन्स्ट ट्राफिकिङ क्लबको संयुक्त आयोजनामा उक्त वर्ल्ड डे एगेन्स्ट ट्राफिकिङ इन पर्सन दिवस पालन गरिएको थियो। 

समाजमा बढ्दो मानव तस्करी एउटा जटिल समस्या बन्दै गएको छ। त्यहीँ समस्याबाट बाँच्नका निम्ति सम्पूर्ण मानिसहरूमा सचेतना हुनपर्ने र्‍यालीले सन्देश दिएको छ। कालेबुङको मेला ग्राउण्डबाट सुरु भएको उक्त सचेतना र्‍यालीमा जिल्ला पुलिस अधिक्षक ध्रुव ज्योती डे लगायत पुलिसका अन्य अधिकारीवर्गको विशेष उपस्थिति रहेको थियो। यसका साथै कालेबुङका विभिन्न विद्यालयका विद्यार्थीवर्गसँगै संघ संस्थाका प्रतिनिधीवर्गले विभिन्न प्लाकार्डहरू बोकेर र्‍यालीमा सहभागी बनेका थिए।
मेला ग्राउण्डबाट प्ला कार्डहरू लिएर शुरू भएको ऱ्याली मोटर स्ट्याण्ड हुँदै डम्बर चोक भएर टाउन हल पुगेपछि एउटा कार्यक्रममा परिणत भएको थियो। उक्त कार्यक्रममा जिल्ला अधिकारी डा. विश्वनाथ विशेष रूपले उपस्थित बनेका थिए। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै मानव तस्करीहुनमा सचेतनाको अभाव, जीवनशैली अनि सामाजिक तथा मानव समाजको वुनौट रहेको जिल्लापाल डा. विश्वनाथले बताए। उनले यस्ता समस्यासँग जुझ्नका निम्ति सामाजिक दायित्वका सँगसँगै प्रशासनिक दायित्व रहेको भन्दै सबै मिलेर एकवद्ध बन्न सके मानव तस्करी रोकथाम गर्न सकिने बताए। उनले मानव तस्करहरूले विशेषगरेर नानीहरू अनि नारीहरूलाई लक्ष्य बनाएर तस्करी गर्ने गरेको भन्दै प्रशासनको पक्षबाट रोकथाम गर्नका निम्ति भरपुर सहयोग प्रदान गरिरहेको पनि बताएका छन्।
अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङ जिल्ला पुलिस अधिक्षक ध्रुव ज्योती डेले मानव तस्कर एउटा जटिल समस्या भए पनि यो समस्यासँग लड्नका निम्ति तस्करीलाई सहजै चिन्न नसक्नु अर्को समस्या रहेको बताए। ‘मानव तस्करी एउटा जटिल समस्या हो। मानव तस्करी गर्नेहरू कहिल्यै पर्दामा देखिन्दैनन् यसकारण उनीहरूलाई पक्राउ गर्न जटिल पर्छ। यो अर्को समस्या हो’ जिल्ला पुलिस अधिक्षक धुर्व ज्योति देले भने।
अर्कोतर्फ यता पत्रकारहरूसँग बोल्दै मार्ग गैरसरकारी संस्थाका सचिव निर्णय जोन छेत्रीले पनि मानव तस्करी एउटा जटिल समस्या रहेको बताउँदओ सम्पूर्ण मानिसहरू एकवद्ध बनेर मान तस्करी विरुद्ध लड्नुपर्ने आह्वान गरे। ‘मानव तस्करीको विरोधमा सम्पूर्ण मानिसहरू एकवद्ध भएर लड्नुपर्छ। यो एउटा जटिल समस्या हो। यो समस्या निवारणका निम्ति प्रत्येक मानिसहरू नै सचेत बन्नु आवाश्यक छ’ निर्णय जोन छेत्रीले भने।
कार्यक्रमको शुरूवातमा प्रणामी बालिका विद्या मन्दिरकी प्रधान अध्यापिका रोमा मोक्तानले सम्बोधन राखेकी थिइन् कार्यक्रममा विभिन्न मानव तस्करी सम्बन्धि सचेतनामूलक प्रस्तुतीहरू गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad