खरसाङको ऐतिहासिक रेल्वे प्रिन्टिङ प्रेस बन्द हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 24, 2018

खरसाङको ऐतिहासिक रेल्वे प्रिन्टिङ प्रेस बन्द हुने

गफसफ.com, खरसाङ 23 जुलाई।
खर्साङको ऐतिहासिक रेल्वे प्रिन्टिङ प्रेस बन्द हुने प्राय निश्चित भएको छ। आगामी 31 जुलाई सम्म प्रिन्टिङका कार्यहरू हुने अनि त्यसपछि सबै बन्द हुने विभागबाट पत्र आएपछि प्रिन्टिङ प्रेसमा कार्यरत कर्मचारीवर्ग चिन्तित बनेका छन्। गत 18 जुलाई दिन आगामी 31 जुलाई सम्म प्रिन्टिङ कार्यहरू हुने अनि 1 अगस्तका दिनदेखि सबै प्रिन्टिङका कार्यहरू बन्द हुने सम्बन्धित विभागबाट पत्र आएपछि कर्मचारीवर्ग चिन्तित बनेका हुन्।
यसभन्दा अघि पनि उत्तर पूर्वी रेलवेको धेरैवटा प्रिन्टिङ प्रेसहरू बन्द गरिने रेलवेको तर्फबाट घोषणा गरिसकेको छ भने यसपल्ट खर्साङको ऐतिहासिक प्रिन्टिङ प्रेस बन्द गर्ने रेल्वेले निर्णय गरेको छ। यद्यपी खरसाङमा कार्यरत् कर्मचारीवर्गले भने उक्त प्रेस बन्द हुनबाट रोक्न धेरै प्रयास गरिरहेका छन्।  
उक्त विषयमा रेल्वे प्रिन्टिङ प्रेसमा कार्यरत कर्मचारी रमेश रसाईलेले गत 18 जुलाईका दिन आफुहरूलाई आगामी 31 जुलाई सम्म उक्त प्रिन्टिङ प्रेस चल्ने अनि त्यसपछि बन्द हुने पत्र आएको जानकारी दिएका छन्। ‘यो पत्र आएपछि हामी चिन्तित छौँ’ उनले भने। उनले यसभन्दा अघि धेरैवटा अन्य ठाउँको प्रिन्टिङ प्रेसमा यस्तै अर्डर आएको थियो अनि त्यो अर्डर अनुसार बन्द भएर त्यहाँका कर्मचारीहरू पनि स्थान्तरण भईसकेको पनि जानकारी गराए।
उनले खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा कार्यरत् कर्मचारीहरू लगायत खरसाङवासीहरूलाई एकवद्ध बनेर खरसाङको ऐतिहासिक रेल्वे प्रिन्टिङ प्रेस बन्द हुनदेखि जोगाउनुपर्ने आह्वान पनि गरेका छन्। उनले उक्त प्रेस बन्द नगरिदिने अपिल गर्दै विभागलाई आफुहरूले पत्रचार गरेको पनि उनले जानकारी दिएका छन्।
यसैक्रममा  रेल्वेवे प्रिन्टिङ प्रेसमा विगत 2001 देखि कार्यरत् कर्मचारी मधुसूदन दास आफु नेत्रहीन भएपनि यहाँको सबै कक्षहरू र कामहरूसित अवगत भएको र आफ्नो कामहरू असल प्रकारले गरिरहेको बताउँदै उक्त प्रेस अन्यत्र सारिए धेरै असुविधा हुने बताएका छन्। त्यसरी नै रेलवेको सबै प्रकारका प्रिन्टको कागज पत्रहरू लिन किशनगञ्ज रेलवे स्टेशनबाट खरसाङ रेलवे प्रिन्टिङ प्रेस आएका कर्मचारी सचेतानन्द अनुसार यहाँको प्रिन्टिङ प्रेसबाट नै प्रिन्टको कागज पत्रहरू लान सुविधा भईरहेको तर यो बन्द भएपछि भने धेरै असुविधा हुने बताएका छन्।  यसक्रममा कर्मचारी सञ्जीव लामाले प्रिन्टिङ प्रेसमा प्रिन्टको कामहरू बन्द भएपछि कर्मचारीहरू पनि स्थान्तरण हुन पर्ने भएकोले धेरै असुविधा हुने चिन्ता बडेको बताएका छन्।
साभार: प्रतिविम्ब न्यूज

No comments:

Post a Comment

Post Bottom Ad