मङ्पूमा निर्माण हुने स्टेट युनिभर्सिटीको बिल बिधानसभामा भोलि पेश हुने तय - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 30, 2018

मङ्पूमा निर्माण हुने स्टेट युनिभर्सिटीको बिल बिधानसभामा भोलि पेश हुने तय

‘हाम्रो मागलाई मुख्यमन्त्रीले पुरा गरिन्’ – विनय तामाङ
गफसफ.com, दार्जीलिङ 30 जुलाई।
मङ्पूमा स्टेट युनिभर्सिटी निर्माणको बिल भोलि बङ्गालको विधानसभामा आउने भएको छ। यसका साथै उक्त बिल भोलिनै पारित पनि हुने तय भएको जीटीए बोर्ड अध्यक्ष विन तामाङले पत्रकार सम्मेलन डाकेर जानकारी दिएका छन्।
विनय तामाङ (फाइल फोटो)

जीटीए मुख्यालय लालकोठीमा आज एक पत्रकार सम्मेलन डाकेर विनय तामाङले मङ्पूमा स्टेट युनिभर्सिटी निर्माणको बिल भोलि बिधानसभामा पेश हुनको साथै भोलिने पारित हुने बताएका हुन्। ‘भोलि 31 जुलाईका दिन पश्चिम बङ्गालको विधानसभामा हामीले राखेको माङ्गलाई स्वीकृति दिदै जीटीए एवम् पहाडकोलागि छुट्टै स्टेट युनिभर्सिटि को बिल पेश गरिने भएको छ अनि भोलि नै बिल पासपनि गरिन्दैछ’ विनय तामाङले भने। उनले उक्त कार्यको निम्ति राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्। ‘म पहाडवासीको तर्फबाट पश्चिम बङ्गालका सम्माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जी, उहाँका क्याबिनेट र सरकारलाई हार्दिक धन्यवाद टक्राउँदछु’ तामाङले भने।
उनले सन् 2011 मा सम्झौता भएको जीटीएको सम्झौता पत्रमा केन्द्रिय विश्वविद्यालयको कुरा लेखिएको बताउँदै त्यसताक केन्द्रमा रहेको कङ्ग्रेस सरकार अनि पछिबाट भाजपाको सरकारले पनि यसबारे कार्य नगरेको आरोप पनि लगाएका छन्।
‘जतिबेला चुनाव आउँछ त्यसबेला केन्द्रिय विश्वविद्यालयको मुद्दा उठ्छ। जीटीए गठन भएको आजसम्म लगभग 8 वर्ष वितेर जाँदा केन्द्रिय विश्वविद्यालय निर्माण भएन। यसैकारण हामीले जीटीए बोर्डको कार्यभार सम्हालेपछि पहाडका निम्ति छुट्टै स्टेट युनिभर्सिटी निर्माण गर्नुपर्ने माग गरेका थियौँ। जुन मागलाई भोलि पश्चिम बङ्गाल विधानसभामा पेश भएर पारित हुने भएको छ’ विनय तामाङले अझ भने ‘दार्जीलिङ पहाडका निम्ति निर्माण हुने स्टेट युनिभर्सिटीको नाउँ ‘ग्रीन फिल्ड युनिभर्सिटी’ राखिनेछ।’
उनले उक्त युनिभर्सिटी निर्माणको निम्ति मङ्पूमा एकसय ऐकर जमिन चिन्हित गरिएको अनि यसबारे जीटीएसँगै, जिल्लापाल कार्यालय अनि पश्चिम बङ्गाल सरकारका अधिकारीवर्गले हेरिसकेको पनि बताएका छन्। ‘यो युनिभर्सिटी निर्माणले हाम्रा नानीहरूले आफ्नै ठाउँमा शिक्षार्जन गर्ने सुयोग पाउनेछन्’ विनय तामाङले भने। उनले उक्त उपबधिका निम्ति आफुलाई सहयोग गर्ने जीटीए उपाध्यक्ष अनित थापा, अमरसिंह राई, डाक्टर रोहित शर्मा, मुख्य सुब्रोतो विश्वास, सचिव श्री सी मुरूगन, ज्योतिमय तान्ती साथै दार्जिलिङ जिल्लापाल सुश्री जयश्री दासगुप्तप्रति पनि आभार प्रकट गरेका छन्।
स्मरण रहोस्, मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुङ जिल्ला भरमण अवधी गत 29 मईका दिन डा. ग्राह्म होम्स् ग्राउण्डमा आयोजित कार्यक्रमबाट मङ्पूमा स्टेट युनिभर्सिटी निर्माण गर्ने घोषणा गरेकी थिइन्। यसका साथै उनले पुन: 30 मईका दिन सम्पन्न प्रशासनिक वैठकमा पनि उक्त कुरा दोहोर्‍याएकी थिइन।

No comments:

Post a Comment

Post Bottom Ad